गोरखा समाचारदाता
गोरखा – गोरखाको बाह्किलो क्षेत्रमा सवारी दुर्घटना न्यूनिकरण सम्वन्धी एक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
प्रहरी चौकी र स्थायी ट्राफिक प्रहरी पोष्ट १२ किलाको संयुत्त आयोजनामा गोरखा नरगपालिका ११ मा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक ओमप्रकाश अधिकारीले सवारी दुर्घटना न्यूनिकरणका लागि स्थानिय समुदायको ठुलो भूमिका रहने बताए ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरर्गत ट्राफिक सचेतना सम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उपरिक्षक अधिकारीले प्रहरी र ट्राफिकको एकल प्रयासले मात्र सवारी दुर्घटना न्यूनिकरण गर्न असम्भव भएको भन्दै सबै पक्षको सहयोगको लागि अपिल समेत गरे ।
गोरखा नगरपालिका ११ का वडाध्यक्ष रामबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर १० र १२ का वडाध्यक्ष क्रमश.देवीबहादुर बस्नेत र डिलबहादुर थापा, नेपाल पत्रकार महासंघ गोरखा शाखाका उपाध्यक्ष दिपक श्रेष्ठ र मनकामना ट्याक्सी ब्यवसायी समितिका सुरेन लामिछाने समेतले अन्तरक्रियामा आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा स्थानिय महिला तथा आमा समूह, स्थानिय संघ संस्थाका प्रतिनिधीहरु र सवारी धनी तथा चालक र सह चालक एव सर्व साधारणहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा महिला शेलकी प्रमुख कमला नरालले स्वागत तथा कार्यक्रमको बिषयमा जानकारी गराएकी थिईन ।



