गोरखा समाचारदाता
गोरखा – गोरखा नगरपालिका ११ को सोह्रकिलो भन्ने स्थानमा भएको सवारी दुर्घटनामा परी एक व्यक्ति घाइते भएको छ ।
जिल्ला सदरमुकामबाट मिरकोटको सेरा बजार तफै जाँदै गरेको ग. १ ख ६४२२ नम्बरको यात्रुबाहक बस र १२ किलोबजारबाट गोरखा बजार तर्फ आउँदै गरेको ना. २७ प ३००८ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटर साईकल चालक गोरखा नगरपालिका–५ निबासी वर्ष ४९ का गोपीकाजी श्रेष्ठ शक्त घाइते भएका छन् ।
घाईते श्रेष्ठको टाउकोमा गम्भिर चोट लागेपछि उनलाई उपचारको लागि मेडिकल कजेल चितवन लगिएको छ ।
ठक्कर दिने बस र बसका चालक प्रहरी नियन्त्रण रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।



