×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ५ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ५ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ८ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १० घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

सुन्तला जोन कार्यालयको वार्षिक कार्यक्रम सार्वजानिक

  •  
  • बिहिबार, भदौ ०५, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गाेरखा समाचारदाता

    गाेरखा – सुन्तला जात फलफूल कार्यालयले चालु आर्थिक वर्षमा सञ्चालन गर्ने कार्यक्रम तथा बजेट सार्वजानिक गरेको छ ।

    जिल्ला सदरमुकाममा एक कार्यक्रम गर्दै प्रधानमन्त्री कृषि आधुनकिकरण परियोजना कार्यान्वय इकाई गोरखा (सुन्तलाजात फलफूल तथा धान जोन र मकै विषय कार्यक्रम) ले आर्थिक वर्ष २०७६/०७७ को स्वीकृत वार्षिक वजेट तथा कार्यक्रम सार्वजानिक गरेको हो ।

    कार्यक्रममा इकाई प्रमुख अजय अधिकारीले ५ करो ३९ लाख ८५ हजार बराबरको कार्यक्रम तथा बजेट जिल्ला आएको सरोकारवालाहरुलाई जानकारी गराएका थिए । ‘सुन्तलाजात फलफूल तर्फ गत वर्षकै धेरै कार्यक्रमलाई निरन्तरता दिइएको छ’ उनले भने ‘केही नयाँ कार्यक्रम प्राप्त भएको छ ।’

    सुन्तलाजात फलफूल जोन कार्यक्रम तर्फ कृषकको क्षमता बिकास तालिम, बगैचा सुदृढिकरण, पुरानो बगैचा प्रतिस्थापन, प्रतिफलमा आधारित अुनदान, नर्सरी सुदृढिकरण, कृषि औजार तथा मेशिनरी उपकरण वितरण लगायतका कार्यक्रमलाई जोड दिइएको छ ।

    जसको लागि २ करोड ६५ लाख ८० हजार बजेट बिनियोजन भएको छ । जिल्लामा यस वर्ष देखि धानजोन कार्यक्रमका सञ्चालन हुने भएको छ । दरौंदी करिडोरमा सञ्चालन हुने उक्त कार्यक्रमको बेशलाईन सर्भे, विभिन्न किसिमका तालिम, गोष्ठी, मल बिउ र प्रविधि हस्तान्तरण, सिंचाइ एवं कृषकको जिविकोपार्जनका कार्यक्रम सञ्चालन हुने कार्यालयले जानकारी दिएको छ ।

    उक्त कार्यक्रमका लागि १ करोड ३० लाख बजेट प्राप्त भएको छ । ‘दरौंदी कोरिडोरमा धानको जोन निर्माण हुन्छ’ उनले भने ‘अब छिट्टै सर्भेको काम सुरु गर्छौ ।’ सिरानचोक गाउँपालिकामा मकै खेति कार्यक्रम सञ्चालन हुने भएको छ ।

    मकै खेतिको उत्पादन वृद्धि गरी आवश्यक ज्ञान र प्रविधि हस्तारन्तणको लागि ५० बजेट छुट्याइएको छ । यसैगरी कार्यालयको पुँजीगत कार्यक्रम तर्फ ४ लाख र परियोजना व्यवस्थापन इकाईको साधारण बजेट गरी कुल ५ करोड ३९ लाख ८५ हजार बजेट प्राप्त भएको हो ।

    ‘हामीले सूचना निकालिसकेका छौं’ कार्यालय प्रमुख अधिकारीले भने ‘अब आवेदनहरु संकलन गर्ने, छनौट गरी कार्यक्रम दिन लगाएका काम सुरु भइहाल्छ ।’

    कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङ, प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछाने, गोरखा नगरपालिकाकी उपप्रमुख बिनाकुमारी श्रेष्ठ, शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापामगर, उद्योग वाणिज्य सघंका अध्यक्ष जीवनज्योति श्रेष्ठ, सहभागी कृषकहरु छबिलाल श्रेष्ठ र रामजी थापा लगायतले मन्तव्य राखेका थिए ।

    उनीहरुले सरकारले उपलब्ध गराएको कार्यक्रम र बजेट कृषकको माग र चाहना अनुसार सही सदुपयोग गर्न कार्यालयलाई आग्रह गरेका थिए ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, भदौ ०५, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.