×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ३३ मिनेट अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ६ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ६ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ९ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ११ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

आफन्तले अझै बुझेनन् शव, हत्याभएको भन्दै प्रदर्शन

  •  
  • शुक्रबार, साउन ३१, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल

    गाेरखा – मंगलबार बिहान रहस्यमय ढङ्गले मृत भेटिएका श्यामहरी घिमिरेको हत्याभएको दाबीगर्दै स्थानीयले प्रर्दशन सुरु गरेका छन् ।

    सोमबार राती ८ः३० बजे घर हिडेका घिमिरे मंगलबार विद्यालयनजिकै कुवाडी सामुदायिकजंगलमा, सडक भन्दाकरिब ५० मिटर मुनी घोप्टो परेको अवस्थामा फेला परेकाथिए ।

    उनको मृत्यु स्वभाविकनभएको भन्दै आफन्तएवं छरछिमेकीले अहिलेसम्मशवबुझेका छैनन् । ‘यो घटनामा विद्यालय मै भएको हो’ मृत्तक भाई शम्भुहरी घिमिरेले भने ‘उहाँले जुनखालको तदारुकता देखाउनु पर्ने हो, त्यो देखिएन, त्यसले पनिहामीथप शसंकितभएका छौं ।’ हत्याभएको आंशकामा परिवार र आफन्तले गरेको आन्दोलनमा समेत विद्यालय परिवार सहभागी नभएको प्रति उनको असन्तुष्टि छ ।

    ‘मेरो दाई भए पनि उहाँको कर्मचारी मरेको छ, उहाँहरुले यो आन्दोलनको अगुवाई गर्नुपर्ने हो’ उनले भने ‘तर यत्रा मान्छे सडकमा ओलिर्दा समेत उहाँहरु खै कहाँ हुनुहुन्छ ?’ घटनाको वास्तविकअनुन्धानगर्ने र अहिलेसम्म भएका केही मुख्य उपलब्धीबारे परिवारलाई जानकारी नगराए सम्म शव नबुझ्ने घोषणा गरेकाआफन्तहरुले बिहीबारबाट प्रर्दशन सुरु गरेका छन् ।

    ‘प्रहरी प्रशासन कसैले पनिविश्वस्तहुने वातावरण बनाउन सक्नुभएन’ मृत्तकका ठूलो बुबाका छोरा सुबास घिमिरेले भने ‘अबआन्दोलनको बिकल्प रहेन ।’ घटनाको बिरोधमा स्थानीयले बिहीबार विद्यालयको प्रशासनकक्षमातालालगाउनुको साथै दिनभर प्रदर्शन गरेका छन् ।

    बिहान १० बजे गोरखा नगरपालिका –१० टक्सार स्थित विद्यालय परिसरमा भेलाभएकाउनीहरुले नाराबाजी समेत गरेका थिए । ‘११ः३० बाट १२ः३० सम्म एक घण्टा विद्यालय अगाडी चक्का जाम गरियो’ घिमिरेले भने ‘त्यसपछि स्कूल प्रशासनमा तालालगाएर हामी जुलुस सहित जिल्ला प्रशासन आयौं ।’ मृत्तकका आफन्तले दिनभर जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शन गरेका छन् ।

    पेटूोल पम्पदेखि नाराबाजीगर्दै जिल्ला प्रशासन अगाडी पुगेका स्थानीयले तत्कालन घटनाको सत्य तथ्य सार्वजानिक गर्न भनेका थिए । त्यसपछि केहीआन्दोलनरत स्थानीय र प्रहरी प्रशासनबीच छलफल समेत भएको थियो ।

    ‘२ बजेदेखि ५ बजेसम्म प्रशासनमा छलफल भयो, हामीले आफ्नो कुरा सबै राख्यौ तर ठोस निर्णय भएन’ स्थानीय नन्दलाल बगाले भने ‘कम्तीमा पोष्टमार्टनको रिर्पोट मात्र हेर्न पाए हामी शव बुझेर दाह संस्कार गर्ने थियौं ।’ छलफलमा सहभागीअधिकाशं आफन्त एवं छरछिमेकीले आफूहरु प्रहरीको अनसुन्धानलाई सघाउन तयार रहेको यदी अपराधी पक्राउ पर्ने विश्वसनिय आधार प्राप्त भए शव बुझेर अन्तेष्टी गर्ने बताएका थिए ।

    सहभागीका कुरा सुनिसकेपछि प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछानेले घटनाको सत्यतथ्य सार्वजानिक गराएरै छोड्ने प्रतिवद्धता व्यक्त गरेका छन् । ‘तपाइँहरु ढुक्क हुनुहोस्, सत्य तथ्य बाहिर आएरै छोड्छ’ उनले भने ‘प्रहरीलाई सफलता मिल्न तपाइँको सबैको सहयोग चाहिन्छ, हामीले साथ सहयोगको अपेक्षा गरेका छौं ।’

    उताप्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले भने प्रहरीलाई कामगर्न समय आवश्यक रहेको बताए । ‘हामीहरुले विभिन्न कोणबाट घटनाको सुक्ष्म अनुसन्धान गरिरहेका छौं’ उनले भने ‘अहिलेसम्म सफलता मिलिसकेको छैन्, त्यसका लागि प्रहरीलाई केही समय चाहिन्छ ।’ मृत्तकको शव मंगलबार बेलुका पोष्टमार्टन गरिएको थियो ।

    तर अहिलेसम्म रिर्पोट सार्वजानिक भएको छैन् । भिसेरा परीक्षण केन्द्रिय प्रयोगशाला काठमाण्डौं पठाइएको छ । त्यसको रिर्पोट आउन समय लागे पनि जिल्ला अस्पतालले दिने रिर्पोट समेत सार्वजानिक हुन ढिलाई भएको प्रति आफन्तहरुले असन्तुष्टि जनाएका छन् । उक्त घटनासँग संलग्न रहेको आशंकामा प्रहरीले ३ जनाविद्यार्थीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

    प्रहरीसँग दोभासे नहुँदा अनुसन्धान प्रभावित भएको छ । उनीहरुको सोधपुछका लागि दोभासे झिकाउने कामभइहरेको डिएसपी नेपालले बताए ।

    विद्यालयभित्रको आन्तरिक खटपटका कारण घिमिरेको हत्याभएको हुन सक्ने आफन्तहरुको आशंका छ ।

    राजनितिकआस्थाका आधारमाअपराधीलाई लुकाउन खोजिएको कतिपयको आरोप छ । आफू पनि बहिरा रहेका घिमिरे १८ वर्ष देखि मनकामना बहिरा माविमा परिचरको रुपमा कार्यरत थिए ।

    मिजासिलो स्वभावका उनको मृत्यु आफन्त एवं छर छिमेकीले स्वीकार्न सकेका छैनन् । घटनाको सत्य तथ्य सार्वजानिक नभएसम्म आन्दोलनजारी राख्ने स्थानीयले बताएका छन् ।

    केही स्थानीयले विद्यालयको पारिर्दशीता र जवाफदेहितालाई लिएर पनि विभिन्न विषयमा चर्चा परिर्चचा समेत गरेका छन् ।

    घिमिरेको मृत्यु नेपालकै नमूना मनकामना बहिरा माध्यामिक विद्यालयको पढाई समेत प्रभावित भएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, साउन ३१, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.