गोरखा समाचारदाता
गाेरखा – जिल्ला प्रशासन कार्यालयले गत आर्थिक वर्ष २०७५/०७६ मा सम्पादन गरेका कामको विवरण सार्वजानिक गरेको छ ।
बुधबार पत्रकार भेटघाट गर्दै प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछानेले गत वर्ष कार्यसम्पादन भएका काम, कार्यालयको प्रगति, नागरिकसँगको सहकार्य, जिल्लाको विकास निर्माणको अनुगमन लगायतका बारेमा जानकारी गराएका हुन् । ‘हामीले गत वर्ष केही नमूना काम पनि गरयौं’ उनले भने ‘नियमित कामलाई पनि सकेसम्म व्यवस्थित गर्ने प्रयास रह्यो, जसले गर्दा समग्र सेवा प्रवाह राम्रै भएको हुनुपर्छ भन्ने लाग्छ ।’
गत वर्ष १५ हजार ३ सय ४६ जनाले नागरिकताको प्रमाणपत्र लिएका छन् । ति मध्ये ९ हजार ५ सय ४७ जनाले वंशज, ७ जनाले अंगीकृत र ५ हजार ७ सय ४२ जनाले पुरानो नागरिकताको प्रतिलिपी लिएका छन् ।
यसैगरी १३ हजार ७ सय जनाले राहदनी लिएको प्रशासनले जानकारी दिएको छ । गोरखामा गत वर्ष ३ सय ८४ जनाले नावालक परिचय पत्र लिएका छन् । गोरखाका ३५ सर्वसाधरणले आफूले इजाजत लिएको हातहतियारको नबिकरण गराएका छन् ।
जिल्ला प्रशासन कार्यालयमा गत वर्ष ६० वटा मुद्धा दर्ता भएकोमा ५५ वटाको अन्तिम किनारा समेत लागिसकेको प्रजिअ लामिछानेले बताए ।
गोरखा जिल्लामा हाल सम्म १ हजार ७ सय २८ संस्था दर्ता भएकोमा ७ सय ५३ मात्र नबिकरण भएका छन् ।
११ वटा संस्थाले भने गत वर्ष विधान संशोधन गरेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । गत आर्थिक वर्ष २०७५/०७६ मा जिल्ला प्रशासनले २ करोड ८२ लाख ६७ हजार ७ सय रुपैयाँ राजस्व संकलन गरेको छ ।
कम्पनी रजिष्टेसन, हातहतियार इजाजत, राहदानी, प्रशासनिक दण्ड, जरिवाना र जफत, न्यायीक दण्ड दरिवाना र जफत शीर्षकमा उक्त रकम संकलन भएको हो । जिल्ला प्रशासले गत वर्ष ८ ठाउँमा घुम्ति शिविर सञ्चालन गरेको थियो भने कार्यालयमा १ सय ३ वटा उजुरी समेत प्राप्त भएको उनले बताए ।
प्रतिवदेन पछि पत्रकारहरुको कुराकानीमा प्रमुख जिल्ला अधिकारी लामिछानेले जिल्लाको शान्ति सुरक्षा चुस्त राख्ने, विकास निर्माणका कामलाई व्यवस्थित गर्ने, बुढीगण्डकी आयोजना अन्र्तगत आरुघाट क्षेत्रको मुआब्जा निर्धारण जोड दिदै निर्धारण भएका स्थानको रकम वितरणमा तिव्रता दिने लगायतका कामलाई प्राथमिकतामा दिने आफ्नो योजना रहेको बताए ।



