गोरखा समाचारदाता
गाेरखा – स्थानीय सरकार र नागरिक समाज बीच सहकार्य आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेक र मानव अधिकार सञ्जालले जिल्ला सदरमुकाममा गरेको नागरिक समाज र स्थानीय सरकार विचको सहकार्यका अवसर र चुनौति विषयक छलफल कार्यक्रमका सहभागीहरुले स्थानीय सरकार एक्लैले काम गर्न नसक्ने बताएका हुन् । ‘हुन त हामी सबैका आ–आफ्ना बाध्यता छन’ अधिवक्ता एवं अधिकारकर्मी रमेश अधिकारीले भने ‘तर हामीले एक आपसमा मिलेर अघि बढ्न सकेनौ भने लक्ष्यमा पुग्न कठिन छ ।’
सहकार्यका लागि नागरिक समाजले पनि आफ्नो तर्फबाट पहल कदमी लिनु पर्ने अर्को अधिकारकर्मी सीताराम तिवारीले बताए । ‘स्थानीय सरकारले मात्र गरेन भनेर बस्ने अबस्था छैन्’ उनले भने ‘कतै हामीले पनि आफ्नो कर्तव्य भुलेयौं की भन्ने कुरा अर्को पाटो छ ।’ स्थानीय तह आफैले पनि नागरिक समाजलाई जागरुक बनाउनुपर्ने उनको भनाई छ ।
मुलक अहिले नयाँ राज्य व्यवस्था रहेकाले नागरिक समाजको भूमिका झनै बढेको एम्नेस्टी इन्टरनेशलन महिला समूह ४२ अध्यक्ष बिमला वाग्ले बताइन् । जनप्रतिनिधिले नागरिक समाजसँग सहकार्य गरेर अघि वढ्दा पारदर्शीतामा प्रश्न नउठ्ने गोरखा नगरपालिका-६ का वडा अध्यक्ष नारायाण अर्यालको भनाई छ ।
मानव अधिकार सञ्जालका जिल्ला अध्यक्ष यदु अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले सहकार्यका लागि नागरिक समाजलाई आब्हान गरेका छन् । ‘यो यात्रा हामी मात्रै हिडेर पुरा हुन सक्दैनौं’ उनले भने ‘गोरखा नगरपालिका नागरिक समाजसँग हातेमालो गरेर अघि बढ्न चाहन्छ । त्यसको थालेनी भइसकेको छ ।’नागरिक समाजलाई नकरात्मक कुरा मात्र उठाउनुपर्छ भन्ने भावना नराख्न उनले आग्रह गरको छन् ।
पारस्परिक जवाफदेहिता कायम गर्न हरप्रयास गरेको भन्दै नगरक्षेत्रमा भएका बिकास निर्माणको कामको सूचना होडिर्ङबोर्ड जानकारी गराउने प्रयास भइरहेको बताए । नगरपालिकाका गतिविधि, सामाजिक सुरक्षा भत्ता र अन्य बिकास निर्माणका कामको निगरानी गरिदिन उनले आग्रह समेत गरेका छन् ।



