×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • २ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ६ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ७ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १० घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १२ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

पालुङ्टारमा प्रवलीकरण सम्बन्धी अन्तरक्रिया

  •  
  • मङ्गलबार, साउन २८, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – जिल्लाको पालुङटार नगरपालिकामा प्रवलीकरण अनुदान कार्यान्वयका लागि जोड दिने भएको छ ।

    सोको लागि दक्ष एवं तालिम प्राप्त इन्जिनियर आवश्यक रहेको नगर प्रमुख इन्जिनियर दिपकबाबु कंडेलको भनाई छ । प्राविधिकले सही ज्ञान हासिल गरेर प्रबलिकरण गर्नुपर्ने भुकम्प प्रभावित घरधनलिाई उचित सल्लाह सुझाव दिनुपर्ने उनले बताए ।

    पालुङटार नगरपालिकाको आयोजना तथा भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजनाको सहजिकरणमा आयोजित प्रबलिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पुनर्निर्माणमा खटिएका प्राविधिकलाई लगनशिल भएर आफ्नो कार्य निर्वाह गर्न आग्रह गरेका छन । ‘पहुँचवाला भन्दा अति संकटासन्न भुकम्प प्रभावित परिवारलाई ध्यान दिनुपर्छ’ कंडेलले भने ‘परम्परागत शैलिका घरहरुमा उच्चस्तरको मौलिकता प्रयोग भएकाले त्यसलाई बचाइराख्नु हाम्रो दायित्व हो ।’

    कार्यक्रममा जिल्ला कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार (जिमाली) का आयोजना प्रमुख इन्जिनियर रामशरण आचार्यले प्रबलिकरण गर्दा भुकम्प पछिको पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुलाई प्रबलिकरण सम्बन्धी प्राविधिक रुपमा उचित परामर्श दिनुपर्ने बताए ।

    जनप्रतिनिधिलाई समेत भुकम्प प्रभावित घरधनीलाई प्राविधिकको सल्लाहमा र कम खर्चमा प्रबलिकरण गर्न सकिने सन्देश प्रवाह गर्न उनले सुझाव दिएका छन् । पालुंङ्गटार नगरपालिकामा ११ सय ४ घर प्रबलिकरण गर्ने सूचीमा रहेको अवस्थामा गर्न इच्छुक रहेका घरधनीलाई उत्प्रेरणा(मूलक कार्यक्रम गरेर विश्वस्त बनाउनुपर्ने बताए ।

    ऐतिहासिक धरोहर भएका भवनलाई जोगाउन तथा कम खर्चिलो समेत भएकाले प्रबलिकरण राम्रो विकल्प भएको प्रमुख आचार्यको भनाई छ । आगामी दिनमा भुकम्प प्रभावित घरधनीलाई प्रबलिकरण गर्न तालिम प्राप्त प्राविधिक मार्फत आवश्यक परामर्श दिन लगाइने समेत उल्लेख गरेका छन्

    जिल्ला कार्यान्वयन इकाई भवनकी प्रमुख इन्जिनियर सुनिता श्रेष्ठले दशैं अगावै पालुङटार नगरपालिकाका सबै वडामा प्राविधिकलाई प्रबलिकरण सम्बन्धी तालिम दिइने लक्ष्य लिएको बताएकी छिन ।

    उनले प्रबलिकरण सम्बन्धी कार्यशाला जनप्रतिनिधिका लागि समेत फलदायी रहने भएकाले स्थानीय तहले प्राथमिकता दिएर अगाडी बढाउनुपर्ने बताइन । पालुङटार नगरपालिकामा २७ प्राविधिक मध्ये प्रबलिकरणको ६ जनाले तालिम लिएको उनको भनाई छ ।

    उनले आरसीसी र ढुंगामाटोका घरमा फरक किसिमले प्रबलिकरण गर्नुपर्ने भएकाले प्राविधिकमा विज्ञता हुन आवश्यक रहेकोमा जोड दिइन् ।

    सोही कार्यक्रममा उपस्थित पालुङ्गटार नगरपालिकाको सम्पुर्ण वडाका जनप्रतिनिधिले गाँउ टोलमा प्रबलिकरण सम्बन्धमा उचित सचेतनामूलक कार्यक्रम गरेर मात्र सो तर्फ भुकम्प प्रभावित घरधनीलाई प्रोत्साहन गर्न सकिने बताए । उनीहरुले वडामा रहेका इन्जिनियरलाई समेत प्रबलिकरण सम्बन्धी उचित तालिम दिन आवश्यक रहेको धारणा राखे ।

    परियोजनका जिल्ला संयोजक भुकम्पको लगत्तै पछि तथा राष्ट्रिय पुर्निर्माण प्राधिकरणका इन्जिनियर पुग्नु अगावै बनेका घरहरु मापदण्ड नपुगेक घरहरुमा पनि प्रवलिकरण गर्न आवश्यक रहेको बताए । सो कार्यक्रममा भारतका स्ट्रक्चरल इन्जिनियर विज्ञ राजेन्द्र देशाई सुरक्षित प्रवलिकरण सम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, साउन २८, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.