×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • २ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ६ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ७ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १० घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १२ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

तिन महले कर खारेजीको माग

  •  
  • मङ्गलबार, साउन २८, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – सामुदायिक वनका उपभोक्ताहरुले तिन महले कर खारज गर्न माग गरेका छन् ।

    चौथो सामुदायिक वन दिवशको अवसरमा आयोजित कार्यक्रमका सहभागीहरुले सामुदायिक वनमा राज्यले तिन तहको कर थोपर्न खोजेका भन्दै असन्तुष्टि जनाएका हुन् । ‘प्रस्तावित वन ऐनमा व्यवस्था भए अनुसार सामुदायिक वनले ९० प्रतिशत सम्म कर दिनु पर्ने देखिन्छ’ सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष कमल लामिछानले भने ‘यो कर हामी तिर्न सक्दैनौं साल र खयरमा अहिले लिइदै आएको १५ प्रतिशत कर नै तिन तहले बाडेर लिनु पर्छ भन्ने हाम्रो धारणा हो ।’

    जिविकोपार्जन, वन व्यवस्थापन र सामुदायिक तथा सामाजिक विकासमा लगायतका क्षेत्रमा सरकारको सहयोगीको रुपमा सामुदायिक वनले काम गरेको भन्दै अनावश्यक करका थोपर्नु नहुने सरोकारवालाहरुको भनाई छ ।

    महासंघका जिल्ला अध्यक्ष लामिछानेको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य हरिराज अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमका अधिकाशं सहभागी एवं सरकारवालाहरुले सरकारले प्रस्ताव गरेको नयाँ विद्येयक संशोधन हुन बताएका छन् ।

    कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य अधिकारीले विधेयकमा भएका धेरै कुरा परिर्वतन गर्न सकिने भएकाले आन्दोलन छोडेर सम्बादमा आउन सामुदायिक वन उपभोक्ता महासंघलाई आग्रह गरेको थिए । ‘यो जनताको सरकार हो, तपाइँहरुले बहुमत दिएर नेकपालाई सत्तामा पु¥याउनु भएको हो’ उनले भने ‘प्रस्तावित विधेयक आफैमा पूर्ण नहुन सक्छ यसलाई सच्याउन सकिन्छ । तपाइँ सम्बादमा आउनु पर्छ ।’ विधेयक शंसोधनका लागि वन उपभोक्ता महासंघले आन्दोलन होइन सरकारसँग वार्ता गर्नुपर्ने उनको भनाई छ ।

    नेपाल प्राकृतिक रुपमा निकै धनि रहेपनि सामुदायिक वनको उचित व्यवस्थापन हुन नसक्दा जनताले त्यसको प्रतिफल लिन नसकेको भन्दै सांसद अधिकारीले अहिले स्पष्ट नीति ल्याएर व्यवस्थित गर्न खोजेको बताए । फरक राजनितिक प्रशंगमा बोल्दै उनले अब देशमा स्र्वगवाट देवता आएपनि राजतन्त्र नर्फेने दाबी गरेका छन् ।

    नेपालको इतिहासमा अहिलेसम्मकै शक्तिशाली जनताको सरकार निर्माण भएको भन्दै उनले यो व्यवस्था र सरकार दुबै सफल भएरै छोड्ने बताए ।

    ‘सामुदायिक वनमा नवितम् सोच उत्पादन उद्यम र समृद्धिमा जोड’ भन्ने नाराका साथ भएको कार्यक्रममा घले डाँडा राना खोला सामुदायिक वनको लागेको डढेलोमा निभाउने क्रममा जलेर मृत्यु भएका शहिद लखन गाउँपालिकाका–८ स्थानीय पहलमान श्रेष्ठको परिवारलाई बिमा वापद प्राप्त भएको १ लाख रकम हस्तान्तरण समेत गरिएको थियो ।

    सामुदायिक वन महासंघले गरेको सामुहिक जीवन बिमा कार्यक्रम मार्फत उपलब्ल भएको उक्त रकमको चेक प्रमुख अतिथि अधिकारीले मृत्तककी श्रीमती हिरामायाँ श्रेष्ठलाई हस्ताण्तरण गरेका हुन् ।

    कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रिय अध्यक्ष भारती पाठक, गण्डकी प्रदेश अध्यक्ष कालीदास सुवेदी, जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङ, पूर्व सांसद कृष्ण धिताल, डिविजन वन प्रमुख तोयानाथ पौडेल, आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद्का अध्यक्ष विष्णु रानामगर, पत्रकार महासंघका अध्यक्ष किशोरजंग थापा, भीमसेन थापा वन महासंघका अध्यक्ष सादुराम थापा, गोरखा नगरपालिका वन महासंघकी अध्यक्ष निर्मला थापा, विरेञ्चोक सामुदायिक वनका अध्यक्ष भुरमण घिमिरे लगायतले मन्तव्य राखेका थिए ।

    सोही अवसरमा बारपाकको रागर सामुदायिक वनले उत्पादन गरेको बारपाकी सिस्नु पाउडर समेत बिक्रि भएको थियो । जिल्ला वन डिभिजनको तथ्याङ्क अनुसार ५०० भन्दा बढि सामुदायिक वन छन् । ती मध्ये ४०० भन्दा बढि महासंघमा आवद्ध रहेको सामुदायिक वन उपभोक्ता महासंघले जनाएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, साउन २८, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.