गोरखा समाचारदाता
गाेरखा – जिल्ला सभाभाद्र ८ गते गर्ने निर्णय भएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङको अध्यक्षतामा आइतबार बसेको ४० औं बैठकले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे छलफल गर्न भाद्र ८ गते गोरखा जिल्लाको ‘जिल्ला सभा’ बोलाउने निर्णय गरेको प्रवक्ता मानप्रसाद धितालले जानकारी दिए ।
सभाले जिल्लाको बिकास निर्माण स्थानीयतहहरुसँगको समन्वय सहकार्य, भावी कार्यक्रमबारे ठोस निर्णय लिनेछ ।
सभा लगतै जिल्लामा रहेका विषयगत कार्यालय, ११ वटै स्थानीयतहका बजेट र कार्यक्रमको छलफल एवं समिक्षा काकार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरिएको धितालले बताए ।
२ नगरपालिका र ९ वटा गाउँपालिका रहेको गोरखामा सबै स्थानीयतहले आ–आफ्नो गाउँ तथा नगर सभा सम्पन्न गरिसकेका छन् । सभामा पेश भएका नीति तथा कार्यक्रम बजेट कार्यान्वयको तयारी सुरु भइसकेको छ ।




















