गोरखा समाचारदाता
गाेरखा – जिल्लाका सुन चाँदी व्यवसायीलाई पसलमा सुन चाँदी धरौंटी राख्न रोक लगाइएको छ ।
राष्ट–बैंकले देशभरका बैंक तथा वित्तिय संस्था बाहेक अन्यले सुनचादीको धितो बन्दक गरी धरौटी राख्न नपाउने निर्णय गरेसँगै जिल्लामा पनि रोक लगाइएको हो । ‘यस अघि हामीले जानी नजानी यो काम गर्दै आएका थियौं’ सुन चाँदी व्यवसायी सघंका महासचिव राजु बरालीले भने ‘आजबाट सबै व्यवसायीलाई पत्रचार गरी सुनचाँदी धरौंटी नराख्न आग्रह गरेका छौं ।’
सुनचाँदी व्यवसायी संघको आयोजनामा शनिवार भएको परिचयात्मक एवं सचेतना मुलक कार्यक्रमसँगै उक्त निर्णइ गरिएको हो ।
संघका जिल्ला अध्यक्ष पर्वबहादुर बिश्वकर्माको अध्यक्षता प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीको प्रमुख आतिथ्यता भएको कार्यक्रममा सुनचाँदी सम्बन्धी विद्यमान कानून, कानून उंलघनका घटना, चोरी निकासी एवं अबैध काम, कारवाही एवं दण्ड सजाय लगायतका बारेमा जानकारी गराइएको थियो ।
प्रहरी उपरीक्षक अधिकारीले राज्यको कानून पालन गरी व्यवसाय सञ्चालन गर्न सुनचाँदी व्यवसायीहरुलाई आग्रह गरेका थिए । कार्यक्रममा सुनचाँदी व्यवसायी संघमा आवद्ध एक भन्दा बढिको सहभागीता रहेको थियो ।



