गोरखा समाचारदाता
गोरखा–बुंकोटमा रहेको २ बिद्यालयलाई एक गैर सरकारी संस्थाले शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।
पायनियर फाउण्डेशन नामक गैर सरकारी संस्थाले शहिद लखन गाउँपालिकाको ७ र ८ मा रहेको २ बिद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको संस्थाका संयोजक गौतमराज वाग्लेले बताए ।
फाउण्डेशनले सोमबार एक कार्यक्रम बिच वडा नम्बर ८ मा रहेको राम्चे प्राविलाई प्रोजेक्टर र ७ मा रहेको चण्डकीका प्राबिलाई ल्यापटप सहयोग गरेको संयोजक वाग्लेले बताए ।
वाग्लेले यस अघि पनि आफ्नो अनुरोधमा बिद्यालयमा रंग रोगन, बगौचा निर्माण, खानेपानीको पाईप लाइन विस्तारमा सहयोग गर्दै आएको र फाउण्डेशनले फ्रान्सेलीहरुद्वारा स्कुलको शैक्षिक विकासमा भोलिन्टीयरहरु खटाउदै आएको शहिद लखन गाउँपालिका ८ को वडाध्यक्ष काशिनाथ अंगाईले बताए ।
सामाग्रीहरुमा बितरणका अवशरमा ७ र ८ का वडाध्यक्ष, स्कुल ब्यवस्थापन समितिका पदाधिकारीहरु, समाजसेवी तथा स्थानियहरुको सहभागिता रहेको थियो ।
तस्बिर सौजन्य काशिनाथ अंगाई



