गोरखा समाचारदाता
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरवृद्धि जनप्रनिधी र शिक्षकको सहकार्य जरुरी रहेको जिल्ला सदरमुकाममा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् ।
नेपाली काँग्रेसको आयोजनामा भएको शैक्षिक गुणस्तर वृद्धि र अन्र्तसम्बन्ध विषयक अन्र्तक्रिया कार्यक्रमका सहभागीहले सो कुरा बताएका हुन् । नेपाली काँग्रेसबाट विजयी स्थानीय तह प्रमुख, उपप्रमुख, सामाजिक बिकास समितिका संयोजक र नेपाली काँगेस निकट शिक्षक संघमा आवद्ध शिक्षकहरु विच अन्र्तक्रिया गरिएको हो ।
नेपाली काँग्रेसका जिल्ला सभापती हरीबहादुर घलेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङ, नेपाली काँग्रेसका सचिव नन्दप्रसाद न्यौपाने, सहसचिव नारायण लामिछाने, क्षेत्रिय सभापती गोबिन्द गुरुङ, ११ वटै स्थानीय तहका प्रमुख एवं उपप्रमुखहरु, शिक्षक संघका जिल्ला अध्यक्ष लुमनाथ लामिछाने, शिक्षक संघबाट महासंघमा प्रतिनिधित्व गर्ने पदाधिकारीहरु, नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति पदाधिकारीहरु एवं सदस्यहरु, टेड युनियन काँग्रेस प्रमुख एवं पदाधिकारीहरु, नेपाली काँग्रेस निकट विभिन्न भातृ तथा शुभेक्षुक सस्थाका प्रमुख एवं प्रनिधिहरुले आ–आफ्नो धारणा राखेका थिए



