×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ९ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १४ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १४ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १७ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १९ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

धुर्मस सुन्तली फाउण्डेसनलाई क्रिकेट रंगशाला निर्माणमा फर्कन आग्रह

  •  
  • बुधबार, असार २५, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    • धुर्मस भन्छन् – छिट्टै काम सुरु गर्छौं
    २५ असार, चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्ण कुमार डल्लाकोटीले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै धुर्मुस सुन्तली फाउन्डेसनलाई पूर्वयोजना अनुसार क्रिकेट रंगशाला निर्माण सुचारु गर्न आह्वान गरेका छन् ।

    स्थानीयबासीको एउटा समूहले निर्माणस्थलमा लगाएको बारमा डोजर लगाएपछि उत्पन्न विवाद मिलिसकेको छ । तर, अहिलेसम्म गौतमवुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको काम रोकिइरहेको छ ।

    डोजर चलेको दुई दिनपछि धुर्मस–सुन्तली फाउण्डेशनले काम गर्ने वातावरण नभएको भन्दै साइड अफिस बन्द गरेर काम रोकेको थियो ।

    डोजर लगाएको आरोपमा पक्राउ परेकाहरु छुटिसकेका छन् । स्थानीयबासीले रंगशाला निर्माणका लागि सहयोग गर्ने र आगामी दिनमा यस्ता काम नगर्ने प्रतिवद्धता जनाइसकेका छन् । तर, स्थगित गरिएको निर्माणको काम अझै अगाडि बढेको छैन ।

    यसै सन्दर्भमा जिल्ला समन्वय समितिका प्रमुख कृष्ण डल्लाकोटीको संयोजकत्वमा बनेको मूल समितिले कार्य पूर्वयोजना अनुसार काम अगाडि बढाउन धुर्मुस सुन्तली फाउण्डेसनलाई आह्वान गरेको हो ।संयोजक डल्लाकोटी र र भरतपुर महानगर प्रमुख रेनु दाहालले संयुक्त विज्ञप्ति जारी गर्दै वातावरण सहज बनेको र आवश्यक सम्पूर्ण सहयोग गर्न सबै तयार रहेको बताएका छन् ।

    सबै क्षेत्रका व्यक्तित्वहरुलाई समेटेर ५००१ सदस्यीय गौतमबुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोग मूल समिति चितवन गठन गर्ने निर्णय पनि भएको पनि विज्ञप्तिमा जनाइएको छ । आर्थिक सहयोग संकलन गर्न १५ सदस्यीय आर्थिक उपसमिति र अनुगमन गर्न विशेषज्ञहरु सहितको १७ सदस्यीय अनुगमन उपसमिति गठन गर्ने सहमति पनि छ ।

    रंगशाला निर्माणका लागि घोषणा गरिएको रकम छिटो जम्मा गर्न आग्रह गरिएको छ भने चन्दा रकममा कर छुटको निम्ति भरतपुर महानगरपालिले पहल गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

    रंगशाला निर्माणका लागि भरतपुर महानगरले ६ करोड ४५ लाख र प्रदेश नम्वर तीन सरकारले ५ करोड रकम विनियोजन गरेको छ । चितवनका विभिन्न संघसंस्थाले सहयोगको घोषणा गरेका छन् तर, रकम उठ्न बाँकी नै छ ।

    धुर्मस सुन्तली फाउण्डेशन भन्छ- छिट्टै काम सुरु गर्छौं

    यसैवीच धुर्मस–सुन्तली फाउण्डेशनले पनि रंगशाला निर्माणको काम यथाशक्य छिटो अघि बढाउने बताएको छ । फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मस’ले रंगशाला बनाउने योजनामा फाउण्डेशन विचलित नभएको बताए ।

    फाउण्डेशनले रामपुरमा बन्द रहेको साइट कार्यालय खोल्ने र शिलान्यास अघि गर्नुपर्ने बाँकी कामहरु गर्ने बताएको छ । डीपीआरको काम भइरहेको र आगामी भदौभित्र रंगशालाको शिलान्यास गर्ने तयारी भइरहेको धुर्मसले बताए ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असार २५, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.