×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ९ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १४ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १४ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १७ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १९ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

हरित शहरको नाराः के रोप्ने, के नरोप्ने ?

  •  
  • बुधबार, असार २५, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    हरित शहरको सरकारी नीति सफल बनाउने हो भने सबैभन्दा पहिले कुन ठाउँमा कस्तो बिरुवा कसरी रोप्ने भन्ने कुरा प्रष्ट हुन जरूरी छ। 

    – मोहनदेव जोशी

    अहिले विश्वका आधा जति जनसंख्या शहरी क्षेत्रमा बसोबास गर्छन् । तर, सन् २०५० सम्ममा दुईतिहाइ जनसंख्याको बास शहरमा हुने अनुमान छ । शहरमा जनघनत्व बढ्नु भनेको प्रदूषण पनि बढ्नु हो ।

    ‘ग्लोबल इन्भारोमेन्ट परफर्मेन्स इन्डेक्स’ अनुसार नेपाल विश्वका १८० मुलुकमध्ये सबैभन्दा बढी वायु प्रदूषण खराब हुने चौथो स्थानमा पर्छ । प्रदूषणले घातक रोगहरू निम्त्याउँछ, जसको भुक्तभोगी काठमाडौं उपत्यका हो, हामी हौं । त्यसो भए के गर्ने त ?

    शहरको बढ्दो जनसंख्या घटाउने तत्काल गतिलो उपाय हामीसँग नभए पनि वायु प्रदूषण घटाउने तरिका भने छ, त्यो हो– हरित शहरको अवधारणा ।

    ढिलै भए पनि राष्ट्रिय योजना आयोगले तयार पारेको ‘एकीकृत योजनाबद्ध शहरी विकासको मापदण्ड’ ले हरित शहरको अवधारणा अघि सारेको छ। यो अवधारणाले नगरपालिकाका मुख्य सडकका दुवैतर्फ वृक्षरोपण गरी शहरी हरियाली प्रवद्र्धन गरिनुपर्ने आवश्यकता औंल्याएको छ । सरकारको आव २०७५/७६ को नीति तथा कार्यक्रमले समेत मुख्य शहरहरूलाई हरित शहरको रूपमा विकास गर्ने नीति लिएको छ ।

    हरित शहरका कुरा अवधारणा र नीतिसम्म त आइपुगेको छ तर वृक्षरोपणका ठाउँविशेषका लागि कुन कुन प्रजाति सही हुन सक्छन् भन्ने अध्ययन भएको पाइन्न । स्थानविशेषमा उचित प्रजातिको छनोट विना गरिएको वृक्षरोपणले हरित शहरको उद्देश्य प्राप्त गर्न सकिन्न ।

    प्रजाति छनोट मानक
    शहरी क्षेत्रमा वृक्षरोपण गरिंदा तीन ‘स’ अर्थात् सुरक्षा, सौन्दर्य र स्वच्छताको मानक आत्मसात् गर्नुपर्छ ।

    सुरक्षाः प्रजाति छनोट गर्दा हाँगा भाँचिने डर नहुने, तेर्सो भन्दा ठाडो बढ्ने, समान प्रकारका, धेरै जरा भन्दा एक मूल जरा हुने, कडा प्रजातिका बुट्यान वा रूख प्रजातिको छनोट गर्नु उपयुक्त हुन्छ ।

    आयातित भन्दा देशभित्रै पाइने बिरुवा छान्नुपर्छ, किनकि यस्ता प्रजातिहरूले स्थानीय हावापानीमा आफूलाई अनुकूलित बनाइसकेका हुन्छन् । जस्तो छतिवन, लौठ सल्लो, धुपी इत्यादि ।

    सौन्दर्यः शहरी क्षेत्रको सौन्दर्य वृद्धिको लागि प्रजाति छनोट गर्दा बहुवर्षीय र सदाबहार बिरुवालाई स्थान दिनुपर्दछ । झर प्रजातिको अल्पवर्षीय शोभनीय बिरुवालाई नियमित स्याहार आवश्यक पर्ने हुँदा यी बिरुवा सडक किनारा, नदी किनारा, खाली वा सार्वजनिक जग्गामा त्यति उपयुक्त हुँदैन ।

    यस्तोमा प्रजाति छनोट गर्दा एकैनाशको उँचाइ भएका समान बिरुवा छान्नुपर्दछ । बिरुवा छनोट गर्दा फूलकेन्द्रित नभई पातकेन्द्रित हुनुपर्छ । जस्तो चियापाते, तेजपात, जमानेमान्द्रो, मीठो नीम इत्यादि ।

    स्वच्छताः बढ्दो जनसंख्या र अव्यवस्थित शहरीकरणसँगै प्रदूषित शहरी क्षेत्रमा वृक्षरोपण गर्दा धूलो र धुवाँ प्रतिरोधी प्रजाति छनोट गर्नु उपयुक्त हुन्छ । हाँगाको ढाँचा र पातको प्रकार अनुसार बिरुवाहरूको धूलो संकलन गर्ने क्षमता फरक फरक हुन्छ । घना हाँगा वा चहकिलो पात भएको बिरुवाले बढी धूलो संकलन गर्दछन् । जस्तो छतिवन, महुवा, फलेदो, धुपी इत्यादि ।

    धूलो नियन्त्रण गर्न बिरुवा लगाउँदा वृक्षरोपण गर्ने बिरुवाको संख्या र तह महत्ववपूर्ण अवयव हो । सडक र बस्तीको बीचमा विभिन्न तहमा गरी कम्तीमा ८ मिटर ओगट्ने गरी फराकिलो रूपमा वृक्षरोपण गरेमा दुईदेखि तीन गुणा धूलो नियन्त्रण गर्न सकिन्छ । विश्वमा यसो गरिएका हरित शहरहरूमा आम्सटरडम, कोपेनहागन, ब्रिस्टल आदिको नाम अग्रपंक्तिमा आउँछ ।

    यी बाहेक सिन्दूरे, झुले सल्लो, बिलाउने, जामुन, चियापाते, चिप्ले, मालागिरी, फुस्रे, आँखा तरुवा, मीठो नीम, सिरिंगे र कुटमिरोका प्रजाति पनि रोप्न सकिन्छ ।

    अहिले काठमाडौं उपत्यका र तराईका सडक किनार, खुला स्थान र सार्वजनिक पार्कहरूमा स्वदेशी भन्दा आयातित प्रजातिले स्थान पाएका छन् । उदाहरणको लागि तराईमा अशोक र टिक अनि काठमाडौंमा जापानिज धुपी, समी, गुलमोहर, असारे फूल, गलैची आदि ।

    यीमध्ये केहीलाई उपयुक्तताको आधारमा राखेर अन्यलाई क्रमशः माथि उल्लिखित बिरुवाहरूले प्रतिस्थापन गर्नु उपयुक्त हुन्छ । फराकिला ठाउँमा चिउरी, काफल, लप्सी, हलुवाबेत, जामुन, कुसुम रोप्न सके फल पनि खान पाइन्छ ।

    वृक्षरोपण भन्दा पहिले नर्सरीमा के–केका बिरुवा, के–कति मात्रामा कहाँ–कहाँ तयार गर्ने भन्ने कुरा तय गर्नुपर्छ । यसो गरिएमा मात्र हरित शहरको अवधारणा व्यवहारमा परिणत हुन्छ । नत्र ‘मीठो नारा’ मा सीमित हुनसक्छ ।
    (जोशी वनस्पति विभागका उपमहानिर्देशक हुन् ।)

    himalkhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असार २५, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.