×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ५७ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ६ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

हिमाल पारि तिब्बत पुग्ने हिउँचितुवा संरक्षण कसरी होला ?

  •  
  • बुधबार, असार २५, २०७६ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    सुरेन्द्र फुयालबीबीसी नेपाली सेवा
    गौरीशंकर संरक्षण क्षेत्रकै रोलवालिङ उपत्यकामा पनि ‘क्यामेरा ट्र्याप’ जडान गरेर हिउँचितुवा र अन्य वन्यजन्तुबारे अध्ययन अनुसन्धानको क्रम अहिले चलिरहेको छ।

    मध्य नेपालको गौरीशंकर संरक्षण क्षेत्रमा दुर्लभ हिउँचितुवा रहेका नयाँ प्रमाण फेला परेपछि नेपाली संरक्षणकर्मी तथा अधिकारीहरू निकै हौसिएका छन्। तर हिमाली पर्यावरणीय स्वच्छताको प्रतीक मानिने त्यो प्रजातिको संरक्षणका लागि नेपालले अझै धेरै काम गर्न बाँकी रहेको तथ्य विज्ञहरूले औँल्याएका छन्।

    गौरीशंकर संरक्षण क्षेत्रमा हालै पहिलो पटक दुर्लभ हिउँचितुवाको तस्बिर खिच्ने सफलता मिलेपछि विज्ञहरूले त्यो प्रजातिको दीर्घकालीन संरक्षणका लागि नेपालले हिउँचितुवाबारे विस्तृत अध्ययन गर्नुपर्ने बताउँदै, नेपालले हिमाली सीमा जोडिएका चीन र भारतसँग सहकार्य गर्नु पर्ने सुझाव दिएका छन्।

    राष्ट्रिय प्रकृति संरक्षण कोषको अगुवाइमा हालै गरिएको अनुसन्धानको क्रममा गौरीशंकर संरक्षण क्षेत्रको तामाकोसी नदीको शिरतिर अवस्थित लप्ची उपत्यकामा ४,०८७ मिटरको उचाइमा ‘क्यामेरा ट्र्यापिङ्’ (क्यामेराको पासो थापेर स्वचालित रूपमा वन्यजन्तुको तस्बिर खिच्ने विधि) को क्रममा एक हिउँचितुवाको फोटो खिचिएको थियो।

    हिमालपारी तिब्बतको चुमोलङ्मा प्रकृति आरक्षसँग सीमा जोडिएको गौरीशंकर संरक्षण क्षेत्रले प्रसिद्ध गौरीशंकर हिमालदेखि पूर्व र पश्चिमका उच्च हिमाली क्षेत्रलाई समेटेको छ।

    मनाङमा देखिएको एक हिउँचितुवानेपालका संरक्षित क्षेत्रहरूमा ३०० देखि ५०० हिउँचितुवाहरू रहेको अनुमान छ। जसका कारण हिउँचितुवा पाइने देशहरूको नक्सामा मङ्गोलिया र चीनपछि नेपालले महत्त्वपूर्ण स्थान ओगटेको छ।

    नेपालको हिमाली क्षेत्रमा पूर्वमा कञ्चनजङ्घादेखि पश्चिममा अपि नाम्पा संरक्षण क्षेत्रसम्म फैलिएका १२ वटा संरक्षित क्षेत्रहरूमा हिउँचितुवाको बासस्थानहरू रहेको विज्ञहरू बताउँछन्।

    ती संरक्षित क्षेत्रहरूमा ३०० देखि ५०० हिउँचितुवाहरू रहेको अनुमान छ। जसका कारण हिउँचितुवा पाइने देशहरूको नक्सामा मङ्गोलिया र चीनपछि नेपालले महत्त्वपूर्ण स्थान ओगटेको छ।

    तर नेपालमा अहिलेसम्म हिउँचितुवाको देशव्यापी अध्ययन भने भएको छैन।

    हालैका वर्षमा नेपालमा गरिएको अनुसन्धानको क्रममा नेपालका हिउँचितुवा हिमाल पारि तिब्बत र हिमाली सीमा जोडिएको भारतको सिक्किमका उच्च भूभागमा समेत विचरण गर्ने गरेको प्रमाणित भइसकेको छ।

    त्यसैले हिमाल वारिपारि ओहोरदोहोर गरिरहने हिउँचितुवाको “प्रभावकारी तथा व्यवहारिक संरक्षणका लागि” नेपालले चीनको तिब्बत र भारतको सिक्किम तथा उत्तराखण्डका संरक्षणकर्मीहरूसँग हातेमालो गर्नु पर्नेमा विज्ञहरूले जोड दिइरहेका छन्।

    गौरीशंकर संरक्षण क्षेत्रमा अनुसन्धानमा परामर्शदाताको रूपमा खटिएका त्रिभुवन विश्वविद्यालयका जीवशास्त्री प्राध्यापक मुकेशकुमार चालिसेले बीबीसीसँग भने, “अन्तरसीमा बैठक भन्दै भोज-भतेर गरेर काम हुँदैन। परिणाम आउने गरी, स्थानीय बासिन्दाले हिउँचितुवा संरक्षणको लाभ पाउने गरी, आपसमा मिलेर काम गर्न ढिला हुन लागिसक्यो।”

    गौरीशंकर क्षेत्रमा अहिले के हुँदैछ ?

    गौरीशंकर संरक्षण क्षेत्रमा हिउँचितुवा रहेको र तिनले याक, चौँरी र अन्य चौपाया खाइदिने गरेका विवरण यसअघि पनि संरक्षणकर्मीहरूले सुन्ने गर्दथे। तर हालै त्यहाँ एक हिउँचितुवाको तस्बिर खिचिएपछि त्यो फोटो गौरीशंकर क्षेत्रमा हिउँचितुवा विचरण गर्ने गरेको पहिलो वैज्ञानिक प्रमाण बन्न पुग्यो।

    त्यसमा गुराँस र धूपिका रुख पाइने ओसिलो क्षेत्रमा हिउँचितुवा डुलिरहेको देखियो।

    गौरीशंकर क्षेत्रमा संरक्षणकर्मीहरू क्यामेरा जडान गर्दैगौरीशंकर संरक्षण क्षेत्रको लप्ची उपत्यकामा हालै गुराँस र धूपिका रुख पाइने ओसिलो क्षेत्रमा हिउँचितुवा डुलिरहेको तस्बिर ‘क्यामेरा पासो’मा कैद भएको हो।

    त्यसपछि उत्साहित राष्ट्रिय प्रकृति संरक्षण कोषका अधिकारी तथा विज्ञहरूले अहिले त्यही क्षेत्रकै रोलवालिङ उपत्यकामा वन्यजन्तु ओहोरदोहोर गर्ने विभिन्न स्थानमा १२ वटा स्वचालित क्यामेराहरू जडान गरिसकेका छन्। उनीहरूले त्यहाँ थप हिउँचितुवा हुनसक्ने अनुमान गरेका छन्।

    त्यो काममा खटिएका कोषका संरक्षण अधिकृत विष्णुप्रसाद पाण्डेले भने, “ती क्यामेराले हिउँचितुवा र अन्य जन्तुका थप नयाँ-नयाँ तस्बिर खिचिरहेको छन्। केही समयपछि हामीले ती क्यामेराले खिचेका तस्बिरहरू हेरेर विश्लेषण गर्नु पर्ने छ।”

    तिनै तस्बिरका आधारमा गौरीशंकर क्षेत्रमा के, कति र कस्ता हिउँचितुवा हुन सक्छन् भनी थप आकलन गर्न सकिने जीवशास्त्री चालिसे बताउँछन्।

    सन् १९८१ देखि १९८५ सम्म डोल्पाको शे-फोक्सुण्डो निकुञ्जको माथिल्लो डोल्पोमा हिउँचितुवाको विस्तृत अनुसन्धान गरेका अमेरिकी विज्ञ रोड्नी ज्याक्सनको टोलीले नाउर (सेतो रङको हिमाली भेडो जस्तो जनावर) को सङ्ख्या बाक्लो भएका स्थानमा हिउँचितुवाको घनत्व धेरै भएको पाएको थियो।

    गौरीशंकर क्षेत्रमा चाहिँ नाउर नपाइएपनि हिउँचितुवाले झारल, घोरल र अन्य वन्यजन्तुलाई आहारा बनाएर बाचिरहेको हुनसक्ने पाण्डेले बताए। त्यहाँको रोलवालिङ उपत्यकामा राखिएका स्वचालित क्यामेराहरू अब केही सातापछि निकाल्ने योजना छ।

    हिउँचितुवा किन जोगाउने ?

    मनाङमा देखिएको एक हिउँचितुवाहिमाली वा पर्वतीय खाद्यचक्रमा सबैभन्दा माथि रहने हिउँचितुवाले नाउर, झारल जस्ता जन्तुको सिकार गरी खाने गर्दछ। आहारा नपाउँदा याक, चौँरी र अन्य चौपायालाई सिकार बनाउने गरेको पाइएको छ।

    एउटा वयस्क हिउँचितुवाको तौल ५५ किलोसम्म हुन्छ। शिरदेखि पुच्छरसम्म १२ फिटसम्म लामो यो जीव दुई फिट जति अग्लो हुन्छ। बाक्लो भुत्लायुक्त हुने हिउँचितुवालाई स्वस्थ हिमाली पर्यावरणको प्रतीक मानिन्छ। हिमाली वा पर्वतीय खाद्यचक्रमा सबैभन्दा माथि रहने यो जन्तुले नाउर झारल जस्ता जन्तुको सिकार गरी खाने गर्दछ।

    तर यदाकदा हिउँचितुवाले सानातिना याक,चौँरीलाई समेत आहारा बनाइदिन्छ।

    त्यसले गर्दा हिमाली क्षेत्रका पशुपालक समुदाय र हिउँचितुवाबीच द्वन्द्व बढ्ने गरेको छ। “आफ्ना चौपाया मारिएपछि हिमाली क्षेत्रका बासिन्दाले रिसको झोकमा हिउँचितुवालाई मारिदिने गरेका छन्। त्यसले गर्दा हिउँचितुवा संरक्षणमा चुनौती थपिएको छ,” हिमाली पर्यावरणबारे अध्ययन गरेका विश्व वन्यजन्तु कोषका नेपाल प्रतिनिधि डाक्टर घनश्याम गुरुङले बीबीसीसँग भने। “त्यसलाई घटाउनु पनि उत्तिकै आवश्यक छ।”

    अन्तरदेशीय हातेमालो किन ?

    पश्चिम नेपालको अपि नाम्पा र शे-फोक्सुन्डो निकुञ्जसहितको भेग नेपालको हिउँचितुवाको सङ्ख्या सबैभन्दा बाक्लो रहेको क्षेत्र हो। भारत र चीनको तिब्बतसँग सीमा जोडिएको त्यो क्षेत्रमा मात्रै ३०० देखि ४०० हिउँचितुवा रहेको अनुमान छ।

    त्यसपछिको बाक्लो सङ्ख्या अन्नपूर्ण र मनास्लु क्षेत्र सहितको हिमाली भेगमा रहेको ठानिन्छ। जहाँ ६ देखि २४ हिउँचितुवा रहेको अनुमान छ। तेस्रो स्थानमा सगरमाथा निकुञ्जदेखि पूर्वी हिमालयको कञ्चनजङ्घा क्षेत्रमा छ, जहाँ १३ देखि २१ हिउँचितुवा रहेको आकलन छ।

    केही वर्षअघि कञ्चनजङ्घा क्षेत्रमा हिउँचितुवाको गतिविधि अनुगमन गर्न पटक पटक गरी, चार वटा हिउँचितुवाको घाँटीमा अवस्थिति पत्ता लगाउने ‘जीपीएस’ भनिने उपकरण जडित ‘रेडियो कलर’ लगाइएको थियो।

    कञ्चनजङ्घा क्षेत्रमा बेहोस पारिएको हिउँचितुवाको घाँटीमा रेडियो कलर जडान गरिँदै।कञ्चनजङ्घाका हिउँचितुवा चीनको तिब्बत र भारतको सिक्किम पुगेका प्रमाण फेला परेका थिए।

    “त्यतिबेला यताका हिउँचितुवा भारतको सिक्किमसँम्म पुगेको भेटियो,” विश्व वन्यजन्तु कोषका गुरूङले भने। “अर्को हिउँचितुवा त चीनको चुमोलङ्मा आरक्ष क्षेत्रसम्म पुगेको पाइयो। त्यसले हिमालय वारिपारि २,००० वर्ग किलोमिटर क्षेत्रमा हलचल गरेको पाइयो।”

    हालै गौरीशंकरमा भेटिएको हिउँचितुवा पनि तिब्बतसँगको सीमावर्ती क्षेत्रमा भेटिएको हो। “त्यो पनि नेपालभित्रै बसिरह्न्छ भन्ने छैन। त्यो हिउँचितुवा सजिलै तिब्बत पुग्न सक्छ,” कोषका संरक्षण अधिकृत पाण्डे भन्छन्।

    “हिउँचितुवा हिमाली क्षेत्र वारपार गरिरहन्छन्। नेपालको एउटा संरक्षण क्षेत्रबाट तिब्बत पुगेको हिउँचितुवा फेरि नेपालको अर्को हिमाली क्षेत्रमा आइपुग्न पनि सक्छ।”

    त्यसैले हिउँचितुवाको अनुगमन सहज छैन। समुद्र सतहदेखि ३,००० मिटर देखि ४,००० मिटरको उचाइमा विचरण गर्ने हिउँचितुवा यति दुर्लभ हुन्छ कि त्यसलाई विज्ञ तथा अनुसन्धानकर्ताहरूले समेत सजिलै भेट्टाउन सक्दैनन्।

    सन् २००१ देखि सन् २००७ सम्म वर्षैपिच्छे हिउँचितुवाबारे अध्ययन गर्न लाङटाङ निकुञ्ज पुगेका जीवशास्त्री चालिसेले आफूले सन् २००७ मा मात्र पहिलो पटक एउटा हिउँचितुवा देख्न सफल भएको बताउँछन्। “त्यो पनि निकै टाढा, दुरबिन लगाएर हेर्दा मात्रै देखियो,” उनी भन्छन्।

    अनुसन्धान र त्रिदेशीय हातेमालो

    विज्ञहरूका अनुसार पछिल्लो समय नेपालका उत्तरी जिल्लाहरूमा पनि सडक र अन्य पूर्वाधारहरू बनाउने लहर नै चलेको छ। त्यसबाट स्थानीयबासिन्दालाई लाभ मिल्न थालेको छ। “तर हिउँचितुवा पाइने क्षेत्रमा सडकहरू पुग्न थालेपछि ती जन्तुहरू तिब्बततिर पनि भौँतारिने क्रम बढेको हुन सक्छ,” चालिसे भन्छन्।

    गौरीशंकर क्षेत्रको रोलवालिङ उपत्यकामा जडित 'क्यामेरा पासो'गौरीशंकर क्षेत्रको रोलवालिङ उपत्यकामा जडित ‘क्यामेरा पासो’। तस्बिरहरूको विश्लेषणपछि मात्र त्यो उपत्यकामा हिउँचितुवा भए-नभएको थाहा हुने छ।

    हिउँचितुवा संरक्षणप्रति औपचारिक रूपमा प्रतिबद्धता जनाउँदै आएको नेपालका अधिकारीहरू हिउँचितुवासम्बन्धी अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि नियमित रूपमा सहभागी हुँदै आएका छन्। नेपालले हिउँचितुवा पाइने मध्य एशिया र हिमाली क्षेत्र आसपासका देशहरूको तर्फबाट बेला बेलामा संरक्षणमा अगुवाइ पनि गर्दै आएको छ।

    तथापि नेपालमा हिउँचितुवाको यकिन सङ्ख्या वा तिनका प्रकार, सम्भाव्य उपप्रजाति र अन्य विशेषता पत्ता लगाउन अहिलेसम्म कुनै राष्ट्रियस्तरको अध्ययन वा गणना हुन सकेको छैन। सन् १९८० को दशकको सुरुमा अमेरिकी अनुसन्धानकर्ता रोड्नी ज्याक्सनको टोली माथिल्लो डोल्पोमा गरेको अध्ययनलाई अहिलेसम्मकै सबैभन्दा विस्तृत अध्ययन मानिन्छ।

    विश्व वन्यजन्तु कोषका नेपाल प्रतिनिधि डाक्टर घनश्याम गुरुङका विचारमा हिउँचितुवाको दीर्घकालीन संरक्षण गर्ने हो भने नेपालले सबभन्दा पहिले राष्ट्रियस्तरको हिउँचितुवा अध्ययन गर्नु पर्छ। “त्यसको लागि हामी सहयोग गर्न तयार छौँ।”

    “त्यसपछि चीन र भारतसँग ‘ट्रान्सबाउन्ड्री कोअपरेशन’ (अर्थात् अन्तरसीमा सहकार्य)को काम अघि बढाउनु आवश्यक छ। त्यसलाई तीव्रता दिन जरुरी छ। नत्र हिउँचितुवा संरक्षण गर्न सजिलो छैन,” उनले भने।

    नेपाल सरकार के गर्दैछ ?

    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काका अनुसार देशव्यापी हिउँचितुवा अध्ययनको सुझाव अहिले छलफलको क्रममा छ। “यो निकै खर्चिलो र हिमाली क्षेत्रमा गर्नु पर्ने कठिन काम भएकोले के, कसरी अगाडि बढ्न सकिन्छ भनेर हामी छलफल गर्दैछौँ,” उनले भने।

    उनका अनुसार बाघ र गैँडा जस्ता दुर्लभ जन्तु जोगाउन भारतीय संरक्षणकर्मीसँग जुन स्तरको अन्तरसीमा सहकार्य र हातेमालो भइरहेको छ हिउँचितुवाको लागि त्यस्तो हुन सकेको छैन। “चीनका संरक्षण अधिकारीहरूसँग बेला बखत बैठकहरू हुने गरे पनि भाषा, सञ्चारजस्ता कारणले हिउँचितुवाका विषयमा अझै त्यतिधेरै सहकार्य हुन सकेको छैन,” उनले भने।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असार २५, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.