कैलासबावु श्रेष्ठ
असार २५ गते । गोरखाको विभिन्न क्षेत्रका विपन्न परिवारलाई ३ सयको हाराहारीमा निशुल्क मिटर बक्स बितरण गरीएको छ ।
नेपाल बिद्युत प्राधिकरण गोरखा बितरण शाखाले जिल्लाको विभिन्न क्षेत्रमा बसोबास गर्ने विपन्न परिवारलाई निशुल्क रुपमा मिटर बक्स उपलब्ध गराईएको हो । गोरखा शाखाका अनुसार केन्द्रिय निती अनुसार विपन्न परिवारले पनि बिद्युत उपभोग गर्न पावस भनेर जिल्लामा हाल सम्म २ सय ८१ घर परिवारलाई निशुल्क रुपमा मिटर बक्स उपलब्ध गराईएको हो ।
शाखाका अनुसार ३ हजार मुल्य बरावरको मिटर बक्स विपन्न परिवारले निशुल्क रुपमा पाउदा खुशी भएका छन । अहिले कार्यालयमा ५ सयको हाराहारीमा निवेदन आएको र क्रमश उनीहरुलाई प्राथमिकताको आधारमा विद्युत जडान गर्दे जाने शाखा कार्यालयले जानाकारी दिएको छ । यो कार्यक्रम अन्तरर्गत विपन्न परिवारको घरको वरपर विद्युत पोल नभएको वा बिद्युत तार नभए अनुदानमा हाल्ने ब्यवस्था समेत गरीएको छ ।
निशुल्क मिटर पाएका विपन्न परिवारले बक्तिको पैसा भने तिनुपर्ने छ । बितरण गरीएको मिटर भार क्षमता अनुसार ५ एम्पिएर देखी ३० एम्पिएर क्षमताको रहेको शाखा प्रमुख माधव न्यौपाने बताए ।


