- हत्या आरोपी प्रहरी नियन्त्रणमा, अनुसन्धान हुदै : प्रहरी
गोरखा समाचारदाता
असार २५ गते । मंगलसेन नगरपालिका–१ को कुन्तीबण्डालीको ढुंगानीमा पाहुना आएका ससुरा र ठूलोबुवालाई दाउराले हानेर हत्या गरीएको छ । हत्या गरेको आरोपमा लफे भनिने पिरमकुमार साउँदलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अछाम प्रहरी कार्यालयले दिएको जानकारी अनुसार आरोपी साउँदले ससुरा विरभान थापा र ठूलोबुवा देउसिंह साउँदको हत्या गरेर भाग्ने क्रममा प्रहरीले नियन्त्रणमा लिन सफल भएको थियो ।
बुधबार बिहान १ बजे भएको उत्त घटना प्रहरीलाई बिहान ३ः४५ बजे खबर गरीएको थियो । रातको समयमा घर भित्र बाहिर गरी रहेका साउदलाई ससुरा र ठुलो बुवाले सुत्न भने पछि एक्कासी आक्रमण गरेर हत्या गरेका साउँदका श्रीमतीले बताईन । श्रीमती समेत उत्त घटनामा भागेर बच्न सफल भएका थिए ।


