- ओखलढुंगाको मानेभञ्ज्याङ बस दुरघर्टना
गोरखा समाचारदाता
असार २५ गते । ओखलढुंगामा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । काँकडभिट्टाबाट सोलुखुम्बु जाँदै गरेको मे. १ ख १८९१ नम्बरको बस बुधबार विहान ३ बजेतिर सिद्धिचरण राजमार्ग अन्तरर्गत ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ डढुवामा दुर्घटना भएको हो ।
दुर्घटनामा २ जना पुरुष र १ जना महिलाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृतकको पहिचान खुल्न बाँकी छ । दुर्घटनामा १५ जना घाइते भएका छन् । गम्भिर घाइते ४ जनालाई उपचारका लागि काठमाडौं लगिएको छ ।
बाँकीको उदयपुरको घुर्मीमा रहेका स्वास्थ्य संस्थामा उपचार भैरहेको छ । बर्षाका कारण बाटो चिप्लो भएका कारण दुर्घटना भएको अनुमान गरिएको छ । बस सडकबाट करिव ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।


