×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखा दरबारको जग निर्माण मै लाग्यो २० महिना

  •  
  • बुधबार, असार २५, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल

    असार २५ गते । गोरखा दरबार पुर्ननिर्माणको म्याद सकिन ५ महिना बाँकी रहँदा बल्ल जग निर्माण भएको छ । २ वर्षमा सम्पन्न गर्ने गरी २०७४ कार्तिकमा पचली शिवाको जेभीले पुरातत्व विभागसँग ४ करोड ३७ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

    ‘काममा ढिलाई भएको साँचो हो, पब्लिकको आँखाले देख्ने गरी काम भएको छैन’ पुरातत्व अधिकृत मञ्जुसिं भण्डारी थापाले भनिन् ‘ढिलो हुनुमा केही प्रतिशत हामी दोषी हौंला कन्ट्रयाक्टरका पनि कमजोरी हुन सक्छ ।’ सरोकारवालाको लार्पवाहीका कारण सम्झौता भएको २० महिनासम्म जग निर्माण बाहेक अरु काम भएको छैन् । निर्माण स्थलमा कामदारहरु देखिदैनन् । ३–४ जना सिकर्मीहरु केही तल काठको काम गरिएका भेटिन्छन् । काम किन नभएको हो । दरबार हेरचाह अड्डासँग पनि जवाफ छैन् । झण्डै दुई वर्षसम्म जग निर्माणमा अल्झिएको निर्माण कम्पनीले बाँकी काम अगाडी बढाएको छैन् । ‘हामीले फाउण्डेसनको काम सक्यौं, अहिले काम नभएको होइन्, काठको काम भइरहेको छ’ उनले भनिन् ‘एक तलाको लागि आवश्यक काठ तयार भइसकेको कन्ट्रयाक्टरबाट कुरा आएको छ, अब गारो लगाउने काम सुरु भइहाल्छ ।’

    यता पचली शिवाको जेभीका प्रोपाइटर शुसिलबाबु श्रेष्ठले भने विभागको कारण ढिलाई भएको आरोप लगाएका छन । ठेक्का सम्झौतापछि लगत स्टमेट परिवर्तन हुन, सहज रुपमा काठ उपलब्ध गराउन नसक्नु लगायतका कारणले सोचे जस्तो काम हुन नसकेको उनको दाबी छ । ‘उहाँहरुले एग्रिमेट पछि ४ वटा कुरा चेन्ज गर्नुभयो, टिम्बर कर्पोरेसनले ४ महिनासम्म काठ दिएन, झुलायो’ श्रेष्ठले भने ‘ढिलाई हुनका धेरै कारणहरु छन्, तर हामी संवेदनशिल रुपले काम गरिरहेका छौं ।’ अहिले काठको काम भइरहेको र आगामी साउनको दोश्रो साता देखि गारो लगाउन सुरु गर्ने उनले बताए । झ्याल, ढोका, टुडाल, थाम लागतका सामानहरु बनाउने काम भइरहेको श्रेष्ठको भनाई छ । ‘काठको समस्या रहेन भने रातदिन काम गरेर भएपनि मंसिर मसान्तसम्म दोश्रो तलाको काम सक्ने मेरो लक्ष्य छ’ उनले भने ‘बाँकी काम माघसम्म कम्पिड हुन्छ ।’ आगामी दशैसम्म पहिलो तला, मंसिर भित्र दोश्रो तला र माघसम्म दरबार पुर्ननिर्माणको काम सक्ने श्रेष्ठको दाबी छ । विभागकै कारण काममा ढिलाई भएकाले केही समय म्याद थप गर्नुपर्ने उनले जिकिर गरे ।

    नेपालकै उद्गम स्थल ऐतिहासिक गोरखा दरबार पुर्ननिर्माणकामा ढिलाई भएको प्रति सर्वत्र चिन्ता व्यक्त भएको छ । देशका उच्च पदस्थ व्यक्तिहरुले स्थलगत अनुगमन गर्दै काम छिटो गर्नुपर्ने बताउँदै आएका छन । बैशाख यता मात्र पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, डाक्टर बाबुराम भट्टराई, सभामुख कृष्णबहादुर महरा, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्रपार्टीका अध्यक्ष कमल थापा लगायतका र्शीष नेताहरुले जिल्ला आएको बेला गोरखा दरबार पुर्ननिर्माणको बारेमा चासो राख्दै, छिटो गराउन सरकारलाई ध्यानाकर्षण गराएका थिए
    शाह बंशिय उद्गम थलो मानिएको जिल्लाको गोरखा दरबार तत्कालिन राजा रामशाहको पालामा बिक्रम संम्बत १६६६ ताका बनेको किम्मदन्ती छ । दरबार कहिले र कुन समयमा बन्यो भन्ने कुराको भने अहिले सम्म लिखित प्रमाण भेटिएको छैन् । नेपालकै ऐतिहासिक गोरखा दरबार २०७२ बैशाख १२ को विनाशकारी भुकम्पले पुर्ण रुपमा क्षति पुगेपछि २०७४ पुसबाट भत्काएर पुनर्निमाण सुरु गरिएको हो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असार २५, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.