गोरखा समाचारदाता
गोरखकाली हस्तकला उद्योगमा २ महिने ढाका बुनाई तालिम सकिएको छ ।
गोरखा नगरपालिकाको सहयोगमा सञ्चालन भएको कार्यक्रममा ८ जना प्रशिक्षार्थी सहभागी भएका थिए । नगरपालिकाले १ महिने तालिमका लागि आर्थिक सहयोग गरेपनि उद्योगले १ महिना थप गरी तालिम दिएको थियो । तालिमका क्रममा ढाकाजन्य पछेउरा, सारी, लुंगी, गलबन्दी, टोपी, सल, लगायत सामाग्री उत्पादनका लागि प्रशिक्षण दिइएको उद्योगकी कोषाध्यक्ष गीता देवकोटाले बताइन् ।
कार्यक्रम संयोजक अस्मिता कट्टेलको अध्यक्षतामा भएको तालिमको मंगलबार गोरखा नगरालिकाकी उपप्रमुख विनाकुमारी श्रेष्ठले समापन गरेकी हुन् । कार्यक्रममा गोरखा उद्योग बाणिज्य संघ महिला उद्यमी विकास समितीकी अध्यक्ष रीता रेग्मी, सचिव सृजना पाण्डे, प्रशिक्षक अप्सरा थापा मगर, सहभागी शुसिला अछामी लगायतले बोलेका थिए ।
तालिम लिएका उनिहरुलाई उद्योगमै रोजगारीको समेत अवसर दिइएको बताइएको छ ।


