×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

पन्ध्र लाखको प्रयोगशालाबाटै विषादी जाँच सम्भव

  •  
  • मङ्गलबार, असार २४, २०७६ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    भारतसँगको सबै नाकामा तत्कालका निम्ति दुई समूहका विषादीको अवशेष परीक्षण गरिए मात्रै पनि ‘धेरै विषादीयुक्त तरकारी तथा फलफूल भित्रिने जोखिम न्यून हुने’ विज्ञहरूले बताएका छन्।

    सबै खालको विषादी जाँचको प्रबन्ध नहुँदासम्म कार्बामाइट र अर्गानोफोस्पेटको परीक्षण गरिनु पर्ने र त्यसका लागि धेरै लगानी नलाग्ने उनीहरूको भनाइ छ।

    सरकारी अधिकारीहरूले अन्तर्राष्ट्रिय स्तरको प्रयोगशाला सबै नाकामा नभएकाले भारतबाट आयात हुने तरकारी तथा फलफूल जाँच गर्न सक्ने अवस्था नरहेको बताएका छन्।

    तर देशभर ती दुई समूहको विषादी परीक्षण गर्न सक्ने सातवटा प्रयोगशाला रहेको र त्यहाँबाट परीक्षणलाई निरन्तरता दिइने उनीहरूले जनाएका छन।

    संसद्‍देखि सडकसम्म तताउने विषय

    आयातित तरकारी तथा फलफूलको विषादी परीक्षणको विषय संसद्‍देखि सडकसम्म चर्चामा छ।

    विषादी परीक्षण गर्ने आफ्नै निर्णयबाट पूर्वाधार नभएको भन्दै पछाडि हटेका कारण सबैतिरबाट सरकारको आलोचना भएको छ।

    तर विषादीबारेका जानकारहरूले सरकारले हाल दुई समूहका विषादीको परीक्षणलाई अगाडि बढाउन सकेमा मात्रै पनि धेरै विषादी नभित्रिने र भविष्यमा अरू समूहको विषादी परीक्षण अगाडि बढाउन सहज हुने बताए।

    अर्गानिक तरकारी बजार

    जनशक्तिको प्रश्न

    नेपाल केमिकल सोसाइटीका अध्यक्ष प्राध्यापक डा. निरञ्जन पराजुली भन्छन्, “कार्बामाइट र अर्गानोफोस्पेट समूहका विषादीको परिक्षण कालिमाटीमा हुन्छ, त्यो परीक्षणमात्रै सबै नाकामा हुनसक्यो भने पनि धेरै कम विषादी भित्रिन्छ।”

    यसो गर्दा आयात गर्नेहरूले पनि परीक्षणको डरले विषादी नभएका तरकारी र फलफूल ल्याउन थाल्ने उनको भनाइ छ।

    डा. पराजुली भन्छन्, “एउटा प्रयोगशालाका लागि १५ लाख रुपैयाँमात्र लगानी गर्न सक्यो भने यो जाँच सम्भव छ र सबै नाकामा एकसाथ गर्न सकिन्छ।”

    तर रसायनशास्त्र पढेको व्यक्तिले मात्रै रसायन परीक्षण गर्नसक्ने भएकाले प्रयोगशालामा उनीहरूको दरबन्दी राखिनुपर्ने उनी औंल्याउँछन्।

    रसायनशास्त्र पढेकाहरू प्रयोगशालामा नहुँदा परीक्षण केवल देखावटी हुने पराजुलीको भनाइ छ।

    अर्गानिक तरकारी बजार

    सुरुवाती चरणमा प्रयोगशाला भएको भन्दै विषादी परीक्षणको निर्णय गरेको सरकारले दुई समूहको विषादी परीक्षण गर्नसक्ने अवस्थामा छवटा प्रदेशमा प्रयोगशाला रहेको र त्यसलाई अगाडि बढाइने जनाएको छ।

    सरकारी तयारी

    कृषि तथा पशुपंक्षी मन्त्रालयका सचिव युवकध्वज जिसीले भने, “गत सालदेखि हामीले दुई प्रकारका विषादी परीक्षण हुने प्रयोगशालाहरू सात ठाँउमा स्थापना गरेका छौँ।”

    “प्रयोगशालाहरू सञ्चालनमा छन् र कर्मचारी राख्ने क्षमता अभिवृद्धि गर्ने ढङ्गले हामीले काम गरिरहेका छौँ। सबै ठाँउमा परीक्षणको व्यवस्था गर्छौँ।”

    प्रदेश नम्बर १ को बिर्तामोडमा, प्रदेश नम्बर २ को सर्लाहीको नवलपुरमा, प्रदेश नम्बर ३ को काठमान्डूको कालिमाटीमा, गण्डकी प्रदेशको पोखरामा, प्रदेश नम्बर ५ को बुटवलमा र नेपालगंजमा एवम् सुदुरपश्चिम प्रदेशको कैलालीको अतरियामा प्रयोगशाला छन्।

    भारतबाट तरकारी तथा फलफूल नेपाल ल्याउँदा स्वच्छताको प्रमाणपत्रसँगै विषादी परीक्षणको प्रमाणपत्र पनि लिएर आएमा भने प्रमाणपत्रकै आधारमा स्वीकृति दिने व्यवस्था मिलाइने अधिकारीहरु बताउँछन्।

    २९ प्रकारकै विषादीको परीक्षण गर्न सक्ने अवस्थामा सबै प्रदेशका प्रयोगशाला तयार हुन आवश्यकता अनुसारको बजेट आएमा पनि कम्तिमा एक वर्ष लाग्ने अनुमान अधिकारीहरुको छ।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, असार २४, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.