×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ९ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १४ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १५ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १८ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १९ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

सुशासन नीति निर्माण गर्न नागरिक समाजको दवाव

  •  
  • मङ्गलबार, असार २४, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    मोेहसिन अलि मियाँ

    असार २४ गते । जिल्लाका स्थानीय तहमा सुशासन नीति निर्माण गरी लागु गर्न नागरिक समाजका प्रतिनिधीले माग गरेका छन् । जिल्लामा कार्यरत नागरिक समाज संघसंस्थाहरुले सोमबार जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङलाई अनुरोध पत्र बुझाउदै जिल्लाका ११ वटै स्थानीय तहमा सुशासन नीति र कार्ययोजना निर्माण गरी लागु गर्न माग गरेका हुन् । ‘हामी सुशासनका कुरा मात्रै गर्छौ’ नागरिक साझा सवाल गोरखाका संयोजक स्थानेश्वर दुवाडीले भने ‘साच्चै हाम्रा पालिकाहरु सुशासनमैत्री हुनै सकेका छैनन्, केका आधारमा भन्ने, त्यसका लागि त पहिला नीति चाहियो नि ।’

    सुशासनमैत्री पालिका निर्माणका लागि दवाव दिन भन्दै उनिहरुले जिसस प्रमुख मार्फत अनरोध पत्र बुझाएका हुन् । २०७२ मा बनेको नयाँ संविधानले तीनै तहका सरकारलाई जनम्ूखि बनाउनका लागि सुशासनलाई प्राथमिकतामा राखेपनि नीतिको अभाव हुदा कार्यान्वयनको अवस्था नाजुक रहेको नागरिक समाज संघसंथाको ठहर छ । संविधानको धारा ५३ बमोजिम सरकारले तयार पारेको नीति तथा कार्यक्रममा भ्रष्टाचार अन्त्य र सुशासन प्रबद्र्धन सरकारको लक्ष्य रहेपनि त्यसको महशुस जनताले गर्न नपाएको उनिहरुको गुनासो छ ।

    स्थानीय सरकार संचालन ऐन २०७४ को दफा २२ मा स्थानीय सरकारले सुशासन समिति निर्माण गरि स्थानीय सरकारको सुशासनलाई मजबुत बनाउनु पर्ने व्यवस्था भएपनि अधिकांश पालिकाहरुमा सो काम अघि बढ्न सकेको छैन । भ्रष्टाचार नियन्त्रण गर्न आर्थिक, सामाजिक, राजनैतिक एवं प्रशासनिक क्षेत्रको भूमिका महत्वपुर्ण रहने अनुरोधपत्रमा लेखिएको छ । स्थानिय तहमा सुशासन ऐन निर्माण गरी जनमूखी, जवाफदेहि, पारदर्शि, समावेशी, जनसहभागितामुलक, कानूनको शासन, भ्रष्टाचार मुक्त, चुस्त प्रशासन, आर्थिक अनुशासन कायम गरी जनतालाई छिटो छरितो तथा कम खर्चीलो ढंगबाट सेवा दिन उनिहरुले माग गरेका छन् ।

    सुशासन प्रवद्र्धन रणनीति तथा कार्यायोजना २०७४ मा भएको व्यवस्था बमोजिम पालिकाको दुरदृष्टी, उद्देश्य, नीतिनिर्माण तर्जुमा गरी सोही बमोजिमको जिम्मेवारी तोक्न समेत उनिहरुले भनेका छन् । जवाफदेहिताका औजार सहितका अनुगमन तथा मुल्यांकनको व्यवस्था गरि, विधुतीय प्रविधिको समेत प्रयोग हुने गरी, नागरिकको निगरानीको समेत व्यवस्था गर्न नागरिक समाजका प्रतिनिधिहरुले प्रमुखलाई अनुरोध पत्र बुझाउदै माग गरेका छन् ।

    नागरिक समाजका प्रतिनिधीहरुको अनुरोध पत्र बुझ्दै प्रमुख गुरुङले तत्काल सबै पालिकालाई पत्र लेखेर सुशासन नीति निर्माण गरी कार्यान्वयनमा जान निर्देशन दिने बताएका छन् । ‘नीति अभावले पनि धेरै काममा समस्या आएको हो’ उनले भने । स्थानीय तहले राम्रा काम गरेपनि नीति र त्यसको कार्ययोजना नहुदा पारदर्शी र जवाफदेहितामा प्रश्न चिन्ह खडा हुने गरेको उनले बताए । त्यस्तै जिल्लाका ११ वटा स्थानीय तहमध्ये गोरखा नगरपालिकाले सुशासन नीति निर्माण गरी पास गरिसकेको जनाएको छ भने अन्य पालिकाले अहिलेसम्म बनाउन सकेका छैनन् । अनुरोधपत्रमा नागरिक साझा सवाल, नेपाल पत्रकार महासंघ, गैसस महासंघ, इन्सेक, सोच नेपाल, मानवअधिकार सञ्जाल, प्याव्सन लगायत जिल्लामा कृयाशिल संघसंस्थाका प्रतिनिधीले हस्ताक्षर गरेका छन् ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, असार २४, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.