×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ९ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १४ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १५ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १८ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १९ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

भारतीय दूतावासको यो पत्र, जसले सरकारलाई गलायो (चिठीसहित)

  •  
  • मङ्गलबार, असार २४, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    के छ भारतीय दूतावासको पत्रमा ?

    भारतबाट नेपाल भित्रिने ताजा तरकारी एवं फलफूलको कीटनाशक विषादी परीक्षण सम्बन्धमा भारतीय दूतावासले मन्त्रालयलाई लेखेको पत्र र त्यसपछि क्याबिनेट बैठकले गरेको निर्णयको कपी अनलाइनखबरले फेला पारेको छ ।

    काठमाडौंस्थित भारतीय दूतावासले नेपाल सरकारलाई कस्तो पत्र लेखेको थियो ? दूतावासको सो पत्र परराष्ट्र र उद्योग मन्त्रालयमा आइसकेपछि मन्त्रिपरिषदले कसरी भारतीय तरकारी र फलफूलको विषादी परीक्षण तत्काल स्थगन गर्ने निर्णय लियो ? यस सम्बन्धमा भित्री कथाहरु अझै सतहमा आइसकेका छैनन् ।

    भारतीय दुताबासको पत्रका बारेमा चर्चा गर्नुभन्दा पहिले तरकारी र फलफूलको विषादी परीक्षणसम्बन्धी विवादको अन्तर्य के हो भन्ने पृष्ठभूमिको छोटो चर्चा गरौं ।

    असार २ गतेको राजपत्र

    वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत असार २ गते राजपत्रमा ४९ पृष्ठ लामो सूचना जारी गर्‍यो । राजपत्रको उक्त सूचनामा विभिन्न वस्तुहरुको आयात र निर्यातमा पूर्ण तथा आंशिक बञ्देज लगाइने उल्लेख थियो । कतिपय वस्तुको आयात वा निर्यातमा शर्तहरु तोकिएका थिए ।

    गत जेठ १० गते बसेको क्याबिनेट बैठकले यो सूचीलाई अनुमोदन गरिसकेको थियो । असार २ गते राजपत्रमा प्रकाशित भएपछि सूची कार्यान्वयनमा गयो ।

    निकासी पैठारी (नियन्त्रण) ऐन २०१३ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गर्दै कतिपय वस्तुहरुको निकासी पैठारीमा पूर्ण एवं मात्रात्मक बञ्देज लगाउने गरी आदेश जारी भएको राजपत्रको सूचनामा उल्लेख थियो ।

    हेर्नुहोस् राजपत्र

    राजपत्रमा प्रकाशित सूचनाको बुँदा ६ को (ग) मा विदेशबाट नेपाल भित्रिने ताजा तरकारी र फलफूलका सम्बन्धमा उल्लेख गरिएको थियो । वाणिज्य मन्त्रालयको उक्त आदेशमा भनिएको थियो, ‘ताजा तरकारी र फलफूल पैठारी गर्दा सम्बिन्धत भन्सार बिन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष परीक्षण अनिवार्य रुपमा गरेर मात्र गर्नुपर्नेछ ।’

    निकासी पैठारी (नियन्त्रण) ऐन २०१३ अनुसार निकासी र पैठारी गर्न पाइने/नपाइने वस्तुहरुको सूची राजपत्रमा प्रकाशित गर्ने अधिकार वाणिज्य मन्त्रालयलाई छ । तर, सूची प्रकाशित भइसकेपछि सरकारी र फलफूलको क्वारेन्टाइन एवं विषादीको अवशेष सम्बन्धी चेकजाँच कृषि मन्त्रालय अन्तरगत हुन्छ । त्यस्तै विस्फोटक पदार्थ र लागू औषधजन्य वस्तुको निकासी पैठारी भएमा गृह मन्त्रालयले कारवाही चलाउँछ ।

    असार २ गते मात्रिका यादव नेतृत्वको उद्योग तथा वाणिज्य मन्त्रालयले निकासी पैठारी सम्बन्धी वस्तुहरुको सूची प्रकाशित गरिसकेपछि भारतबाट आउने विषादीयुक्त तरकारी र फलफूलमाथि कृषिमन्त्री चक्रपाणि खनालले कडाइ गर्न थाले, जसले गर्दा भारतीय दूतावासले विभिन्न लविङ सुरु गर्‍यो ।

    अन्ततः भारतको लविङ सफल भयो र दुई दिहाईको ओली सरकारले जेठ १० गतेको निर्णय असार १९ गते क्याबिनेटमार्फत सच्यायो ।

    के छ भारतीय दूतावासको पत्रमा ?

    भारतबाट नेपालमा भित्रिने फलफूल र तरकारीमा रोक लगाएको नभएर विषादी परीक्षणमा मात्रै कडाइ गरिएको भएता पनि नेपाल सरकारको यो निर्णयले भारतीय बजारमा हल्लीखल्ली मच्चियो ।

    नेपालमा फलफूल र तरकारी बेच्न नपाएको भन्दै भारतीय व्यापारीहरुले दूतावाससम्म गुनासो पुर्‍याए । त्यसपछि दूतावासले प्रधानमन्त्री ओली, नेकपा अध्यक्ष प्रचण्ड, कृषिमन्त्री खनाल र उद्योगमन्त्री मात्रिका यादवसम्मलाई दबाव दिने नीति लियो । दूतावासले यतिमात्रै गरेन, नेपालका दुईवटा मन्त्रालयलाई पत्र लेख्यो ।

    भारतीय पत्रको व्यहोरा यस्तो छ–

    काठमाडौँस्थित भारतीय राजदूतावास नेपाल सरकारको परराष्ट्र मन्त्रालयलाई अभिवादन गर्दै नेपाल सरकारका निकायहरूले सबै ताजा तरकारी तथा फलफूलको आयातमा वनस्पति क्वारेन्टाइन र विषादी स्तर पुनर्परीक्षण लागू गरेको भन्ने विषयमा यस दूतावासले जानकारी पाएको अवगत गराउन चाहान्छ ।

    भारतको राष्ट्रिय वनस्पति संरक्षण संस्था तथा कृषि तथा प्रशोधित खाद्य पदार्थ निर्यात विकास प्राधिकरणले नेपालमा निर्यात हुने यस्ता सामग्रीलाई फाइटोस्यानिटरी प्रमाणपत्र प्रदान गर्ने गरेका छन् र यी प्रमाणपत्र नेपाली निकायहरूलाई पनि स्वीकार्य छन् ।

    पुनर्परीक्षणको आवश्यकता गैरकर अवरोधजस्तै हो र यसले व्यापार रोकिएको छ । साथै, अन्तर्राष्ट्रिय वनस्पति संरक्षण महासन्धिको फाइटोस्यानिटरी उपायबारे अन्तर्राष्ट्रिय मापदण्ड १३ अनुसार आयातकर्ता देशले निर्यातकर्ता देशलाई फाइटोस्यानिटरी आयातका प्रावधान पालना गर्नका लागि सूचना दिनुपर्दछ । यस घटनामा नेपाली निकायबाट यो व्यवस्था पालना भएन ।

    फाइटोस्यानिटरी उपायबारे अन्तर्राष्ट्रिय वनस्पति संरक्षण महासन्धि तथा विश्व व्यापार सङ्गठनबाट स्थापित मान्यता एवं भारत र नेपालबीच दशकौँदेिखि कायम रहेका द्विपक्षीय व्यापार व्यवस्था अनुरूप नेपाल सरकारका सम्बन्धित निकायलाई यस गैरकर अवरोधको कार्यान्वयन खारेज गर्न र भारतका निकायले जारी गरेका फाइटोस्यानिटरी प्रमाणपत्रका आधारमा यस्ता सामग्रीको आयात खुला गर्न सुझाव दिनका लागि सम्मानित मन्त्रालयलाई आग्रह गरिन्छ ।

    उल्लेखित सामग्रीको व्यापार रोकिने र भारतीय निर्यातकर्तालाई ठूलो घाटा लाग्ने गरी भएको गैरकर अवरोधको तत्काल कार्यान्वयनका लागि कुनै तत्व जिम्मेवार भए आवश्यक सूचना तथा कागजात सहित औचित्य पुष्टि गर्नका लागि राजदूतावास सम्मानित मन्त्रालयलाई आग्रह गर्दछ ।

    नेपाल सरकार, परराष्ट्र मन्त्रालयलाई उच्चतम सम्मान व्यक्त गर्नका लागि भारतीय राजदूतावास यो अवसरको उपयोग गर्दछ ।

    यस्तो छ क्याबिनेटको संशोधित निर्णय

    भारतीय दूताबासले २९ जूनमा लिखित पत्र पठाएर तरकारी र फलफूलको परीक्षणसम्बन्धी निर्णयमाथि पुनर्विचार गर्न भनेपछि गत विहीबारको बसेको क्याबिनेट बैठकले असार २ को आदेशमा तीनवटा संशोधन गर्‍यो–

    १. नेपालमा आयात हुने वस्तुको उपभोग अवधि ७५ प्रतिशतबाट घटाएर ६० प्रतिशत बनाउने ।

    २. यो सूचना लागूहुनुभन्दा पहिल्यै प्रतीतपत्र लगायतका बैंकिङ प्रक्रिया पूरा गरेका मालवस्तुको हकमा यो सूचनावमोजिम प्रतिबन्ध लागू हुनेछैन ।

    ३. सबै भन्सार विन्दुमा प्रयोगशाला नभएको हुँदा त्यस्तो प्रयोगशाला स्थापना/सञ्चालन नभएसम्मको लागि ०७६ असार २ मा राजपत्रमा प्रकाशित सूचित आदेश जारी हुनुभन्दा अगाडि रहेको प्रक्रिया पूरा गरी पैठारी गर्न दिने ।

    विहीबारको क्याबिनेट बैठकले नेपालमा आयात हुने फलफूल र तरकारीको अन्तरराष्ट्रिय स्तरको मान्यताप्राप्त प्रयोगशाला काठमाडौंमा मात्रै रहेको र सबै भन्सार विन्दुहरुमा यस्तो प्रयोगशाला नरहेको भन्दै यथाशीघ्र त्यस्तो प्रयोगशालाहरु भन्सार विन्दुहरुमा स्थापना गर्न कृषि मन्त्रालयलाई निर्देशनसमेत दिएको छ ।

    विहीबारको क्याबिनेट बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट प्रस्तुत प्रस्तावको पूर्ण विवरण :

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, असार २४, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.