×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ९ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १४ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १५ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १८ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १९ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

तरकारीमा विषादी: नेपालका बजारकै तरकारी जाँच्ने क्षमता कमजोर

  •  
  • सोमबार, असार २३, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    भारतबाट आयात गरिने फलफूल र तरकारीमा विषादी जाँच गर्न आफूसँग पूर्वाधार नभएको भन्दै सरकार पछाडि हटेपछि त्यसको विरोध भएको छ।

    विरोध गर्नेहरूले जनस्वास्थ्यका लागि विषादीयुक्त तरकारी र फलफूलको आयात रोकिनुपर्ने बताएका छन्।

    तर नेपालमा हुने कुल तरकारी खपतको आधाभन्दा बढी हिस्सा यहिँ उत्पादन हुने हुँदा आन्तरिक विषादी जाँचका पूर्वाधार निर्माण समेत अत्यावश्यक भइसकेको विज्ञहरू बताउँछन्।

    विषादीको आयात

    नेपालमा वर्षमा साढे छ सय म्याट्रिक टन विषादीहरू भित्रने गरेको तथ्याङ्क छ।

    त्यसरी भित्रिने विषादीहरू १७० प्रकारका रहेका र तीमध्ये दुई तिहाइभन्दा बढी विषादी तरकारीमा प्रयोग हुने गरेका छन्।

    सामान्यत: विषादीका एक दर्जनभन्दा बढी समूहमध्ये नेपालमा दुईवटा समूह मात्र जाँच्न सकिने प्लान्ट क्वारेन्टाइन एवम् विषादी व्यवस्थापन केन्द्रका प्रमुख डिल्लीराम शर्मा बताउँछन्।

    शर्मा भन्छन्: “कुनै पनि सीमामा हामीले प्रभावकारी जाँच गर्न सक्ने अवस्थामा छैनौँ। देशका सातवटै ठाउँमा भएका प्रयोगशाला एकैखाले हुन्।”

    रोग र किराहरू जाँच्ने क्वारेन्टाइन सबै सीमा नाकामा भएपनि विषादी जाँच्ने काम सूक्ष्म ढङ्गले गर्नुपर्ने हुँदा त्यसमा समस्या भएको अधिकारीहरूको भनाइ छ।

    विषादी परीक्षण

    तरकारीको छड्के जाँच

    केन्द्रीय कृषि प्रयोगशालाले बेलाबखत छड्के जाँचका क्रममा विषादीको प्रयोग पनि जाँच्ने गर्छ।

    तर ती मुख्य बजारमा मात्र केन्द्रीत हुँदा त्यसको औचित्यमाथि उपभोक्ता अधिकारकर्मीहरूले प्रश्न उठाउने गरेका छन्।

    काठमाण्डूको कालिमाटी तरकारी बजारमा विसं २०७१ देखि २०७६ जेठ १५ सम्म गरिएका ७,४४३ नमुना परीक्षणमा ६४ वटा खान अयोग्य पाइएको र ३५ वटा क्वारेन्टाइनमा पठाइएको प्रयोगशालाले जनाएको छ।

    प्रयोगशालाका प्रमुख कान्चनराज पाण्डे भन्छन्, “सङ्कलन गरेर ल्याइएका तरकारी काठमाण्डू आइपुग्दा कहाँबाट आएको हो भन्ने थाहा हुँदैन। जसले गर्दा कारबाहीको प्रक्रियामा जान गाह्रो छ।”

    केरा वा आँप पकाउने र गोलभेँडा रातो बनाउने क्याल्सियम कार्बाइडजस्ता विषादी प्रतिबन्धित भए पनि खुला सीमामार्फत् नेपाल भित्रने गरेका बताइन्छ।

    अक्सिटोसिनजस्ता विषादी नेपालभित्र तरकारीको आकार बढाउन व्यापक प्रयोग भएको पाइए पनि त्यसको जाँच गर्ने क्षमता सरकारसँग छैन।

    ‘विषादी नराम्रो मात्र होइन’

    नेपालमा अझै पनि धेरै कृषकहरूले विषादीको मात्रा र त्यसको अवधिबारे पूर्ण रूपमा जानकार नहुँदा समस्या देखिने विज्ञहरू बताउँछन्।

    “विषादी राख्नै नहुने भन्ने होइन,” कृषि तथा वन विश्वविद्यालयकी प्राध्यापक कल्याणी मिश्र भन्छिन्।

    अर्गानिक तरकारी बजार

    “नेपाललाई अर्ग्यानिक पकेट क्षेत्रका रूपमा विकास गर्न नसक्दासम्म विषादीको सही प्रयोग आवश्यक छ। अहिलेको विषय भनेको सुरक्षित फलफूल र तरकारीको हो।”

    व्यवसायिक तरकारी खेती हुने ठाउँमा नियमन र सचेतना फैलाउन सक्दा आन्तरिक रूपमा विषादीको समस्यासँग जुझ्न सकिने विज्ञहरूको भनाइ छ।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, असार २३, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.