×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ९ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १४ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १५ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १८ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १९ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

एकाबिहानै ‘छौंडा’ छुटेपछि

  •  
  • सोमबार, असार २३, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले आइतबार बिहानै गरेको यो ट्वीटले हल्लीखल्ली मच्चायो । अघिल्लो दिनमात्र सत्तारूढ नेकपाको संसदीय दल बैठकमा सरकारप्रति सांसदहरूले असन्तुष्टि जनाएका थिए । पार्टीका नेता माधवकुमार नेपाल र भीम रावलले बैठकपछि संवाददाताहरूसँग भारतबाट आयातीत फलफूल तथा तरकारीमा विषादी परीक्षण रोक्ने निर्णयप्रति आपत्ति जनाएका थिए । 

    प्रधानमन्त्रीका प्रमुख सहयोगीका रूपमा सुरुबाटै कार्यरत रिमालले कसप्रति लक्षित गरेका हुन् भन्ने धेरैले खुलदुली प्रकट गरेका छन् । उनले भने न आफ्नो ट्वीटबारे ओइरिएका प्रतिक्रियाको कुनै प्रस्टीकरण नै दिएका छन् ।

    बिहान ६ बजेर ४० मिनेट जाँदा पोस्ट भएको ट्वीट थुप्रै रिट्वीट र लाइक भएका छन्, त्यत्ति नै प्रतिक्रिया आएका छन् । प्रायः संयमित रहने रिमालले किन एक्कासि सरकारलाई हतास मनस्थितिमा देखाउने ट्वीट गरे भन्नेमा धेरैको जिज्ञासा देखिएको छ । प्रधानमन्त्री ओली एकपछि अर्को निर्णयबाट हट्न बाध्य हुनुपरेको र पार्टीमा अन्य नेताहरूसँग कार्यविभाजन टुंगोमा पुर्‍याउन नसकेको पृष्ठभूमिमा रिमालकोट्वीटले बालुवाटारको मनस्थिति दर्शाएको मानिएको छ ।

     

    केही दिनअघि प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराईले यस्तै विवादास्पद ट्वीट गरेका थिए । जनअसन्तुष्टिलाई सके व्यवस्था उल्ट्याउन, नभए सरकारविरुद्ध प्रयोग गर्न ‘भित्रबाहिरका शक्तिहरू सक्रिय रहेको अवस्था’ भन्दै उनले सावधान तुल्याउन लेखेका थिए, ‘इतिहास दोहोर्‍याउने कुचेष्टा ।’

     

    रिमालले पनि त्यस्तै देशी विदेशीतर्फ इसारा गरेका छन् जसको निसाना प्रस्ट छैन । उनको निसाना जता भए पनि प्रयोग गरेको बिम्बमा सबभन्दा बढी आलोचना भएको छ । नेपाली बृहत् शब्दकोशको व्याख्यामा ‘लोकधारणाअनुसार बोक्सी विद्या सिकेकी आइमाईले मानिसलाई पीरपिराउ गर्नका निम्ति घरघर चियो गर्न पठाउने हेतुले तालिम गरिएको तथाकथित बिरालो’ लाई ‘छौंडा’ भनिएको छ ।

     

    प्राज्ञ दिनेशराज पन्तका बुझाइमा ‘छौंडा’ भनेको सामाजिक र नैतिक रूपमा पतन भएको पात्र हो ।पुरातन प्रयोगको उक्त शब्द हालैका वर्षमा चलाउने कुनै भाषाशास्त्री नभई राजनीतिकनेता नै हुन्, त्यसमा पनि अरूकोही नभएर प्रधानमन्त्री ओली । अघिल्लो कार्यकालमा उनले २०७३ साउन १३ मा छिमेकी भारततर्फ संकेत गरेर ‘छौंडा’ शब्दको प्रयोग गरेका थिए ।

    उनले भनेका थिए, ‘हाम्रा मामिलामा अरूको हस्तक्षेप थोपर्ने काम स्वीकार्य छैन । छिमेकीले रातदिन छौंडा खेलाएर दुःख दिनु बेठीक कुरा हो ।’ उक्त शब्द प्रयोगप्रति त्यतिबेला आपत्ति नजनाएका धेरैले आइतबार भने निकै प्रतिक्रिया दिए, जसमा उनकै पार्टीसँग सम्बद्ध सामाजिक सञ्जाल प्रयोगकर्ता पनि छन् । तिनैमध्येका विजय पौडेलले लेखे, ‘विष्णुसर, यो अमूर्त कविता कसका लागि हो ? के यो तपाईंकै ह्यान्डल हो ? हो भने यस्तो नलेख्नुस् । गलत गर्नेका विरुद्ध वैचारिक तरिकाले लेखम् न है, यस्तो रिस लागेजस्तो नदेखाम् भन्ने अनुरोध गर्दछु ।’विद्यार्थी नेतृ उषाकिरण तिम्सेनाले ‘उच्चस्तरको यो ट्वीट आजको हाम्रो समाजको सांस्कृतिक, राजनीतिक चेतनास्तरको विम्ब हो’ भनिन् भने अर्को ट्वीटमा लेखिन्, ‘कमरेड, तपाईं पार्टीको स्थायी कमिटी सदस्य र प्रमज्यूको सल्लाहकार, दुवैबाट राजीनामा दिनुस् । यो चेतनास्तरले दुवै पदलाई न्याय गर्न सक्दैन ।’

     

    पार्टीभित्र वा बाहिरका जोसुकै हुन्, आलोचकहरूप्रति लक्षितजस्तो लाग्ने भन्दै पूर्वप्रशासक कृष्ण ज्ञवालीले ट्वीट गरेका छन्, ‘यो हदसम्मको असहिष्णुता र यस्तो निम्नकोटीको शब्दचयनले आफैँलाई उत्तरोत्तर तल झार्छ है विष्णु–जी ।’

     

    त्यसैगरी कवि सीमा आभाषले संकेतमा भनेकी छन्, ‘बोक्सीले छौंडा खेलाउँदा वरपीपल बोक्छन्, बिरालो बन्छन्, मरेका बच्चा जगाएर नचाउँछन् भन्थे । एकरात धामीले बोक्सीलाई बकाएर छौंडा देखाएको हेर्न रोमाञ्चित भएर बसेका थियौं । पिताजीले बोक्सी छौंडा हुँदैनन् भन्दै हेर्न दिनुभएन । अधुरो रोमाञ्चित इच्छा प्रधानमन्त्रीजीले पूरा गर्ने हुनु भो ।’

     

    लेखक सावित्री गौतमले भनेकी छन्, ‘हो, गुनासो गर्ने ठाउँ र समय सकियो । हामीले उहाँहरूलाई भौतिकवादी कम्युनिस्ट ठान्यौं, क्रान्तिकारी ठान्यौं र उहाँहरूको कुरा पत्यायौं ः कसरी पत्यायौं यत्तिका वर्ष भनेर छक्क पर्ने समयचाहिँ आयो ।’ आफूले प्रयोग गरेको ‘छौंडा’ शब्दले ल्याएको तरंगबारे प्रतिक्रिया लिन खोज्दा सल्लाहकार रिमाल फोन सम्पर्कमै आउन चाहेनन् ।

    kantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, असार २३, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.