×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • १० घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १५ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १६ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १९ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २० घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

ग्रीक निर्वाचनः मध्य दक्षिणपन्थी पार्टी पुनः सत्तामा फर्कियो

  •  
  • सोमबार, असार २३, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    समयअगावै गराइएको ग्रीसको आमनिर्वाचनमा मध्य दक्षिणपन्थी दल न्यू डेमोक्र्यासी विजयी भएको छ।

    अधिकांश जिल्लाको मतगणना भइसक्दा बहालवाला प्रधानमन्त्री एलेक्सिस सिप्रासले आफ्ना प्रतिद्वन्द्वी क्रियाकस मिट्शोटाकिससँग पराजित भएको स्वीकारेका छन्।

    न्यू डेमोक्र्यासीले अहिलेसम्म ३९ दशमलव ८ प्रतिशत मत हासिल गरेको छ भने दोस्रो स्थानमा रहेको सिप्रासको सिरिजा पार्टीको पोल्टामा ३१ दशमलव ६ प्रतिशत मत खसेको छ।

    अहिलेको प्रक्षेपणले न्यू डेमोक्र्यासीलाई पूर्ण बहुमत दिएको छ। उसले संसद्‌मा ५० वटा थप सिट जितेको छ।

    जनादेश

    हालसम्म ८८ प्रतिशत जिल्लाका मतगणना सकिसकेको छ।

    समर्थकहरूबीच बोल्दै प्रधानमन्त्रीमा निर्वाचित मिट्शोटाकिसले मतदाताहरूले आफूलाई परिवर्तनका लागि जनादेश दिएको बताए।

    “देशले गर्वका साथ फेरि शिर उठाएको छ,” राजधानी एथेन्समा समर्थकहरूको भिडलाई उनले भने।

    विभाजित भएर बस्नका निम्ति ग्रीकहरू निकै थोरै भएको भन्दै मिट्शोटाकिसले आफू सबैका नेता हुने बताए।

    ग्रीसनतिजा स्पष्ट भएपछि बहालवाला प्रधानमन्त्री सिप्रासले मिट्शोटाकिसलाई बधाई दिएको पुष्टि गरे

    नतिजा स्पष्ट भएपछि बहालवाला प्रधानमन्त्री सिप्रासले मिट्शोटाकिसलाई बधाई दिएको पुष्टि गरे।

    पत्रकारहरूलाई उनले भने, “आज हामी शिर ठाडो राख्दै जनादेश स्वीकार्छौँ। आज ग्रीस जहाँ छ त्यहाँ ल्याउनका निम्ति हामीले ठूलो राजनीतिक मूल्य चुकाएर कठिन निर्णयहरू लिनपरेको थियो।”

    प्रतिक्रिया

    आमनिर्वाचनमा करिब ५७ प्रतिशत मतदाताले मत खसालेका थिए, जुन केही दशकयताकै कम हो।

    प्राविधिक रूपमा त्यहाँ मतदान अनिवार्य छ। यद्यपि त्यससम्बन्धी नीति लागु भएको छैन।

    ग्रीसमा गत एक दशकमा छ वटा चुनाव भएका छन् र आइतवार मतदान भइरहँदा ३५ डिग्री सेल्सियस तापक्रमसँग जुझ्न धेरै मानिसहरू समुद्रका किनार पुगेका थिए।

    एथेन्सस्थित बीबीसी संवाददाता मार्क लोवेन आफ्नो विश्लेषणमा भन्छन्, “चुनावी नतिजा आइरहँदा एथेन्सका सडकहरूमा मध्यम खालको प्रतिक्रिया थियो।”

    न्यू डेमोक्र्यासी पार्टी जित्ने अपेक्षा गरिएको थियो र भिडहरू जुलुसमा नभई समुद्री तटमा थिए।

    एक दशकमा भएको छौटौँ चुनावमार्फत्‌ यो थाकेको देशले सामूहिक सङ्केत दिएजस्तो लाग्छ।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, असार २३, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.