×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • १० घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १५ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १६ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १९ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २० घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

इरानद्वारा परमाणु सम्झौताको प्रावधान उल्लंघनको घोषणा

  •  
  • सोमबार, असार २३, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    इरानको पछिल्लो घोषणाले मध्यपूर्वको तनाव झन् झन् चर्कने सङ्केत गर्छ

    इरानले आफ्नो एउटा पछिल्लो घोषणामा सन् २०१५ मा गरिएको परमाणु सम्झौताको अर्को एउटा प्रावधान तोडेको बताएको छ।

    तेहरानमा आयोजित एउटा पत्रकार सम्मेलनमा सहायक विदेशमन्त्री अब्बास अराक्चीले आफ्नो देशले सम्झौताले व्यवस्था गरेको युरेनियमको थप प्रशोधन वा इनरिचमेन्टको सीमास्तर तोडेको बताएका हुन्।

    इरानले सम्झौताले आफूसँग राख्न अनुमति दिएभन्दा बढी (लो इनरिच्ड) युरेनियमको भण्डारण बढाएको बताएको एक साताभन्दा कम समयमा यस्तो नयाँ घोषणा आएको हो।

    त्यस्तो इनरिच्ड युरेनियम आणविक भट्टीमा इन्धनको रूपमा र पारमाणविक अस्त्रमा पनि प्रयोग हुनसक्ने बताइन्छ।

    इरानले के भन्यो ?

    इरानले आणविक हतियार निर्माण गर्ने आफ्नो कुनै मनसाय नरहेको बताउँदै आएको छ।

    अराक्चीले भनेका छन्- इरान न त अन्तर्राष्ट्रिय सम्झौताबाट पछि हट्नेछ न त त्यसलाई रद्द गर्नेछ।

    तर उनले युरोपेली संघ (इयु)का विदेशनीति प्रमुखलाई पठाएको पत्रमा इरान अब उक्त सम्झौतामा तोकिएका विभिन्न सीमाहरूमा अडिग नरहने स्पष्ट पारेका थिए।

    सहायक विदेशमन्त्री अराक्चीले इरानले अझै उक्त सम्झौता बचाउन चाहेको तर युरोपेली देशहरूले आफूहरूले गरेको प्रतिबद्धतामा कायम रहन नसकेको आरोप लगाए।

    ६० दिने समयसीमा

    यसअघि सन् २०१८ मा अमेरिका एकपक्षीय रूपबाट सम्झौताबाट बाहिरिएको थियो।

    त्यसयता उसले इरानमाथि पुन: प्रतिबन्धहरू लगाएको छ।

    सम्झौताबाट अमेरिका पछाडि हटेको एक वर्ष नाघेको अवसरमा इरानले बाँकी हस्ताक्षरकर्तालाई ६० दिनको समयसीमा दिएको थियो।

    तेहरानले चीन, फ्रान्स, जर्मनी, रसिया र ब्रिटेनलाई आफूलाई अमेरिकी प्रतिबन्धहरूबाट बचाउन आग्रह गरेको थियो।

    आइतवारको पत्रकार सम्मेलनका बेला सो समयसीमा सकिएको थियो।

    अराक्चीका अनुसार ३.६७ प्रतिशतभन्दा बढी घनत्वमा युरेनियमको थप प्रशोधन वा इनरिच्मेन्टको कार्य केही घण्टामा सुरु हुने र त्यसले बुसर पावर प्लान्टलाई ऊर्जा प्रदान गर्नेछ।

    अधिकारीहरूले यसअघि त्यस्तो घनत्व पाँच प्रतिशतसम्मले बढ्ने बताएका थिए। हतियार तहका युरेनियम ९० प्रतिशत वा बढी ‘इनरिच्ड’ हुनेगर्छन्।

    इरानी राष्ट्रपति हसन रूहानीले युरोपेली देशहरूलाई सम्झौतालाई बचाउन आग्रह गरेका थिए।इरानी राष्ट्रपति हसन रूहानीले युरोपेली देशहरूलाई सम्झौतालाई बचाउन आग्रह गरेका थिए

    इरानी कदम

    प्रत्येक ६० दिनमा इरानले सन् २०१५ को सम्झौतामा उसले गरेका प्रतिबद्धताबाट एकपछि अर्को कदम पछाडि फर्कँदै जाने बताएको छ।

    तर प्रतिबन्धहरू हटाइए कूटनीतिक बाटोहरू अझै खुला रहने उसले बताएको छ।

    इजरेलका ऊर्जामन्त्रीले इरानको कदमको आलोचना गरिसकेका छन्।

    उनले भनेका छन्- अहिले बढाइएको तह ‘मझौला’ खालको भएपनि ‘इरानले परमाणु शस्त्रीकरणतर्फ आफ्नो कदम बढाएको छ।’

    फ्रेन्च राष्ट्रपति एमानुएल माक्रोँले इरानी राष्ट्रपति हसन रूहानीसँग सम्झौता अलपत्र परे के हुन्छ भन्ने बारे ‘कडा चासो’राखेका थिए।

    त्यसको एकदिनपछि यस्तो घोषणा भएको हो।

    रूहानीले युरोपेली देशहरूलाई सम्झौतालाई बचाउन आग्रह गरेका थिए।

    बीबीसीका प्रतिरक्षा संवाददाता जनथन मार्कस भन्छन्, यो सन् २०१५ को सम्झौताको अन्त्य नजिकिएको अवस्था हो। युरोपेली हस्ताक्षरकर्ताहरू सम्झौताको औचित्य सकिएको घोषणा गर्ने सीमा सार्न संघर्षरत छन्। यदि इरानले सम्झौता उल्लंघनका आफ्ना सीमा बढाउँदै लग्यो भने एउटा विन्दुमा उनीहरूसँग निकै कम विकल्पहरू हुनेछन्।

    के हो परमाणु सम्झौता

    परमाणु सम्झौतामार्फत इरानको परमाणु महत्त्वाकांक्षालाई सीमित पार्ने शर्तमा ऊमाथि लगाइएका प्रतिबन्ध खुकुलो पारिएको थियो।

    वाशिङ्टन सम्झौताबाट पछि हटेपछि इरान-अमेरिका तनाव बढेको हो।

    सम्झौता अनुसार इरानले ३ देखि चार प्रतिशत घनत्व हुने लो इनरिच्ड युरेनियम (U-235) मात्र उत्पादन गर्न पाउँथ्यो जुन आणविक ऊर्जा भट्टीमा मात्र प्रयोग गर्न पाइन्छ।

    त्यस्तो युरेनियम तीन सय किलो मात्र भण्डारण गर्न सम्झौताले अनुमति दिएको थियो।

    तर १ हजार ५० किलोसम्म त्यस्तो भण्डारण गरेर त्यसको घनत्व बढाउँदा एउटा बम बनाउन सकिने आर्म्स कन्ट्रोल एसोसिएसनको भनाइ छ।

    अमेरिकी प्रतिबन्धहरूका कारण इरानको अर्थतन्त्रमा नराम्ररी धक्का लागेको छ।

    इरानको मुद्राको मूल्य अहिलेसम्मकै सबैभन्दा कममा पुगेको छ र वार्षिक मुद्रास्फिति दर चारगुणा बढेको छ तथा वैदेशिक लगानी पनि अन्यत्रै गएको छ।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, असार २३, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.