कैलासबावु श्रेष्ठ
असार २२ गते । पुराना वामपन्थी नेता श्रीनाथ अधिकारीको अवस्था गंभिर भएको छ । नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि ललितपुरमा आईसीयूमा राखेर उपचार भई रहेको अधिकारीको अवस्था गंभिर बन्दै गएको हो ।
भरतपुर क्यान्सर अस्पताल चितवनमा उपचार गर्दा गर्दै अधिकारीलाई २०७६ वैशाखमा संघिय राजधानी काठमाडौं थप उपचारका लागि लगिएको थियो । देब्रे फोक्सोमा क्यान्सर देखीएको अधिकारीलाई अहिले शरीरको सबै ठाउँमा फैलिइसकेको अस्पताल प्रशासनले जानकारी दिएको छ । अस्पताल श्रोतका अनुसार अधिकारीलाई बचाउन सक्ने सबै संभावना बन्द भएको जानकारी दिएको छ ।

अधिकारीका छोरा नारायण अधिकारीले पनि बुवाको अवस्था निकै नाजुक भएको टेलिफोनमा जानकारी दिए । ‘शुरुमा पोखरामा उपचार गरयौ । त्यस पछि चितवन लग्यौ । ०७६ बैशाख देखी नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि ललितपुरमा उपचार गरी रहेका हौ । तर दिन प्रतिदिन वहाँ गल्दै गएको’ छोरा नारायण अधिकारीले बताए । अधिकारीलको अहिले दिमागलगायत सबै ठाउँमा क्यान्सर फैलिएकाले छ।
नेकपा (क्रान्तिकारी माओवादी) वैद्य समूहको पोलिटब्युरो सदस्य समेत रहनु भएका अधिकारीलाई सनिबार बैद्यले अस्पतालमा गएर भेटेका थिए ।
पछिल्लो समय अधिकारी सामाजिक काममा जिल्लामा ब्यस्त थिए । अचानक बिरामी परेका अधिकारीलाई बामपन्थीहरुको सरकारले सहयोग नगरेको पारिवारीक श्रोतको गुनासो रहेको छ ।



