×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • १० घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १५ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १६ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १९ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २० घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

झगडा पनि फाइदाजनक

  •  
  • आइतबार, असार २२, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    यलु जोशी

    काठमाडौँ, असार २२ गते । घरमा बालबालिका आपसमा झगडा गर्दा तपाईंहरू के गर्नुहुन्छ ? पक्कै पनि बालबालिकालाई गाली गर्ने, छुट्याउने गर्नुहुन्छ होला तर बालबालिकाको सानो झगडा उनीहरूकै लागि फाइदाजनक हुने चिकित्सक बताउँछन् ।

    बाल्यकालमा बच्चाहरू झगडा गर्छन् भने त्यसलाई धेरै हदसम्म छुट दिएकै राम्रो हुने पाटन विज्ञान प्रतिष्ठानका मानसिक रोग विभागका प्रमुख डा. रवि शाक्यले बताउनुभयो । उहाँले बालबालिकाको सानोतिनो झगडाले रचनात्मक हुन मद्दत गर्ने जानकारी दिनुभयो ।

    डा. शाक्य भन्नुहुन्छ, “एक बच्चाले के सामान लियो, त्यही अर्कोलाई पनि चाहिन्छ, त्यसैमा झगडा हुन्छ, रुन्छ तर त्यही झगडाले अर्को बच्चाले धेरै ज्ञान प्राप्त गरिरहेको हुन्छ । दाजु अथवा दिदीले गरेको काम या पढाइले सानो बालबालिकाले पनि धेरै कुरा सिकिरहेको हुन्छ भने विभिन्न रचनात्मक काम पनि गरिरहेको हुन्छ । ”

    बालशिक्षाका विशेषज्ञ कुमुद भट्ट भन्नुहुन्छ, “बालबालिकाको झगडाले हामीलाई पनि सिक्ने मौका मिल्छ, झगडा गर्नु आफैँमा नराम्रो हो तर बालबालिकाको सानोतिनो झगडाले उनीहरूलाई नै सिर्जनशील बनाइरहेको हुन्छ । ”

    सामान्य कुरामा भनाभन हुनु, कुटाकुट गर्नु, रुनु कराउनु यी सबै सामान्य हुन् । यस्तो लडाइँ झगडाले उनीहरूमा आफ्नो कुरा स्पष्टसँग राख्ने मौका मिल्ने भट्ट बताउनुहुन्छ । साथै, आफ्नो कमजोरी पनि औँल्याउने मौका पाउँछ । जब साथीले मेरो कामप्रति चित्त बुझाउँदैन, तब उसले गाली गर्न थाल्छ । यसको मतलब के हो भने, मैले गरेको काम अरूलाई मन परेको छैन, मैले गरेको काम सबैका लागि राम्रो हुन सकेको छैन ।

    “त्यही कारण उनीहरूले यसमा चित्त बुझाएनन् भन्ने बुझ्छन्,” उहाँ स्पष्ट पार्नुहुन्छ । भट्टका अनुसार यस किसिमको झगडाले उनीहरू थप माझिँदै जान्छन् । प्रकृतिले सायद त्यही कारण बाल्यकालको झगडालाई स्वाभाविक बनाइदिएको हो, जसले बालबच्चालाई थप
    माझिने मौका मिल्छ । ”

    डा. शाक्य भन्नुहुन्छ, “जब बच्चाहरू आपसमा झगडा गर्छन्, तब उनीहरू तर्क पनि गरिरहेका हुन्छन् । उनीहरूले आफ्नो कुरा सही हो भनेर पुष्टि गर्ने प्रयत्न गरिरहेका हुन्छन् । यसबाट के सही, के गलत भन्ने कुरा पनि छुट्याइन्छ । उनीहरू एकअर्कालाई कुटाकुट गर्छन्, रुन्छन्, तब मन सफा हुन्छ । अघिसम्मको रिसराग पखालिन्छ । यो पनि एक किसिको फाइदाजनक अभ्यास भएको उहाँले प्रस्ट पार्नुभयो ।

    बालविशेषज्ञ रमेश मल्ल भन्नुहुन्छ, “बच्चाहरू झगडा गर्दा रुन्छन्, तब उनीहरूलाई फकाउनु पर्दैन । केही समयपछि आफैँ सम्हालिन्छन् । यसको अर्थ उनीहरूले आफ्नो मनलाई आफँै सम्झाउने तथा भावनात्मक रूपमा बलियो बनाउने क्षमता वृद्धि हुन्छ । ”

    झगडापछि एकैछिनमा एकअर्कासँग बोल्छन्, घुलमिल हुन्छन्, खेल्न थाल्छन्, रमाउन थाल्छन् । खेल्दाखेल्दै उनीहरूबीच मतान्तर हुन्छ । फेरि तनाव सुरु हुन्छ । एकले अर्कालाई आरोप लगाउन थाल्छन् । एकले अर्कालाई गाली गर्न थाल्छन् । उनीहरूमा यस्तो काम बारम्बार भइनै रहन्छ, त्यसमा अभिभावकले दिक्क भने मान्नु नहुने उहाँको सुझाव छ । डा. शाक्यले बाल्यकालमा चुपचाप बस्ने, झगडा नगर्नेमा बालमस्तिष्कमा कुनै समस्या भएको भन्न सकिन्छ । त्यसैले झगडा गर्न दिनुपर्छ ।

    उहाँले भन्नुभयो, “बाल्यकालमा गरेको फट्याइँ, धुत्र्याइँ, झगडा, लुछाचुँडी । यिनै कुरा सम्झेर तपाईं आज आफ्नो बाल्यकालमा फर्कन चाहनुहुन्छ । ”

    बाल्यकालमा आफ्ना दाजुभाइ तथा दिदीबहिनीलाई दुःख दिएको, खानेकुरा खोसेर वा लुकाएर खाएको, लुगाको निहुँमा झगडा गरेको, खेल्दाखेल्दै कुटाकुट गरेको स्मरण गर्दा कति रमाइलो हुन्छ । अहिलेका अभिभावकले भने झगडा गर्छ भनेर बालबालिकालाई मोबाइल दिने गर्नुहुन्छ, जसले गर्दा बालबालिकामा गेमिङ डिसअर्डरको समस्या देखा पर्न थालेको छ ।

    अहिले बालबालिकालाई मोबाइल, ट्याब हेर्दै फुर्सद छैन, कहाँबाट झगडा गर्नु, के खेल्नु ?“यो समस्याको विषय भएको छ,” उहाँको भनाइ छ । बालशिक्षा विशेषज्ञ भट्ट थप्नुहुन्छ, “साना बालबच्चाहरू दाजुभाइ, दिदीबहिनीमा आफूआफू लडाइँ झगडा गर्छन्, हामीलाई थाहा छैन, यो बालसुलभ प्रवृत्ति हो । बालापनको सौन्दर्य पनि हो । ”

    gorkhapatra

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, असार २२, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.