कैलासबावु श्रेष्ठ/गोरखा
असार २२ गते । गोरखा जिल्ला भित्रका सवारी चालक, सहचालक र सवारी धनीले ट्राफिक नियमको पुर्ण पालना गर्ने भन्दै १२ बुदे सहमतीमा हस्ताक्षर गरेका छन ।
जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाको संयुत्त आयोजनामा जिल्ला भित्र रहेको सवारीका चालक, सहचालक र सवारी धनीहरुलाई ट्राफिक नियमको पुर्ण पालना गराउने उद्वेश्यका साथ जिल्ला भरी उत्त हस्ताक्षर अभियान सञ्चालन गरीएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरिक्षक सुकबहादुर बि.क.ले जानकारी दिए ।

अभियान आईतबार देखी २ हप्ताका लागि जिल्लाभरी भएको ट्राफिक र प्रहरी बिटले अभियान सञ्चालन गर्ने र पालना नगरे कानूनी कारवाही गर्ने कार्यालयले जानकारी दिएको छ ।
सहमति पत्रमा मादक पदार्थ सेवन गरी सवारी नचालउने, सवारीको छत तथा ढालामा यात्रु नराख्ने, सवारी अनुमति पत्र प्राप्त नगरी सवारी नचलाउने र सवारी अनुमती पत्र नभएकाहरुलाई सवारी चलाउन नदिने जस्ता सहमती पत्रमा चालक, सहचालक र सवारीधनीहरुले हस्ताक्षर गरेका थिए । उत्त पत्रमा सवारी साधान चलाउदा ट्राफिक नियमको पुर्ण पालना गर्ने समेत प्रतिबद्वता पत्रमा हस्ताक्षर गरीएको छ ।
नियमको पालना नगर्ने तथा जानाजानी ट्राफिक नियम उल्घंन गरेमा कानूनी कारवाही भोग्न तयार रहेको भन्दै चालक, सहचालक र सवारी धनीले प्रतिवद्वता गरेका थिए ।

कार्यालयका अनुसार चालक र सवारीधनीले यात्रुलाई गन्तब्य सम्म पुरयाउने आफ्नो कतब्र्य रहेको र यात्रुलाई सुरक्षित साथ गन्तब्यमा पुरयाउन हामी मन्ञ्जुर छौ भनेर हस्ताक्षर समेत गरेका थिए ।
कार्यक्रममा जिल्ला भित्र रहेको यातायात समितिका पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो । जिल्ला भित्र निजी तथा सार्वजनिक सवारी गरी २ हजार भन्दा बढी सवारी साधन रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाको अनुमान रहेको छ ।




