×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • १० घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १५ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १६ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १९ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २० घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

असारमा सक्नुपर्ने लुदीखोला पुलको काम ८० प्रतिशत बाँकी

  •  
  • आइतबार, असार २२, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    मोहसिन अलि मियाँ

    असार २२ गते । गोरखा नगरपालिका र शहिद लखन गाउँपालिका जोड्ने लुदीखोला पुल निर्माणको काम अलपत्र परेको छ । असार मसान्तभित्र सक्नुपर्ने सम्झौता भएपनि ठेकेदार कम्पनीको चरम लापरवाहीका कारण पुल निर्माणको काम अलपत्र परेको हो । गण्डकी प्रदेशको पूर्वाधार विकास कार्यालय लमजुङले सञ्चालन गरेको राष्ट्रिय ग्रामिण सडक यातायात सुदृढिकरण परियोजना अन्तरगत ३ करोड ४४ लाख ३१ हजारको लगानीमा पुल निर्माणको काम सुरु भएको थियो । एक बर्षमा निर्माण सक्नेगरी गत बर्षको असार २९ गते सम्झौता भएपनि हालसम्म मुस्किलले २० प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।

    निर्माणको कामको जिम्मा निलगिरी अधिकारी जेभि काठमाण्डौंले पाएपनि समयमै काम नगर्दा काम अलपत्र परेको कार्यालय सिनियर डिभिजन ईन्जिनियर राम पराजुलीले बताए । ‘काम ढिलो भएकै हो, हामीले पनि बारम्बार ताकेता ग¥यौ, तर भन्दा भन्दैपनि ठेकेदारले अटेरी भयो ।’ सम्झौता भएपछि सुरुको केही समय जग्गा विवाद भएपनि पछिल्लो समय भने कुनै समस्या नभएको उनको भनाई छ । ‘सुरुमा पुल निर्माण हुने ठाउँमा जग्गा विवदाले केहि समय काम रोकिएको हो, तर सिलन्यास भएपछि काममा कुनै अवरोध छैन’ ईन्जिनियर पराजुलीले भने ‘जति हुनुपर्ने हो फिल्डमा काम भएको छैन, यसमा कार्यालयको कुनै कमजोरी भएको होइन, ठेकेदारबाटै ढिलाई भयो ।’

    २१ दशमलव ७ मिटर लम्बाई रहने उक्त पक्की पुलको शिलन्यास गण्डकी प्रदेशका भौताकि पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले गरेका थिए । शिलन्यास कार्यक्रममा मन्त्री बस्नेतले ठेकेदारलाई समयमा काम नसके भुक्तानी नदिने बताएका थिए । परियोजना अन्तरगतको काम भएकाले समयअवधी समेत कुनै हालतमा थप्न नमिल्ने बस्नेतले बोलेका थिए । तर ठेकेदार डालनाथ अधिकारीले पुल निर्माणका क्रममा हालसम्म करिब ३० लाख रुपैया कार्यालयबाट भुक्तानी लिइसकेका छन् भने समयअवधी समेत थप गर्नेबारे गृहकार्य भइरहेको बताईएको छ । ‘सुरुवाती चरणमा जग्गा विवादका कारण काममा ढिलाई भएकै हो, त्यस कारण पनि केहि समय दिनुपर्ने हुन्छ’ कार्यालयका ईन्जिनियर पराजुलीले भने ‘सम्झौता भएको समयावधीको आधा समय थप गर्न सक्ने हाम्रो प्रावधान छ, तर निर्णय भइसकेको छैन, ६ महिना थप हुन सक्छ ।’

    यता ठेकेदार डालनाथ अधिकारी भने कार्यालयको ढिलासुस्तीकै कारण निर्माणको काममा ढिलाई भएको बताउछन् । ‘कार्यालयले नै पिलर बाहेक अरु काम नगर्नुस भनेको हो’ उनले भने ‘समयमा कुनै डिसिजन नदिने, कामको जिम्मेवारी पनि नदिने, भुक्तानी पनि समयमा नदिने, अनि काम कसरी समयमा सक्किन्छ ?’ उनले कार्यालयले भुक्तानी मै महिनौ दिन झुलाएको आरोप समेत लगाएका छन् ।
    उक्त पुल निर्माण नहुदा अहिले त्यस क्षेत्र भएर आवतजावत गर्ने सर्वसाधारणलाई समस्या हुदै आएको छ । यो मार्गबाट जिल्लाको दक्षिण पुर्वका बक्राङ, ताक्लुङ, फुजेल, मनकामना, घैरुङ, नामजुङ्ग, ताङलिचोक, मकैसिङ, दरर्बुङ, भूम्लिचोक तथा घ्यालचोक लगायतका बासिन्दा हिडडुल गर्ने गर्छन् ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, असार २२, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.