×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • १० घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १५ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १६ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १९ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २० घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

१२ ठाउँमा सुरुङमार्ग, अध्ययनलाई कहाँ कति बजेट ?

  •  
  • शनिबार, असार २१, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    • नौबिसे–नागढुंगा र सिद्धार्थ राजमार्गको सिद्धबाबामा सुरूङमार्गको डीपीआर बनिसकेको छ । दुवै ठाउँमा टेन्डर प्रक्रियाको तयारी भइरहेको र अन्य १० ठाउमा अध्ययन सुरू भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

    दीपेन्द्र विष्ट

    असार २१, २०७६ काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १२ ठाउँमा सुरुङमार्गको अध्ययन गरेर निर्माण प्रक्रिया अघि बढाउने तयारी गरेको छ । नौबिसे–नागढुंगा, सिद्धबाबा, खुर्कोट–चियाबारी, कुलेखानी–भीमफेदी, हेम्जा, लामाबगर, गुर्जेभञ्ज्याङ, दाउन्ने, थानकोट–चित्लाङ, कोटेश्वर–जडीबुटीलगायत स्थानमा सुरुङमार्ग बनाउन लागिएको हो ।बुटवल–पाल्पा खण्डको सिद्धबाबा र नौबिसे–नागढुंगा सुरुङमार्गको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । यी दुवै ठाउँमा निर्माणका लागि टेन्डर प्रक्रिया सुरु गर्ने तयारी भइरहेको मन्त्रालयका अधिकारीले बताएका छन् । सिद्धबाबाको स्विस सरकारले अध्ययन गरेर विभागलाई बुझाइसकेको छ । जापानी सहयोग नियोग (जाइका) ले अध्ययन गरेको नौबिसे–नागढुंगाको काम केही दिनभित्रै अघि बढ्ने सडक विभाग गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक शिव नेपालले जानकारी दिए । ‘बाँकीको पनि प्रारम्भिक अध्ययन सुरु भइसकेको छ,’ उनले भने, ‘यस आर्थिक वर्षभित्र सबैको अध्ययन सकिन्छ ।’ मन्त्रालयले सुरुङमार्गको प्रारम्भिक अध्ययनका लागि १ अर्बभन्दा बढी रकम विनियोजन गरेको छ ।

    बीपी लोकमार्गको खुर्कोट–चियाबारी, कुलेखानी–भीमफेदी, पोखरा–बाग्लुङको हेम्जा र लामाबगर सुरुङमार्गको प्रारम्भिक अध्ययन सुरु भएको जानकारी केन्द्रका निर्देशक नेपालले दिए । टोखा–छहरे सडकको गुर्जेभञ्ज्याङ, बुटवल–नारायणगढको दाउन्ने, गणेशमानसिंह सडकको थानकोट–चित्लाङ र कोटेश्वर–जडीबुटी सुरुङमार्गको अध्ययन अघि बढाइने विभागले जनाएको छ । अध्ययनका लागि बजेट विनियोजन भइसकेको छ तर खुटिया–दिपायल र गोदावरीकुण्ड–काभ्रे मौनचौर सुरुङमार्ग अध्ययनमा केही ढिलाइ हुने नेपालले बताए । ‘यी दुई ठाउँमा सडकको पहुँच नपुगेकाले सुरुङमार्ग कहाँबाट बनाउने भन्ने यकिन हुन बाँकी छ,’ उनले भने, ‘वर्षात सुरु भइसकेकाले प्रारम्भिक अध्ययनमा अलि ढिलाइ हुन्छ ।’

    त्यसैगरी कोटेश्वर–जडीबुटी सुरुङमार्ग कुन मोडलको बनाउने भन्नेबारे स्पष्ट खाका नआएको उनले बताए । अधिकांश सुरुङमार्ग अध्ययनका लागि परामर्शदाता नियुक्त गरिसकिएको उल्लेख गर्दै उनले काममा तीव्रता दिइने बताए । सुरुङमार्ग निर्माणको खासै अनुभव भएका जनशक्ति मुलुकमा नरहेको जानकारी दिँदै उनले जनशक्ति कसरी तयार गर्नेबारे छलफल गरिनुपर्ने बताए । ‘पहिलो हामीसँग सुरुङमार्ग निर्माणका लागि अनुभवी जनशक्ति छैन, अर्कोतिर सुरुङमार्ग निर्माण गर्दा आर्थिक रूपले कति फाइदामा छौं भन्ने विस्तृत अध्ययन गर्नुपर्छ,’ उनले भने, ‘दैनिक १० हजार गाडी गुड्ने सडकमा सुरुङमार्ग निर्माण गर्दा मात्रै आर्थिक रूपले फाइदा हुन्छ, सुरुङ निर्माण गर्दा सडकको दूरी घट्नुपर्‍यो, इन्धन खपत पनि कम हुनपर्छ, त्यो भएन भने आर्थिक रूपले घाटा हुन्छ ।’

    हाइड्रोपावरको सुरुङ खन्नेबाहेक सडकको टनेलको काम गरेको अनुभव नेपाली प्राविधिकसँग नरहेको उनले बताए । सडक टनेलको चौडाइ बढी हुनुका साथै गाह्रो पनि हुने उनले जनाए । ‘सडक टनेल खन्नमा बढी जोखिम छ, त्यसकारण मजदुरलाई तालिम दिएर वा विदेशमा पठाएर दक्ष बनाउनुपर्छ,’ उनले भने, ‘नत्र निकै ग्राहो छ ।’ नौबिसे–नागढुंगा सुरुङ निर्माणको काम भने चाँडै सुरु हुने उनले बताए ।

    भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सबै सुरुङको प्रारम्भिक चरणको काम चाँडै अघि बढाउने जानकारी दिए । ‘अन्डरपासलगायत सुरुङ निर्माण तीव्र गतिमा अघि बढाउँछौं,’ उनले भने, ‘प्रारम्भिक चरणको काम गर्न कुनै गाह्रो छैन, हामीले बजेट विनियोजन गरिसकेका छौं ।’

    नौबिसे–नागढुंगा सुरुङ निर्माण अवधि जाइकाले ४० महिना तोके पनि २ वर्षभित्र निर्माण सम्पन्न गर्नका लागि लागि अनुरोध गरिएको उनले बताए । जापान सरकारको सहुलियत ऋण सहयोगमा यो सुरुङमार्ग निर्माण गर्न लागिएको हो । विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) अनुसार २२ अर्ब कुल लागत लाग्न अनुमान गरिएको छ । त्यसमा जापानले १६ अर्ब ऋण दिँदै छ भने नेपालले ६ अर्ब रुपैयाँ बेहोर्दै छ । जापानी कम्पनी निप्पन कोई इन्जिनियरिङले नेपाली कम्पनीसँग मिलेर सर्भे र डीपीआर तयार पारेको थियो । सुरुङमार्गको लम्बाइ २.७ किलोमिटर हुनेछ । सुरुङमार्ग दुइटा हुनेछ । मुख्य सुरुङमार्गमा सवारीसाधन सञ्चालन हुनेछ भने सहायक सुरुङमार्ग (स्केप्ट टनेल) आपतकालीन समयमा बाहिर निस्कनका लागि प्रयोग हुनेछ । मुख्य सुरुङमार्ग तीन लेन हुनेछ । दुइटा लेन सवारीसाधन आवतजावतका लागि हुनेछ । एउटा लेन सवारीसाधन बिग्रिए वा समस्या आए साइड लगाउन प्रयोग गरिनेछ । सुरुङमार्गको चौडाइ १० मिटर हुनेछ । सुरुङमार्ग नागढुंगाको बस्नेतछापबाट नौबिसे नजिक सिस्नेखोलामा निस्कनेछ ।

    त्यसैगरी सिद्धबाबा मन्दिरदेखि पाल्पाको दोभान गाउँपालिकाको रामापिथेकस पार्कसम्मको अति जोखिमयुक्त १ किमि ३ सय मिटर सुरुङमार्ग बनाउन भौगोलिक अध्ययन गरिसकिएको छ । स्विस डेभलपमेन्ट कोअपरेसनको आर्थिक सहयोगमा अध्ययन गरिएको हो । त्यसको अध्ययन प्रतिवेदन विभागलाई बुझाइसकिएको छ ।
    kantipu
    r

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, असार २१, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.