कैलासबावु श्रेष्ठ/गोरखा
मदिरा पिएर ताकुदार अडाको हाकिमलाई हप्काएको आरोपमा गोरखाका प्रहरी उपरिक्षक सुर्खेत सरुवा भएको छ ।
केही समय अघि मात्रै जिल्ला प्रहरी कार्यालय आएका प्रहरी उपरिक्षक भोलाबहादुर रावले गण्डकी प्रदेशका डिआईजी बिनोद शर्मा घिमीरेलाई मदिरा पिएर हप्काएको भन्दै प्रहरी प्रधान कार्यालयले उनलाई गोरखाबाट सुर्खेत सरुवा गरेको हो ।
प्रधान कार्यालयबाट शुक्रकार रावलको नाममा जिल्ला प्रहरी कार्यालय बाट सुर्खेत सरुवा भएको पत्र प्राप्त भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । यता रावलको स्थानमा संघिय राजधानीबाट अपराध महाशाखामा कार्यरत प्रहरी उपरिक्षक ओमप्रसाद अधिकारीलाई सरुवा गरीएको छ ।

केही अघि रावलले मदिरा पिएर प्रदेशको सम्र्पकमा आउन आनाकानी गरे पछि उनको बारेमा बुझ्न पोखराबाट एउटा टोली गोरखा सदरमुकाम आएको थिजयो । टोलिले मदिरा पिएर सुतिरहेको अबस्थामा फेला पारेको श्रोतले बताएको छ ।
बुधबार एसएसपी हरिराज वाग्लेको नेतृत्वमा जिल्ला आएको टोलीले एसपी रावलको बारेमा अध्यायन गर्नुका साथै गोरखा जिल्ला अस्पतालबाट डाक्टर बोलाएर स्वास्थ्य जाँच समेत गरेको थियो । उनले मदिरा पिएर पदिय जिम्मेवारी पुरा नगरेको भन्दै अनुशासन कार्यवाही हुन सक्ने वाग्लेले बताएका थिए ।
प्रदेशबाट टोली आएको स्विकार गरेता पनि प्रहरी उपरिक्षक रावलले उत्त टोली २३ गते आईतबार हुन लागेको ट्राफिक सचेतना सम्बन्धी कार्यक्रमको बारे बुझ्नको भन्दै सञ्चारकर्मीलाई झुठ बोलेका थिए ।
माछा खोलाका व्यवसायी धनकमल गुरुङ वेपत्ता भएको लामो समय भइसक्दा पनि प्रहरीले वास्तविकता सार्वजानिक गर्न नसकेको भन्दै आलोचना भइरहेका बेला जिल्ला प्रहरी कार्यालय प्रमुखको व्यवहारलाई लिएर सर्वत्र आलोचना भएको थियो ।



