गोरखा समाचारदाता
मनकामनामा एक साता यता विद्युत सेवा नियमित नरहेको स्थानीयले गुनासो गरेका छन् । त्यस अघि पनि बारम्बार वक्ति आउने जाने समस्याले वाक्क भएका उनीहरु आफ्नो समस्या बारे ध्यानाकर्षण गराउन बिहीबार नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गोरखाको ध्यानाकर्षण गराउन आइपुगे । ‘मनकामना त टुरिजम क्षेत्र भयो, वत्ती नआएपछि सबै सेवा प्रभावित हुँदो रहेछ’ स्थानीय व्यापारी दिनेश जोशीले भने ‘व्यवसाय नै चौपट हुन अवस्था आयो अनि डेलिकेशन आएका हौं ।’
छिनछिनमा बत्ती जाने, दिनभरीमा दुई घण्टा मात्रै बत्ती आउने, रातको समयमा पनि बत्ती नहुने भएपछि लिफ्ट्बाट पानी तान्न, बितरण गर्न, होटल ब्यवस्था संचालनका लागि समस्या भएको गुनासो उनीहरुको छ । बारम्बार आफ्नो समस्याबारे जानकारी गराउँदा समेत वेवास्ता भएपछि स्थानीयहरुले सघर्ष समिति समेत निर्माण गरेका छन् ।
प्रदिप श्रेष्ठको नेतृत्वमा गठित उक्त समितिले समस्या समाधानका लागि पहल सुरु गरेको छ । विद्युत प्राधिकरणले तत्कालन माग संबोधन नगरे आन्दोलन समेत गर्ने उनले चेतावनी दिए । विद्युत सेवा अनियमित भएपछि होटल व्यवसायी सबै भन्दा धेरै मारमा परेका छन् । लिफ्टिङ प्रविधिबाट पानी ल्याएको त्यहाँ विद्युत सेवा नभएपछि पानी उपलब्ध हुन सकेको छैन् ।
मनकामना केबलकार संचालनमा समेत समस्या भएको मनकामना दर्शन प्रालीले जनाएको छ । यता विद्युत प्राधिकरण वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले आँबुखेरेनी सव–स्टेशनमा समस्या देखिएकाले बत्ती आउने जाने समस्या बताए । मनकामना, गण्डकी गाउँपालिका र शहिद लखनको अन्य ठाउँमा र मुग्लिनमा बितरण गरिएको लाईन एउटै सव–स्टेशनको भएकाले समस्या उनको भनाई छ ।



