×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ११ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १६ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १६ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १९ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २१ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २१ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

इथियोपिया विमान दुर्घटना: बोइङ चालकहरूले ‘प्रयास गरे तर जोगाउन सकेनन्’

  •  
  • बिहिबार, चैत २१, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गत महिना दुर्घटनाग्रस्त भएको इथियोपियन एअरलाइन्सको विमान भुइँमा बजारिनुअघि त्यसको चुच्चो धेरै चोटि तलतिर सोझिएको एउटा प्रारम्भिक प्रतिवेदनले बताएको छ।

    सो दुर्घटनाबारे प्रकाशित पहिलो प्रतिवेदनमा विमानलाई जोगाउन चालकहरूले बारम्बार बोइङले सिफारिस गरेका विधिहरू अवलम्बन गरेको उल्लेख छ।

    तर प्रयास गरे पनि उनीहरूले विमानलाई नियन्त्रणमा राख्न नसकेको इथियोपियाका यातायात मामिलामन्त्री डाग्मवित मोगेसले बताइन्।

    आदिस अबाबाबाट उडेको विमान ईटी३०२ केही मिनेटमै दुर्घटनामा पर्दा १५७ जनाको मृत्यु भएको थियो। तीमध्ये एक नेपालकी एकता अधिकारी पनि थिइन्।

    बोइङले निर्माण गरेको ७३७ म्याक्स मोडलका दुईवटा विमान पाँच महिनामा दुर्घटनामा परे।

    गत अक्टोबर महिनामा इन्डोनेशियामा पनि भएको दुर्घटनामा १८९ जनाको मृत्यु भएको थियो।

    आदिस अबाबामा बिहीवार आयोजित पत्रकार सम्मेलनमा यातायात मामिलामन्त्रीले भने, “चालकदलले विमाननिर्माताले उपलब्ध गराएका सबै विधि अवलम्बन गरे तर उनीहरूले विमानलाई नियन्त्रणमा राख्न सकेनन्।”

    इथियोपियामा भएको दुर्घटनापछि संसारभरि ७३७ म्याक्स मोडलका सबै विमानका उडानहरू स्थगित गरिएको छ। त्यसबाट कम्तीमा तीन सयवाट विमान प्रभावित भएका छन्।

    दुर्घटनाको कारणबारे प्रतिवेदन के भन्छ?

    प्रारम्भिक प्रतिवेदनले दुर्घटनाको कारण यही हो भनेर ठोकुवा गरेको छैन। त्यसमा उडानको विस्तृत विश्लेषण पनि गरिएको छैन।

    बोइङ

    तर प्रतिवेदनले बोइङले विमानको नियन्त्रण प्रणालीको समीक्षा गर्नुपर्ने र उड्डयन अधिकारीहरूले त्यस्तो समस्याको समाधन ती मोडलका विमानहरू पुन: उडाइनुभन्दा अगाडि नै गर्नु पर्ने बताएको छ।

    इथियोपियन एअरलाइन्सले एउटा विज्ञप्ति प्रकाशित गर्दै आफू आफ्ना विमानचालक र उनीहरूको उच्च तहको व्यावसायिकताप्रति गौरवान्वित भएको जनाएको छ।

    “उनीहरूले विमानलाई तल खस्नबाट जोगान नसक्नु दुर्भाग्य थियो।”

    अनुसन्धानकर्ताहरूले विमानको मन्युभ्रिङ क्यारिक्टरिस्टिक्स ओग्मेन्टेशन सिस्टम (एमसीएएस) सफ्टवेअरमा विशेष ध्यान दिएका थिए। बोइङले ७३७ म्याक्स मोडलको विमानलाई उड्दा उड्दै रोकिन नदिन (एन्टिस्टलिङ) सो सफ्टवेअर विकसित गरेको थियो।

    विमानको चुच्चोमा जडित सेन्सरहरूबाट सङ्केत प्राप्त भएपछि त्यो सफ्टवेअरले प्रतिक्रिया दिन्छ। विमान ठाडो कोण बनाउँदै अकासियो भने विमान रोकिन सक्छ।

    बोइङ

    दुर्घटनापछि बोइङ के गर्दैछ?

    बोइङले विमानचालकहरूका लागि एमसीएएस व्यवस्थापन गर्न एउटा पुस्तिका प्रकाशित गरिएको छ।

    उसले आफ्ना विमानमा प्रयोग हुने सुरक्षाप्रणालीलाई अद्यावधिक गर्न नयाँ सफ्टवेअर बनाएको छ।

    विमानमा जडित सेन्सरहरूबाट विरोधाभासपूर्ण सङ्केत प्राप्त भए सो सफ्टवेअरले एमसीएएसलाई निष्क्रिय पारिदिन्छ।

    यो सुधारअन्तर्गत बोइङले ७३७ म्याक्स मोडलका सबै विमानमा थप अर्को चेतावनी दिने प्रणाली हालिदिनेछ।

    सेन्सरहरूबाट अमिल्दो सङ्केत आए विमानचालकलाई सतर्क बनाउने यो प्रणाली ती विमानहरूमा अनिवार्य रूपमा जडित हुँदैनथे।

    दुर्घटनामा परेका दुवै विमानमा पनि यो अतिरिक्त चेतावनी प्रणाली थिएन।

    यो सुधारबाट चालकले विमानलाई पुन: नियन्त्रणमा लिन खोजे एमसीएएसलाई आफैँ सच्याउन दिनेछैन।

    बोइङले चालकहरूलाई सो मोडलको विमानका विभिन्न प्रणाली र कार्यविधिबारे राम्रो ज्ञान होओस् भनेर तालिममा संशोधन गर्दैछ।

    गत हप्ता बोइङले प्राविधिक सुधार गर्नुको अर्थ पहिला भएको प्रणालीका कारण दुर्घटनाहरू भएको स्वीकारोक्ति गरिएको हैन भनेको थियो।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, चैत २१, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.