×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ११ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १६ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १६ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १९ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २१ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २१ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

पुरुषले सेवन गर्ने गर्भनिरोधक चक्की बजारमा आउन किन विलम्ब

  •  
  • बिहिबार, चैत २१, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    मिशेल रोबर्ट्सस्वास्थ्य सम्पादक, बीबीसी न्यूज अन्लाइन

    पुरुषले सेवन गर्ने गर्भनिरोधक चक्की मानवमा गरिने सुरक्षासम्बन्धी प्रारम्भिक परीक्षणमा सफल भएको दाबी एउटा प्रसिद्ध चिकित्सकीय सम्मेलनमा दाबी गरिएको छ।

    दैनिक एक चोटि सेवन गर्नुपर्ने सो चक्कीमा शुक्रकीटको उत्पादन रोक्ने हर्मोन हुन्छ।

    पुरुषहरूका लागि परिवार नियोजनका लागि कन्डम र भ्यासेक्टमी मात्रै रहेको अवस्थामा यो चक्की एउटा स्वागतयोग्य साधन हुनेछ।

    तर एन्डोक्राइन सोसाइटीको वार्षिक सम्मेलनमा सो चक्की बजारमा उपलब्ध हुन अझै एक दशक लाग्न सक्ने बताइएको छ।

    यौन इच्छा

    यूकेमा ५० वर्षभन्दा अगाडि महिलाहरूले सेवन गर्ने गर्भनिरोधक चक्की उपलब्ध भएको थियो। तर किन पुरुषले सेवन गर्ने चक्की बन्न गाह्रो भएको होला?

    कसैले सामाजिक र व्यापारिक रुचि कम भएका कारण नबनाइएको दाबी गरे पनि सर्वेक्षणहरूमा धेरै पुरुषले उपलब्ध भए त्यस्तो चक्की प्रयोग गर्ने इच्छा व्यक्त गरेका छन्।

    महिलाहरूले पुरुषले चक्की खाएको कुरा पत्याउँछन् कि पत्याउँदैन्न भन्ने अर्कै विषय हो।

    सन् २०११ मा यूकेमा गरिएको एक अध्ययनमा झन्डै आधा महिलाले त्यस्तो चक्की उपलब्ध भएमा आफ्ना पुरुष साथीले त्यो खाए वा नखाएकोमा चिन्ता लाग्ने बताएका थिए।

    पुरुषले सेवन गर्ने चक्की बनाउन सबैभन्दा ठूलो चुनौती भनेको त्यसले यौन इच्छा वा उत्तेजनामा असर नपार्ने बनाउनु हो।

    शुक्रकीट उत्पादन

    पुरुषको अण्डकोषमा नियमित शुक्रकीट उत्पादन हुन्छ। त्यसमा हर्मोनको विशेष भूमिका हुन्छ।

    हर्मोनको मात्रा नघटाई अरू कुनै नकारात्मक प्रभावबिना नै शुक्रकीटको उत्पादन अस्थायी रूपमा रोक्नु प्रमुख चुनौती हो।

    हाल एलए बायोमेड र वाशिङ्टन विश्वविद्यालयमा अनुसन्धान भइरहेको उक्त चक्कीले भने सोचिएको लक्ष्य प्राप्त गर्न सक्ने अनुसन्धाकर्ताहरूको भनाइ छ।

    गर्भनिरोधक चक्की

    उनीहरूले चालीस पुरुषमा भएको प्रारम्भिक सुरक्षापरीक्षण उत्साहवर्धक रहेको एन्डोक्राइन सोसाइटीको सम्मेलनमा बताए।

    २८ दिन चलेको अध्ययनका क्रममा:

    • १० पुरुषले नक्कली चक्की सेवन गरेका थिए
    • ३० जनाले परीक्षणका लागि बनाइएको चक्की सेवन गरेका थिए

    एन्ड्रजन हर्मोनमा आधारित चक्की सेवन गरेकाहरूमा शुक्रकीट उत्पादनका लागि आवश्यक हर्मोनको स्तर नक्कली चक्की सेवन गरेकाको तुलनामा निकै कम रहेको थियो भने परीक्षण सम्पन्न भएपछि सामान्य अवस्थामा फर्केको थियो।

    उत्तेजनामा कमी

    उक्त चक्कीको दुष्प्रभाव निकै कम र मन्द देखियो।

    पाँच पुरुषले चक्कीको प्रयोगपछि यौन इच्छामा कमी आएको बताएका थिए भने दुई जनाले लिङ्गमा हुने उत्तेजनामा कमी आए पनि यौन क्रियाकलापमा भने असर नपरेको जानकारी दिए।

    अनुसन्धानमा संलग्न भएका सबै सुरक्षापरीक्षणमा उत्तीर्ण भए भने दुष्प्रभावका कारण कसैले पनि उक्त चक्की सेवन गर्न छोडेनन्।

    अनुसन्धानमा संलग्न रहेकी प्राध्यापक क्रिस्टिना वाङ र उनका सहकर्मी उत्साहित रहे पनि निष्कर्षबारे भने सचेत रहेका छन्।

    “हर्मोनका दुईवटा गतिविधिको सम्मिश्रण रहेको चक्कीले शुक्रकीटको उत्पादन घटाउनेछ भने यौन इच्छामा भने कुनै किसिमको प्रभाव पार्नेछैन।,” उनले भनिन्।

    तर यसले जन्म नियन्त्रण गर्न सक्छ वा सक्दैन भन्ने विषयमा थाहा पाउन लामो समयसम्म परीक्षण गर्नुपर्ने खाँचो रहन्छ।

    लामो इतिहास

    पुरुषले सेवन गर्ने गर्भनिरोधक चक्कीमा औषधि उद्योगहरूले लगानी नगरेका कारण विकासमा बाधा परेको मानिन्छ।

    शेफिल्ड विश्वविद्यालयका प्राध्यापक एलान पेसी भन्छन्, “पुरुषले सेवन गर्ने गर्भ निरोधक चक्कीको लामो असफल इतिहास छ र अहिले नयाँ उत्पादनहरूको परीक्षण हुनु सुखद कुरो हो।”

    “तर मुख्य कुरा भनेको के औषधि उत्पादकहरू यसलाई बजारमा ल्याउन इच्छुक छन् कि छैनन् भन्ने हो।”

    “दुर्भाग्यवश अहिले औषधि उत्पादकहरूमा यो इच्छा देखिएको छैन।”

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, चैत २१, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.