×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ११ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १६ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १६ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १९ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २१ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २१ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

एउटा केरा, खेलौना र खुत्रुकेको पैसा बोकेर विश्वभ्रमण गर्न निस्किएका बालक

  •  
  • बिहिबार, चैत २१, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    क्याथरिन जेभेलेभाबीबीसी मोनिटरिङ

    दक्षिणी रुसको यास्ट्राखान सहरका एक बालक “विश्वभ्रमणमा निस्किएपछि” अहिले सामाजिक सञ्जालमा चर्चित भएका छन्।

    आफू विश्वभ्रमण गर्न हिँडेको भन्दै ती बालकले घरमा एउटा टिपोट लेखेर छोडेका थिए। त्यो भेटेपछि उनकी आमा प्रहरीलाई गुहार्न पुगेकी थिइन्।

    केही घण्टामै एउटा टोलीले ती बालकलाई बाटोमा भेट्यो।

    रुसको गृह मन्त्रालयले आफ्नो वेबसाइटमा ती बालकसँग इन्साइक्लोपेडियाहरू (विश्वकोषहरू), एउटा खेलौना, एउटा केरा र खुत्रुकेको पैसा भेटिएको उल्लेख गरेको छ।

    उद्धारकर्ताहरूलाई उनले यात्राबाट आफूलाई थकाइ लागेको र विश्राम गर्न मन भएको बताएका थिए।

    त्यति बेलासम्म उनी तीनवटा बस चढेर पैदल हिँड्दै थिए।

    उनीबारे सामाजिक सञ्जालमा धेरै चर्चा भयो। धेरैले ती बालकको लक्ष्यको प्रशंसा गरे।

    “यास्ट्राखानका एक आठ वर्षीय बालक पैदल नै विश्वभ्रमणमा निस्किन्छन्। तर म चाहिँ सहरको यात्रा गर्दा नै गुनासो गर्छु,” एक जनाले ट्विटरमा लेखे।

    ठट्यौलो पारामा अर्का ट्विटर प्रयोगकर्ता लेख्छन्, “यास्ट्राखानबाट बाहिर जाने उनको इच्छाको [म] सम्मान गर्छु।”

    आमालाई सानो टिपोट छोडेर ती बालक विश्वभ्रमणमा निस्किएका थिएआमालाई सानो टिपोट छोडेर ती बालक विश्वभ्रमणमा निस्किएका थिए

    भाषा पढाउने एउटा निजी विद्यालयले त ती बालकलाई नि:शुल्क एक वर्ष अङ्ग्रेजी पढाइदिने घोषणा गर्‍यो।

    ती बालकको कथा सार्वजनिक भएपछि धेरै व्यक्तिले आफू सानो छँदा कसरी “विश्वभ्रमण” गर्न खोजेका थिए भनेर संस्मरण गरेका छन्।

    सामाजिक सञ्जालमा एक जना लेख्छन्, “बालक हुँदा मैले पनि यात्राअघि त्यस्तै टिपोट लेखेको थिएँ। तर यात्रा थाल्नुभन्दा अगाडि नै म शक्ति सञ्चय गर्न म पल्टिएँ र भुसुक्कै निदाएँ। पछि मलाई जाने अनुमति दिइएन।”

    अर्को व्यक्तिले सङ्ग्रह गरेको खानेकुरा हजुरआमाले भेटेपछि विश्वभ्रमणको योजना तुहिएको थियो।

    यास्ट्राखानका ती बालकलाई कोन्युखोभ उपनाम दिइएको छ। फेडोर कोन्युखोभ एक्लै जोखिमपूर्ण यात्रा गर्ने प्रसिद्ध रुसी यात्री हुन्। पछिल्लो यात्रामा डुङ्गा खियाउँदै उनले चार महिना लगाएर दक्षिणी सागर पार गरेका थिए।

    एक जनाले ट्ववीट गरेका छन्, “उनी ठूलो भएर कोन्युखोभ हुनेछन्।”

    ती बालकको अनुहारमा कोन्युखोभको जस्तो दाह्री भएको मिम पनि ट्ववीट गरिएको छ र त्यसमा रुसी भाषामा लेखिएको छ – फेडोर कोन्युखोभ, प्रारम्भ।

    Twitter post by @mono_brov: Восьмилетний россиянин сбежал в кругосветное путешествие и дошел до Волги Image Copyright @mono_brov@MONO_BROV

    तर केही टिप्पणीहरू नकारात्मक पनि छन्।

    केहीले रुसीहरू गरिब भएका र यात्रा गर्न नसक्ने भनेर पनि लेखेका छन्।

    “यो घटनाले मलाई दु:खी बनायो। किनभने आज अधिकांश रुसीहरूका लागि विश्वभ्रमण महँगो मात्र हैन, उनीहरू अर्को कुनै देशमा जाने खर्च गर्न पनि सक्दैनन्,” एक व्यक्तिले ट्ववीट गरेका छन्।

    अर्को ट्वीटमा लेखिएको छ: “वयस्क भएपछि यो विश्वभ्रमण काम गर्न जाने सामान्य यात्रामा सीमित हुँदा ती बालक छक्क पर्नेछन्।”

    विश्वभ्रमणमा हिँडेका उनीजस्ता अरू बालबालिकाले पनि आफ्नो यात्रा पूरा गर्न पाएका छैनन्।

    सन् २०१८ मा अस्ट्रेलियाका एक १२ वर्षीय बालक एक्लै बाली पुगेर एउटा रिजोर्टमा चार दिन बसेका थिए।

    उनले आफ्ना आमाबुवाको क्रेडिट कार्ड प्रयोग गरेर हवाई टिकट किनेका थिए र रिजोर्टमा पैसा तिरेका थिए।

    इन्डोनेशियाको प्रहरीले उनलाई फेला पारेर स्वदेश फर्काइदिएको थियो।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, चैत २१, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.