गोरखा समाचारदाता
चैत्र २१ गते । मकवानपुर प्रहरीले हेटौंडा बजारबाट २ सय १२ किलो गाँजा सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी बर्दिवासका रामजस यादब र उज्वल गुर्मछाने मगर रहेका छन् ।
तिनताप्केबाट हेटौंडा तर्फ आउँदै गरेको ना ३ ख ३७६९ नम्बरको बोलेरो गाडीमा प्याकेट पारी ल्याएको गाँजा प्रहरीले विशेष सुराकीको आधारमा पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट ३० प्याकेट गाँजा बरामद भएको छ।
त्यस्तै गरी बिहीबार नै प्रहरीले नाईट्रोभेट, डाइजेल्याब र फेर्नागन लगायतका लागूऔषध सहित चितवन राप्ती नगरपालिकाका लक्षबहादुर राईलाई पनि नियन्त्रणमा लिएको छ ।



