गोरखा समाचारदाता
चैत्र २१ गते । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस गरिएका ५ न्यायाधीशहरु विरुद्ध उजुरी आह्वान गरेको छ । सिहदरबारमा बिहीबार बसेको समिति बैठकले प्रस्तावित न्यायधीहरु विरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।
उजुरीका लागि १० दिनको समय तोकिएको छ । तोकिएको समय पछि प्रस्तावित न्यायाधीशहरु विरुद्ध परेका उजुरी खोल्ने र सुनुवाइ अघि नबढाइने समितिले जानकारी दिएको छ । गत चैत १८ गते बसेको न्याय परिषद् बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा ५ जनाको नाम सिफारिस गरेको थियो ।
सर्वोच्चको न्यायाधीशका लागि सिफारिस हुनेमा पूर्व महान्यायाधिवक्ता हरि फुयाँल, वरिष्ठ अधिवक्ता कुमार रेग्मी, उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुंगाना, उच्च अदालत सुर्खेतकी मुख्य न्यायाधीश सुष्मलता माथेमा र मनोजकुमार शर्मा छन् । सिफारिसमा परेका मध्ये केहिको नाममा विवाद देखिएको छ ।



