×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ११ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १६ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १६ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १९ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २१ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २१ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

कतै राहतकाे खातैखात, कतै पुर्पुरोमा हात

  •  
  • बिहिबार, चैत २१, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    बालकृष्ण अधिकारी/उपेन्द्र यादव

    हर्दिया – सुवर्ण गाउँपालिका–४, हर्दिया गाउँ बारा सदरमुकाम कलैयाबाट १३ किलोमिटर टाढा छ। तर आइतबार रातिको हावाहुरीसँगै भग्नावशेषमा परिणत हर्दियाको दलित बस्तीलाई अझै उद्धार र राहतले छुन सकेको छैन। तीन रात खुला आकाशमुनि बिताएका स्थानीयले बुधबारसम्म नगरपालिकाले चलाएको मेस (सामूहिक भोजन) मा बिहान–बेलुकाको खानाबाहेक केही पाएका छैनन् भने अवस्था बुझ्न राजनीतिक दलका शीर्ष नेताहरू पनि त्यहाँ पुगेका छैनन्।

    प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, माधवकुमार नेपालसहितका शीर्ष नेताहरू बारा÷पर्साको प्रभावित क्षेत्र निरीक्षणमा आउन–जाने क्रम चलिरहेको छ। हावाहुरीबाट सबैभन्दा बढी प्रभावित फेटा गाउँमा सबैको ध्यान केन्द्रित भए पनि हर्दियाका पीडितप्रति सरोकारवाला कुनै पक्षको पनि ध्यान पुगेको छैन। फेटा गाउँपालिका र कलैया उपमहानगरपालिकाको भलुही भरवलियामा शीर्ष नेताका साथै विभिन्न संघसंस्थाबाट आएको राहत केन्द्रित छ।

    गाउँमा केही त्रिपाल आएको सुने पनि गाउँका मुखियाले नै राखेको गुनासो गर्दै हर्दियाका ३६ बर्से धनेश्वर रायले भने, ‘खुला ठाउँमा सुतिरहेका छौं, त्यही त्रिपाल पाए पनि हुन्थ्यो तर हामीलाई कसले दिने ?’ आइतबारको हावाहुरीले घर भत्काउँदा घरका आठ सदस्य खुला अकाशमुनि बस्न बाध्य भएको अर्का पीडित मसयी रामले बताए। ७० भन्दा बढी घर रहेको सो बस्तीमा सबैको पीडा एउटै छ। सबैको बास उठेको छ, घर ढलेका छन्। अन्नपात र लुगाफाटा असरल्ल छन्। भग्नावशेषमा परिणत भएकै भौतिक संरचनामा सबैले रात बिताइरहेका छन् भने बालबालिकाहरू त्यहीं खेलिरहेका छन्।

     घरमा कुनै क्षति नभएकाहरू राहतका लागि पहिला नै लाइनमा बस्दा वास्तविक प्रभावित भने पाखामा बसेर रमिता हेर्ने अवस्था सिर्जना भएको छ ।

    हर्दिया मात्र होइन नजिकै रहेको अर्को बस्ती तेलगाईको अवस्था पनि उस्तै छ। महागढीमाई नगरपालिका–७ तेलगाईका ८२ मध्ये अधिकांश घर भत्केका छन्। तर, तेलगाईबासीले पनि राहतको अनुभूति गर्न पाएका छैनन्। २५÷२५ किलोको एक÷एक बोरा चामलबाहेक केही नपाएको स्थानीय ७० वर्षीय नागेन्द्रप्रसाद यादवले बताए। ‘चामल त दिएको छ एक बोरा,’ उनले भने, ‘चामल काँचै खाने कुरा भएन। पकाउने भाँडोसम्म छैन हामीसँग।’ राहतको नाममा अन्य केही नआएको र सोध्न पनि कोही नआएको दुखेसो गर्दै उनले भने, ‘हाम्रै सामान झिक्न सघाइदिए पनि त हुन्थ्यो।’ फेटा गाउँपालिका–६ पुरेनिया गछियाटोलाका सदाम अन्सारीले हावाहुरीबाट प्रभावितलाई आएको राहत–सामग्री पीडितले भन्दा चिनजानकाले पाएको गुनासो गरे। ‘धेरै नै राहत आएको छ भन्ने सुन्छु तर कहाँ गएको छ थाहा छैनन,’ उनले भने। पीडितहरू अहिले पनि भत्केका घरको सामान झिक्न लागिपरेको सुनाउँदै उनले भने, ‘जसको घर केही भएको छैन उसैले राहत सामग्री लागिराखेका छन्।’

    घरमा कुनै क्षति नभएकाहरू राहतका लागि पहिला नै लाइनमा बस्दा वास्तविक प्रभावितहरू भने पाखामा बसेर रमिता हेर्ने अवस्था सिर्जना भएको उनले सुनाए। स्थानीय जाकिर हुसेनले घर र परिवार गुमाएकाले भन्दा केही नभएकाले राहत पाएको गुनासो गरे। ‘एउटाको बर्बाद भएको छ तर अर्कोले राहत खाइरहेको छ,’ जाकिरले भने, ‘हामीलाई कसैले हेरेको छैन।’ हुन्डरीमा परेर घाइते भएका भाइ–बुहारीको अस्पतालमा उपचार भइरहेको सुनाउँदै उनले भने, ‘तीन बच्चा अहिले मसँगै छन्। उनीहरूलाई कहाँ सुताउने, के खुवाउने कुनै पत्तो छैन।’

    विवाह गरे भारतको बेतिया सेमरामदर्शा गाउँ पुगेकी फेटा गाउँपालिका–६ पुरेनियाकी सदरुल नेसा पनि बुधबार बिहान राहत सामान लिन नजिकै गछियाटोला पुगेकी थिइन्। बुबा गुलाम रसुलसहित माइतीका सदस्यहरू घाइते भएपछि उनी गछियाटोला आइपुगेकी हुन्। ‘घरबाट (माइती)बाट राहत लिन आउने मान्छे कोही नहुँदा हामीले केही पाएका छैनौं,’ उनले भनिन्, ‘ठाउँ–ठाउँमा जम्मा गरेर भन्दा घर–घरमै पुगेर राहत दिनुपर्छ। त्यसो भएमात्र वास्तविक पीडितले राहत पाउँछन्।’

    पुरेनियाकै मञ्जुर आलमको परिवारमा १६ जना छन्। तर नेपाली सेनाले मंगलबार दिएको एउटा टेन्टमा परिवारका सदस्यहरू नअटेपछि केटामान्छे जति खुला आकाशमुनि सुत्न बाध्य छन्। इँटाबाट बनेको चारकोठे घर भत्किँदा मञ्जुरका छोरीहरू १५ वर्षीया सबनम खातुन र १० वर्षीया रुवि खातुनको मृत्यु भएको थियो। ‘घर मात्र होइन परिवारका सदस्य गुमाउँदा पनि राज्यले हाम्रो पीडा देखेको छैन,’ मञ्जुरले भने, ‘तर घरबाहिर सुरक्षाकर्मी घुमिरहेका हुन्छन्। घरका आइमाईहरूलाई शौच (शौचालय) गर्नसमेत गाह्रो छ।’

    मुस्तकिम मियाँ अन्सारी छोरी जयनव खातुनको बिहे गर्ने योजनामा थिए। तर, आइतबार राति आएको हुन्डरीपछि छोरीको बिहे कसरी गर्ने भनी अन्सारी परिवार अन्योलमा छन्। चार महिनाअघि नै पर्साको कटयादुर्वाना गाउँमा जयनवको बिहे हुने निधो भएको थियो। तर हुन्डरीपछि जन्तीलाई बसाउने र खान दिने कुनै कुरा अन्सारी परिवारसँग छैन। त्यस्तो अवस्थामा केटा पक्षले जन्ती नल्याई बेहुली लैजाने कुरा गरिरहेका छन्। ‘जन्ती नल्याइकन छोरी पठाउँदा आफन्त र टोल छिमेकले नराम्रो मान्छन्,’ उनले भने, ‘बोलाएर बिहे गरौं भने राख्ने, खुवाउने अवस्था छैन।’ छोरीको विवाहका लागि किनेका सबै सामान काम नलाग्ने भएको पनि उनले बताए। बारा प्रहरी प्रमुख एसपी सानुराम भट्टराईले स्थानीय प्रशासनको समन्वयमा प्रभावित सबै ठाउँमा राहत पुगेको दाबी गरे। बढी मानवीय क्षति भएकाले फेटामा धेरैको ध्यान खिचिएको सुनाउँदै भट्टराईले विभिन्न संघसंस्थाबाट आएका राहतसामग्री पनि त्यहीं केन्द्रित भएको बताए। ‘जिल्ला प्रशासन कार्यालयसँग सम्पर्कमा आएका संघसंस्थालाई राहत नपुगेका ठाउँमा पठाइरहेका छौं,’ उनले भने, ‘सकेसम्म समन्वय गरेर सबैलाई राहत पुर्‍याउने काममा लागिरहेका छौं।’

    आफैं सक्रिय
    तेलगाईका ४४ वर्षीय भोजेन्द्र पण्डितलाई अहिले कसैसँग बोल्ने फुर्सद छैन। आइतबार राति आएको हुन्डरीले छिनभरमा बस्ती खण्डहर बनेको छ। भत्केका संरचना हटाउन दुई दिनसम्म सरकार र अन्य निकायको मुख तोकेका भोजेन्द्र मंगलबार बिहानबाट भने आफैं सक्रिय भएका हुन्। संरचना हटाउन सुरक्षा निकाय र अन्य निकायको सहयोग पाउने उनले अपेक्षा गरेका रहेछन्। तर, मंगलबार बिहानसम्म कसैले पनि सहयोग गर्ने छाँट नदेखेपछि परिवारका सदस्यलाई साथ लिएर भत्केको घरको भग्नावशेष हटाउन र पुरिएको अन्नपात निकाल्न सुरु गरेका हुन्।

    ‘राहतका लागि त कसैले वास्ता गरेन,’ भोजेन्द्र भन्छन्, ‘भत्केको घर र अन्नपात त झन् कसले निकाली देला ?’ अरूको मुख ताक्नुभन्दा थिचिएको अन्नपातहरू परिवार र छिमेकीको सहयोगमा निकाल्न थालेको सुनाउँदै उनले भने, ‘छिमेकीहरू मिलेर एक–अर्काको अन्नपात झिक्न लागिपरेका छौं।’ भोजेन्द्र मात्र तेलगाईका अधिकांश प्रभावितको पीडा उस्तै छ। तर, त्यसको पर्वाह नगरी उनीहरू खण्डहर बनेको घरको भग्नावशेष पन्छाउन सक्रिय छन्।

    घरमा पुरिएर आमा कोइलीदेवीलाई गुमाएका जवाहीरप्रसाद यादवको खुट्टामा चोट लागेको छ। उनकी श्रीमती भागमतीदेवी र छोरा राजीवप्रसाद नेसनल मेडिकल कलेज वीरगन्जमा उपचार गराइरहेका छन्। उनै जवाहीरप्रसाद बुधबार बिहान भत्केको घरका इँटा एक्लै तह लगाउँदै थिए। पैसा नहुँदा आमाको काजकिरिया गर्नसमेत नपाएको गुनासो गर्दै उनले भने, ‘राज्यले राहत त दिएन–दिएन, किरिया गर्न पनि केही सहयोग गरेन।’ कसैले त्रिपाल दिए टाँगेर बस्ने ठाउँसमेत नभएको उनको दुखेसो छ। ८२ घर भएको तेलगाईका ७८ घर पूर्णरूपमा ध्वस्त भए पनि प्रभावित परिवारका सदस्यहरू मिलेर भत्केका सामानहरू हटाउन लागिपरेका छन्। छिमेकीको सहयोगमा मुसुरो (दाल) थन्क्याउँदै गरेका सञ्जयप्रसाद यादवले भने, ‘अरुको बाटो हेर्नुभन्दा हामी मिलेरै काम गरिरहेका छौं।’

    nagarik

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, चैत २१, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.