×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ११ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १६ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १६ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १९ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २१ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २१ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

नेपालकै पहिलो समलिंगी बार

  •  
  • बुधबार, चैत २०, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    अनुषा अधिकारी

    बाहिर सप्तरंगी झन्डा फर्फराइरहेको थियो। भित्र पिल्लरहरूमा त्यही रंगका झन्डा टांगिएका थिए।

    भित्तामा झिलिमिली बत्तीको प्रकाशमुनि बुद्ध र चराका पखेटा चम्किरहेका– शान्ति, सद्भाव र स्वतन्त्रताको भाव झल्काउँदै।

    ‘पिंक टिफानी रेस्टुरेन्ट एन्ड बार’ मा तपाईंहरूलाई स्वागत छ।

    ठमेल, सातघुम्ती चोकमा रहेको यो बार समलिंगी महिला–पुरुष, तेस्रोलिंगी तथा अन्य लैंगिक रूपले फरक वर्गका लागि लक्षित छ।

    नेपालमा यस किसिमको यो पहिलो बार हो।

    सामाजिक तथा पारिवारिक रूपले समेत बहिस्कृत रहँदै आएका समलिंगी र तेस्रोलिंगीहरूका लागि लक्षित यो बारलाई कम समयमै धेरैले रुचाएको सञ्चालक मेघना लामा बताउँछिन्।

    सन् २०१० मा ‘मिस पिंक नेपाल’ विजेता मेघना तेस्रोलिंगी हुन्।

    पुरुषका रूपमा जन्मेकी मेघना आफूले कहिल्यै पुरुषजस्तो व्यवहार गर्न नसकेको बताउँछिन्।

    ‘सुरुमा त म अल्मलिएँ,’ उनी आफ्नो अनुभव सुनाउँछिन्, ‘शारीरिक रूपले म केटा थिएँ, तर मलाई केटाको भावना कहिल्यै आएन। मलाई आफू केटा हुँ भन्ने अनुभवै कहिल्यै भएन।’

    कतिसम्म भने, उनलाई स्कुलमा केटाहरूको शौचालय छिर्न अप्ठ्यारो हुन्थ्यो। महिला र पुरुष भनेर छुट्टयाइएको ठाउँमा कतातिर जाऊँ भनेर उनी सधैं अलमलिने गर्थिन्।

     
    मेघना। 

    यही अलमल र अप्ठ्यारोले उनी जतिसुकै गाह्रो पर्दा पनि बाहिर शौचालय गइनन्। शौचालय जानुपर्लाजस्तो लाग्यो भने हतार–हतार घरै फर्कन्थिन्।

    पन्ध्र वर्ष उमेरमा ‘ब्लु डाइमन्ड सोसाइटी’ सँग परिचय भएपछि बल्ल आफ्नो असली पहिचान पाएको उनी बताउँछिन्।

    यसले उनको मानसिक द्वन्द्व त सुल्झियो, तर आफ्नो लैंगिक पहिचान परिवार र समाजमा स्थापित गर्न थप कष्ट झेल्नुपर्यो।

    मेघना परिवारको एक्लो सन्तान थिइन्। तेस्रोलिंगी भएको थाहा पाए घरपरिवारले स्वीकार नगर्ने पिरले उनलाई गिजल्यो। पिरैपिरमा उनले आत्महत्या प्रयाससमेत गरिन्।

    यो घटनापछि मेघनाको परिवार त्रसित भयो।

    जेठो छोरा पहिल्यै गुमाइसकेका आमाबाबुले मेघनालाई पनि गुमाउन चाहेनन्। उनी जस्तो छिन्, त्यही रूपमा स्वीकार गर्न आमाबाबु तयार भए।

    घरभित्रको लडाइँ त जितिन्, अब बाँकी थियो घरबाहिरको लडाइँ जित्न।

    उनलाई आफूभन्दा आफ्नो कारणले परिवारले भोग्नुपरेको सामाजिक टोकसोको बढ्ता चिन्ता थियो। कुनै पनि व्यक्ति समलिंगी वा तेस्रोलिंगी हुनु प्राकृतिक हो भन्ने धारणा कसैमा थिएन। धेरैजसो यसलाई अपराध वा उच्छृंखलताका रूपमा लिन्थे। छिछि र दुरदुर गर्थे।

    उनी यही विभेदबाट आजित भएर जन्मस्थल झापा छाडेर काठमाडौँ आइन्।

    काठमाडौंमा पनि विभेद कम थिएन। अगाडि पर्दा मुखले ठिक्क पार्ने, भित्रभित्र कुरा काट्नेहरू टन्नै थिए। उनले आफ्नो लैंगिक परिचय सार्वजनिक गरिसकेकी थिइन्। थाहा पाउनेबित्तिकै जागिर पाउनै समस्या पर्यो। स्वतन्त्र रूपले घुम्न र डुल्न पनि अप्ठ्यारो हुन्थ्यो।

    यसबीच सानैदेखि मोडलिङमा रूचि राख्ने मेघनाले ‘मिस पिंक नेपाल’ मा भाग लिइन्।

    उक्त प्रतियोगिता जित्नु उनको जिन्दगीकै महत्वपूर्ण ‘टर्निङ प्वाइन्ट’ बन्यो।

    कुरा काट्नेहरू त कहाँ कम थिए र?

    तेस्रोलिंगीले सुन्दरी प्रतियोगिता जितेको भन्दै धेरैले उनको मजाक उडाए। मेघना भने विचलित भइनन्। उनी आफ्नो परिचयसहित मोडलिङ दुनियाँमा अघि बढ्दै गइन्।

    अहिलेसम्म ४० भन्दा बढी फेसन शोहरूमा भाग लिएको उनी बताउँछिन्।

    ‘मोडलिङ मेरो ‘प्यासन’ हो,’ पहिलो तेस्रोलिंगी मोडल अञ्जली लामालाई आफ्नो आदर्श मान्ने मेघना भन्छिन्, ‘जसले जेसुकै भने पनि म निरन्तर यही क्षेत्रमा लागिरहन्छु।’

    आफ्नो संघर्ष क्रममा मेघनालाई सधैं एउटा कुराले खाइरहन्थ्यो। समलिंगी वा तेस्रोलिंगी जे भए पनि, आफूजस्तै लैंगिक रूपले फरक वर्ग सामाजिक भेदभावबाट विचलिन नहोऊन् भन्ने उनको मनसाय थियो। उनी यसका लागि अभियानै सञ्चालन गर्न चाहन्थिन्।

    यही उद्देश्यबाट प्रेरित भएर मेघनाले छुट्टै रेस्टुरेन्ट खोल्ने योजना बुनिन्।

    र, नाम जुराइन्– पिंक टिफानी।

    पिंक, अर्थात् गुलाबी। टिफानी, अर्थात् ईश्वरको अभिव्यक्ति।

    ‘गुलाबी रंगले समलिंगी तथा तेस्रोलिंगीहरूलाई संकेत गर्छ,’ उनी भन्छिन्, ‘भारत र अन्य केही देशमा हामीलाई भगवानको अभिव्यक्तिका रूपमा लिइन्छ। यो रेस्टुरेन्टले यही अर्थ बोकेको छ।’

    लैंगिक रूपले फरक वर्गले सामाजिक रूपमा भोग्नुपरेको भेदभाव हटाउने उद्देश्यले यो बार सञ्चालनमा ल्याएको भए पनि सबैका लागि खुला रहेको उनी बताउँछिन्।

    ‘काठमाडौंका धेरैजसो राम्रा रेस्टुरेन्टमा हामीलाई छिर्न रोकतोक गरिन्छ,’ मेघना भन्छिन्, ‘प्रतिष्ठित क्लबहरूमा पैसा तिरेर जान खोज्दा पनि हामी सजिलै छिर्न पाउँदैनौं। कि त आफ्नो परिचय लुकाउनुपर्छ, नभए जसोतसो गइहाल्यौं भने पनि हामीलाई फरक दृष्टिले हेरिन्छ। हामी असुरक्षित महशुस गर्छौं।’

    मेघनाका अनुसार यो यस्तो रेस्टुरेन्ट हो, जहाँ समलिंगी तथा तेस्रोलिंगीहरूले आफू जस्तो हो, त्यस्तै रूपमा प्रस्तुत हुन सक्नेछन्। उनीहरूले कुनै किसिमको भेदभाव र असुरक्षा महशुस गर्नुपर्दैन।

    पिंक टिफानीको यात्रा पनि सहज भने रहेन।

    मेघनाले सबभन्दा पहिला वसन्तपुरमा यो रेस्टुरेन्ट सुरु गरेकी थिइन्। विरोध र धम्की खेप्नुपरेपछि त्यहाँ धेरै समय टिक्न सकेनन्।

    सम्पदा स्थलमा ‘अश्लील वातावरण सिर्जना भयो’ भन्दै टोल सुधार समितिले आपत्ति जनाएपछि दुई वर्षमै बन्द गर्न बाध्य भएको उनले जानकारी दिइन्।

    त्यसपछि नयाँ ठाउँ खोज्न थप संघर्ष गर्नुपर्यो। उनलाई कोही पनि घर भाडामा दिन तयार हुन्थेनन्। घरबेटीहरूको आपत्ति रेस्टुरेन्टको उद्देश्यभन्दा सञ्चालक आफैं तेस्रोलिंगी हुनुमा थियो।

    ‘हामीले छोटा कपडा लगायौं भनेर विरोध गर्थे, राति अबेरसम्म बार खोलेर अश्लीलता फैलाउँछ भन्ने आरोप लगाउँथे,’ उनी भन्छिन्।

    यसरी आफूमाथि विभेद गरिएपछि उनले प्रहरीमा उजुरी पनि दिइन्। प्रहरीले भने उजुरी दर्ता गरेर कारबाही बढाउनुको साटो उल्टै आफूलाई गाली गरेर पठाएको उनी सम्झन्छिन्।

    यी सबका बाबजुद मेघनाले हार मानिनन्।

    उनी निरन्तर कोठा खोजिरहिन्। अन्ततः ठमेलको सातघुम्तीमा भनेजस्तो ठाउँ फेला पारिन्।

    समलिंगी वा तेस्रोलिंगी पनि समाजकै हिस्सा हुन्, उनीहरू लैंगिक रूपले फरक भए पनि अरूजस्तै जुनसुकै जिम्मेवारी निर्वाह गर्न सक्छन् भन्ने ‘पिंक टिफानी’ ले प्रमाणित गरेको उनी बताउँछिन्।

    ‘अझै पनि समाजको डरले थुप्रै समलिंगी तथा तेस्रोलिंगीहरू आफ्नो पहिचान खुलाउन चाहिरहेका छैनन्,’ मेघना भन्छिन्, ‘पिँजरामा थुनिएको चराझैं समाजको सानो सोचमा कैद छन्।’

    उनले थपिन्, ‘एकचोटि संसारसामु आफूजस्तो छौ, त्यही रूपमा प्रस्तुत हौ, तिमी आकाशमा उडेको खुल्ला पन्छी हुनेछौ।’

    setopati

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, चैत २०, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.