×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ११ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १६ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १६ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १९ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २१ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २१ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

किन रोकियो सबै आकस्मिक सेवाको एउटै नम्बर बनाउने योजना ?

  •  
  • बुधबार, चैत २०, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    विष्णु पोखरेलबीबीसी नेपाली सेवा

    कार्यान्वयन गर्ने निकायहरूले स्रोत-साधन र जनशक्ति अभाव एवम् प्रणालीको व्यवस्थापनमै प्रश्न उठाइएपछि सबैखाले आकस्मिक सेवाहरूका लागि एउटै टेलिफोन नम्बर बनाउने सरकारी योजना अघि बढ्न नसकेको अधिकारीहरूले बताएका छन्।

    तीन वर्षअघि नै सरकारले प्राकृतिक तथा मानव सिर्जित दुर्घटना र विपद्का बेला लिइने आकस्मिक सेवाका लागि एउटै नि:शुल्क टेलिफोन नम्बर बनाउने योजना अघि बढाएको थियो।

    त्यसका लागि गृह र सञ्चार मन्त्रालयसहित अन्य सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी एउटा टोलीले अध्ययन गरि दुई वर्षअघि एउटा परामर्शपत्र समेत सार्वजनिक गरेको थियो।

    उक्त अध्ययनका क्रममा सबै सरोकारवालाहरू सैदान्तिकरूपमा नेपालभरका लागि सबै खालका विपद्‍मा प्रयोग हुने एउटै आकस्मिक नम्बर बनाउन सहमत बनेको अधिकारीहरू बताउँछन्।

    सैद्धान्तिक सहमति

    यस्तो प्रणाली विकास गर्ने योजना अघि बढाउन नेतृत्व गरिररहेको नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल भन्छन्, “सैद्धान्तिक रूपमा यस्तो एकीकृत नम्बर बनाउने विषयमा सबै सरोकारवाला सहमत छन्। तर त्यसलाई कार्यान्वयन गर्ने तहमा जाँदा आइपर्ने कठीनाइबारे भने मत भिन्नता रहेकाले हाललाई यो छलफलकै चरणमा छ।”

    आकस्मिकचार वर्षअघि नेपालमा गएको भूकम्पमा एकजना पाँच दिनपछि उद्धार गरिएका एकजना किशोरलाई अस्पताल लाने तयारी गरिँदै।

    सरकारी योजना अनुसार काम अघि बढे आकस्मिक सेवाहरू एम्बुलेन्स, दमकल, प्रहरी सहायता, ट्राफिक सहायतालगायत सबैको नम्बर एउटै हुनेछ।

    सैद्धान्तिक रूपमा यस्तो एकीकृत नम्बर बनाउने विषयमा सबै सरोकारवाला सहमत छन्। तर त्यसलाई कार्यान्वयन गर्ने तहमा जाँदा आइपर्ने कठीनाइबारे भने मत भिन्नता रहेकाले हाललाई यो छलफलकै चरणमा छ।

    मीनप्रसाद अर्याल, प्रवक्ता, नेपाल दूरसञ्चार प्राधिकरण

    “हामीले विकसित मुलुकहरूको अभ्यास हेरेर यस्तो प्रणाली विकास गर्न लागेका हौँ” अर्यालले भने, “त्यसका लागि सञ्चार सम्पर्क स्थापित गरेर मात्र हुँदैन त्यसलाई कार्यान्वयन गर्ने प्रणाली पनि भरपर्दो बनाउनु आवश्यक हुन्छ।”

    नेपालमा हाल यस्ता सेवाका लागि फरक-फरक नम्बरहरूको प्रयोग हुँदै आएको छ।

    प्रहरी सहायताका लागि हाल १०० नम्बर प्रयोग हुन्छ भने ट्राफिकका लागि १०३। त्यस्तै दमकलका लागि १०१ प्रयोग भइरहेको छ भने एम्बुलेन्सका लागि १०२ र बालबालिका हराएमा १०४।

    योजना

    अधिकारीहरूका अनुसार एम्बुलेन्स, प्रहरी, दमकल, बालबालिका र महिला सहायता कक्ष, विपद् सहयोगलगायतका आकस्मिक सेवाका लागि एकीकृत नम्बरको व्यवस्था गर्ने योजना अघि सारिएको हो।

    सरकारले बनाएको परामर्शपत्र त्यसका लागि ११२ नम्बरलाई प्राथमिक र ९११ नम्बरलाई दोस्रो वैकल्पिक नम्बरका रूपमा राख्ने प्रस्ताव गरिएको छ।

    यसैगरी १००, १०१ र १०२ लाई चाँहि परम्परागत आकस्मीक सेवा दिने नम्बरकै रूपमा राख्ने र सिधै प्रहरी दमकल र एम्बुलेन्स सेवासँग जोडिरहेने व्यवस्था गर्ने पनि उक्त परामर्शपत्रमा उल्लेख छ।

    तर ती नम्बरहरूलाई अति आकस्मिक अवस्था बाहेकका बेला प्रयोग गर्ने गरि सर्वसाधारणहरूलाई जनचेतना जगाउनु पर्ने सुझाव पनि उक्त परामर्शपत्रमा दिइएको छ।

    धेरै मुलुकहरूमा १११ र ११२ लाई आकस्मिक नम्बरका रूपमा प्रयोग गरिएकाले नेपालमा पनि ११२ लाई प्रयोग ल्याउनु उपयुक्त हुने अधिकारीहरूको दाबी छ।

    आकस्मिक

    प्रचलन

    उक्त परामर्शपत्र अनुसार हाल जर्मनी इटाली स्पेन टर्की अस्ट्रिया रोमानिया बेल्जियम नर्वे फ्रान्स फिनल्यान्ड चेक रिपब्लिक स्वीडेन बुल्गेरियालगायतका मुलुकमा हाल ११२ लाई आकस्मिक नम्बरका रूपमा प्रयोग गरिएको छ।

    त्यस्तै अमेरिका र क्यानडामा ११९ र ब्रिटेनमा ९९९ लाई आकस्मिक नम्बरको रूपमा प्रयोग गरेको उक्त परामर्शपत्रमा उल्लेख छ।

    नम्बर उठाउने एउटा छुट्टै कल सेन्टर बनाउनु पर्ने हुन्छ, त्यसका लागि छुट्टै निकाय चाहिन्छ। अहिलेको तीन तहको सरकार भएको अवस्थामा त्यस्तो छुट्टै निकाय बनाउर गर्न केही व्यवहारिक कठीनाइ देखिन्छ।

    किशोर भट्टराई, कार्य प्रमुख, कामनपा आपतकालिन कार्य सञ्चालन केन्द्र

    त्यस्तै अस्ट्रेलियाले ० लाई आकस्मिक नम्बरको रूपमा प्रयोग गर्दै आएको छ।

    ब्रिटेनमा पनि ११२ लाई वैकल्पिक आकस्मिक नम्बरका रूपमा प्रयोग गरिरहेको परामर्शपत्रमा उल्लेख छ।

    ११२ नम्बरलाई हाल मोबाइलबाट आकस्मिक सेवा लिनका लागि प्रयोगमा ल्याइएको छ।

    यो नम्बरमा कल गर्दा प्रहरी, दमकललगायतका लागि यो नम्बरमा फोन गर्नुहोला भन्ने सन्देश आउँछ।

    अधिकारीहरूका अनुसार हाल नेपालमा तीन र चारवटा नम्बर भएका ३० भन्दा बढी आकस्मिक नम्बरहरू प्रयोगमा छन्।

    आकस्मिक
    चैत-वैशाखमा हावाहुरी र आगलागीको सम्भावना बढी हुन्छ।

    सुझाव

    उक्त परामर्शपत्रमा विभिन्न ५ खाले प्रविधिको प्रस्ताव गरिएको छ। ती मध्ये सबैभन्दा उपयुक्त छानेर कार्यान्वयनमा ल्याउन सकिने बताइन्छ।

    यस्तो प्रणाली विकास गर्दा एउटा एकल विन्दु सेवा केन्द्रको पनि व्यवस्था गर्नुपर्ने हुन्छ।

    त्यसका लागि थप पूर्वाधार, बजेट र जनशक्तिको व्यवस्थापन गर्नुपर्ने भएकाले यो योजना सजिलै कार्यान्वन हुन नसकेको आकस्मिक सेवा सञ्चालनमा संलग्न अधिकारीहरू बताउँछन्।

    काठमाण्डू महानगरपालिका अन्तर्गतको महानगर आपतकालिन कार्य सञ्चालन केन्द्रका कार्य प्रमुख किशोर भट्टराई भन्छन्, “नम्बर उठाउने एउटा छुट्टै कल सेन्टर बनाउनु पर्ने हुन्छ, त्यसका लागि छुट्टै निकाय चाहिन्छ। अहिलेको तीन तहको सरकार भएको अवस्थामा त्यस्तो छुट्टै निकाय बनाउर गर्न केही व्यवहारिक कठीनाइ देखिन्छ।”

    यस्तो व्यवस्था गर्न सकिए त्यसले आकस्मिक सेवा सञ्चालनका लागि सहज बनाउने उनी बताउँछन्।

    प्राधिकरणका प्रवक्ता अर्याल भने तत्कालका लागि केही कठीनाइ देखिए पनि सबै सरोकारवालासँगको छलफलबाट यो योजनालाई अगाडि बढाइने बताउँछन्।

    उनले त्यसका लागि यो वर्ष पनि बजेट विनियोजन भएको र नेपाल प्रहरीलगायतसँग छलफल अघि बढिरहेको जानकारी दिए।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, चैत २०, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.