गोरखा समाचारदाता
चैत्र २० गते । मलेसियाका पूर्व प्रधानमन्त्री नजिब रजाक विरुद्ध भ्रष्टाचारको मुद्दामाथि अर्को साता अदालतमा सुनुवाइ हुने भएको छ । उनी विरुद्ध अदालतमा ठूलो वित्तीय अपराध सम्बन्धी मुद्दा विचाराधीन छ ।
रजाकमाथि मलेसियाको वान–एमडीबी कोषबाट जथाभावी रकम लिएको आरोप छ । रजाकको राजनीतिक जीवनमै सङ्कट निम्त्याएको यस कोषबाट उनले अर्बौं डलर दुरुपयोग गरेको पाइएको सरकारको दावी छ ।
रजाकमाथि लागेका आरोप सम्बन्धमा अदालतमा सुनुवाइ नभएको भन्दै सरकारको आलोचना पनि हुन थालेको थियो ।
गत वर्ष मे महिनामा सम्पन्न चुनावमा यही भ्रष्टाचार काण्डका कारण नजिबको गठबन्धन नराम्रोसँग पराजित भएको थियो । चुनावमा पराजित भएसँगै नजिबमाथि सत्ता र शक्तिको दुरुपयोग गरी अकुत सम्पत्ति कमाएको आरोपमा दर्जनौं मुद्दा दायर गरिएका छन् ।



