कैलासबावु श्रेष्ठ/गोरखा
चैत्र २० गते । उत्तरी गोरखाको सिर्दिबासको भिरबाट लडेर पुर्व गाविस उपाध्यक्षको मृत्यु भएको छ । गाई बस्तु चराउन गएका उनको मंगलबार भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
हाल चुमनुब्री गाउँ पालिका ३ को सिर्दीबास क्षेत्रमा पर्ने पाङ्गसिङमा गाई बस्तु लिएर चराउन गएका नाक्पो गुरुङ्गको भिरबाट लडेर मृत्यु भएको सिर्दिबास प्रहरी चौकीले जानकारी दिएको हो ।
गाई बस्तु चराउने क्रममा एक्कासी उनी गम्बुपाखाको भिरबाट लडेर तत्कालै ज्यान गएको स्थानियहरुले जानकारी दिएका छन ।



