गोरखा समाचारदाता
चैत्र १९ गते । हालै जिर्णोद्वारा सम्पन्न गोरखाको मनकामना मन्दिरको लागि ओंम बैंकले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग उपलब्ध गराएको छ । मन्दिर जिर्णोद्वारको क्रममा दिनुपर्ने रकम केही प्राविधिक कठिनाईले ढिला गरी हस्तान्तरण गरीएको बैंकले जानकारी दिएको छ ।
ओंम डेभलप्मेन्ट बैंकका कार्यकारी प्रमुख विश्वमोहन अधिकारीले मंगलबार एक कार्यक्रम बिच मनकामना जिर्णोद्वार समितिका अध्यक्ष नरेन्द्रबावु श्रेष्ठलाई मन्दिर प्रांगाणमा उत्त रकम बरावरको चेक हस्तान्तरण गनु भएको बैंकले जानकारी दिएको छ ।
बैंकले उत्त रकम आफ्नो सामाजिक उत्तरदायित्व अन्तरर्गत उपलब्ध गराएको हो । यस अघि पनि बैंकले गोरखाको विभिन्न सामाजिक संघ संस्थाहरुलाई नगद रकम उपलब्ध गराउदै आएको छ ।
पोखरा केन्द्रिय कार्यालय रहेको बैंक राष्ट्र बैंकबाट ख बर्गको स्विकृती पाएको बैंकको गोरखामा मात्रै ४ वटा शाखा संञ्चालनमा रहेको छ ।



