×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ११ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १६ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १६ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १९ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २१ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २१ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

किम जोङ–नाम हत्या आरोपीलाई जेल

  •  
  • मङ्गलबार, चैत १९, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    एजेन्सी

    वालालाम्पुर– उत्तर कोरियाली शासक किम जोङ–उनको सौतेनी दाजु किम जोङ–नाम हत्याको आरोप लागेको एक भियतनामी महिलालाई तीन वर्ष चार महिना जेल सजाय तोकिएको छ।

    डोन थी हुवोङ नामकी ती महिलालाई नाम हत्याको आरोपमा मृत्युदण्ड हुन सक्ने अनुमान विपरीत मलेसियाको एक अदालतले उनको दोष थोरै मात्र रहेको भन्दै जेल सजाय तोकेको हो।

    उनको जेल जीवन उनलाई पक्राउ गरेको मिति फेब्रुअरी २०१७ देखि नै गणना हुने पनि मलेसियाली अदालतले फैसलामा भनेको छ।

    तीन वर्ष चार महिना जेल सजाय तोकिएको भए पनि मलेसियाली कानुनअनुसार ती महिला आउँदो मे महिनामा जेलमुक्त हुन सक्ने उनको कानुन व्यवसायीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

    ‘मे महिनाको पहिलो सातामा उनी आफ्नो घर फर्किने छिन्,’ हुवोङको वकिल हिस्याम तेह तेइकले मलेसियाली राजधानी क्वालालाम्पुरस्थित साह अलाम अदालतबाहिर सञ्चारकर्मीहरुसँग बताए।

    अदालतको निर्णयले आफूहरु अत्यन्तै खुसी भएको हुवोङकी सैतेनी आमा गुयन थी भाइले बिबिसीलाई बताइन्। ‘यस मुद्दामा समर्थन गर्ने सरकार, कानुन व्यवसायी र सम्पूर्ण समुदायप्रति हामी हार्दिक आभार प्रकट व्यक्त गर्न चाहन्छौं,’ उनले बताइन्।
    किम नामको हत्यामा यदि हुवोङलाई पूर्ण रूपमा दोषी पाइएको भए उनले मृत्यु दण्ड समेत भोग्नपथ्र्यो।

    उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनका सौतेनी दाजु किम नामको सन् २०१७ मा विषाक्त पदार्थको प्रयोगद्वारा अति व्यस्त क्वालालाम्पुरस्थित विमानस्थलमा हत्या भएको थियो।

    भियतनामी महिलाको पनि संलग्नता पुष्टि नभएर कम सजाय तोकिएपछिको विकसित अवस्थाअनुसार अब नाम हत्याको अभियोगमा कोही पनि हिरासतमा रहेका छैनन्।

    नाम हत्याको अभियोगमा भियतनामी महिला हुवोङसहित पक्राउ परेकी एक इन्डोनेसियाली महिला पनि केही समय अघि निर्दोष सावित हुँदै जेलमुक्त भएकी थिइन्। नाम हत्यामा हुवोङसँगै मुछिएकी सिति आइस्या नामकी ती इन्डोनेसियाली महिला गत महिला जेलमुक्त भएकी थिइन् । मलेसियाली महान्यायाधिवक्ताको हस्तक्षेपपछि आइस्या रिहा भएकी थिइन्।

    हुवोङले पनि आइस्याले जस्तै आफूले पनि जेलमुक्त हुन पाउनुपर्ने माग गरेकी थिइन् तर गत मार्च १४ का दिन अधिकारीहरुले उनको आग्रहलाई अस्वीकार गर्दै उनीविरुद्ध मुद्दा जारी रहने बताएका थिए। सो निर्णयपछि भएको सुनुवाईमा उनी अदालत परिसरभित्रै रोएकी थिइन्। उनले आफूहरुले हत्या नगरेको भन्ने विषय भगवानलाई मात्रै थाहा भएको भन्दै आफ्नो परिवारको सदस्यले प्रार्थना गरिदिउँन् भन्ने चाहेको सञ्चारकर्मीहरुसँग बताएकी थिइन्।

    दुवै महिलाले आफूहरु निर्दोष रहेको सुरुदेखि नै बताउँदै आएका थिए। उनीहरुले आफूहरुलाई एउटा टेलिभिजन कार्यक्रमका लागि अपरिचित ती मानिसको अनुहारमा गएर केही दलिदिन भनेकाले त्यस्तै गरेको बताउने गरेका थिए।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, चैत १९, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.