गोरखा समाचारदाता
चैत्र १९ गते । सामाजिक सञ्जाल गुगल प्लस आज (मंगलबार) देखि बन्द गरीएको छ ।
प्रयोगकर्ताले नरुचाएको भन्दै गुगलले गुगल प्लस बन्द गरेको हो । सन् २०११ मा फेसबुक र ट्विटरलाई चुनौती दिन गुगल प्लसको निर्माण गरिएको थियो । तर प्रयोग कर्ता माझ लोकप्रिय हुन नसकेपछि आज देखी सधैका लागि बन्द भएको हो ।
गुगल प्लसलाई युट्युबमा जोड्ने प्रयास गरिए पनि प्रयोगकर्ताले यसलाई रुचाएका थिएनन् । सन् २०१८ मा यसका तथ्याङ्क चोरी भएको सार्वजनिक भएपछि गुगलले बन्द गर्ने निर्णय गरेको थियो । गुगल प्लसमा अन्य सामाजिक सञ्जालमा जस्तो लेख्न र तस्बिरहरू राख्न मिल्ने सुविधा थियो ।
गुगल प्लसलाई संसारको दोस्रो सबैभन्दा मूल्यवान ब्रान्डको असफल सामाजिक सञ्जाल मानिएको छ ।
एजेन्सीको सहयोगमा



