×
आइतबार, भदौ २८, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • १२ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १७ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १७ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २० घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २१ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २२ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

भत्ता रकमले विपन्न वर्गको स्वास्थ्य बिमा

  •  
  • मङ्गलबार, चैत १९, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    चैत्र १९ गते । पालुङ्टार नगरपालिकाका प्रमुख ई.दिपकबाबु कंडेलले आफूले पाउने भत्ताबाट गरिब तथा असहाय वर्गको स्थास्थ्य बिमा गर्ने घोषणा गरेका छन । नगरप्रमुखका नाताले पाउने भत्ताको रकमबाट विपन्न समूदायका व्यक्तिहरुलाई स्वास्थ्य बिमा गर्ने उनले घोषणा गरेका हुन् । ‘सरकारले सञ्चालन गरिरहेको स्वास्थ्य बिमाको प्रभाव पालुङ्टारमा निकै राम्रो छ । तर कतिपयले आर्थिक अभावका कारण उक्त बिमा गर्न सक्नुभएको छैन’ उनले भने ‘त्यस्ता नागरिकहरुको पहिचान गरी निशुल्क स्वास्थ्य बिमा गराइदिने मेरो लक्ष्य हो ।’

    नागरिकले पैसाको अभावमा अस्पतालसम्म जान नसकी रोग पालेर बस्नु पर्ने बाध्यताको अन्त्य गर्दै सबैलाई स्वास्थ्य सेवाको पहुँचमा पुरयाउने उनको योजना छ । ‘म नगरप्रमुख भएपछि विभिन्न बैठकमा सहभागी हुँदा, अनुगमन जादाँ प्राप्त भत्ता रकम बैंकमा जम्मा गरेर राखेको छु’ उनले भने ‘सो रकमबाट प्रत्येक वडाको कम्ति ४/५ जनालाई बिमा गराउने मेरो सोच छ ।’ हाल सम्म करिब ५० हजार रकम संकलन भएको र अब प्राप्त हुने रकम समेत उक्त कार्यक्रममा खर्च गर्ने उनले बताए ।

    केही दिन भित्र हरेक वडाबाट त्यस्ता व्यक्तिहरुको पहिचान गरी उनीहरुको बिमा गराउने तयारी छ । ‘हुन त मनि त्यहीँ गाउँको मान्छे हुँ धेरै नगरबासीको अवस्था मलाई पनि थाहा छ’ उनले भने ‘तर पनि मैले वडा अध्यक्ष ज्यूहरुलाई छनौटको जिम्मा दिएको छु, उहाँहरुले व्यक्तिको पहिचान गर्नु हुन्छ, अनि हामी बिमा गराउँछौं ।’ त्यसरी गर्दा छनोट पारदर्शी भई वास्तविक व्यक्तिको पहिचान हुने उहाँको विश्वास छ ।

    अहिले नेपाल सरकारले देशभर स्वास्थ्य विमा कार्यक्रम सञ्चालन गरिरहेको छ । जसअनुसार २ हजार ५०० रुपैयाँ खर्च गरी विमा गरेपछि ५० हजार सम्मको स्वास्थ्य सुबिधा लिने पाउने प्राबधान छ । यो सुबिधा एक परिवारका ४ जनासम्मले पाउछन् । धेरै सदस्य रहेको परिवारले भने अतिरिक्त रकम थप गर्नुपर्छ । ‘यो प्रयासले स्वास्थ्यमा नागरिकको सहज पहँुच अभिवृद्धि गर्न केही हदसम्म भएपनि मद्धत मिल्छ भन्ने लागेको छ’ उनले भने ‘जसले गर्दा उपचार बिना अकालमा हुने मृत्युलाई रोक्न सकियोस् ।’

    स्वास्थ्य बिमा गराएका नागरिकले सरकारी तथा सामुदायिक अस्पतालहरुमा उपचार गराउन पाउने व्यवस्था मिलाइएको छ । गोरखामा जिल्ला अस्पताल गोरखा र आँपपिपल अस्पताल पालुङ्टारमा यो सेवा उपलब्ध छ । यदि यहाँ उपचार हुन नसके देशका अन्य अस्तापलमा पनि रिफर गर्न सकिने पालुङ्टार नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपेन्द्र गिरीले जानकारी दिए ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, चैत १९, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.