गोरखा समाचारदाता
चैत्र १८ गते । राष्ट्रिय परीक्षा बोर्डले प्रदेश २ मा रद्द गरिएको एसईईको परीक्षा चैत २२ देखि २९ गतेसम्म लिने निर्णय गरेको छ । बोर्डको सोमबार बसेको बैठकले २२ देखि २९ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
चैत १० गतेबाट शुरु भएको परीक्षाको चौथो दिन रद्द गरिएको विज्ञान विषयको परीक्षा २२ गते लिने बोर्डले यस अघि नै निर्णय गरीसकेको छ । २३ गते सामाजिक , २४ गते स्वास्थ्य तथा जनसंख्या, २५ गते ऐच्छिक प्रथम, २६ गते ऐच्छिक द्वितीय र २७ देखि २९ गतेसम्म प्राविधिक धारका विषयहरुको परीक्षा लिइने बोर्डले आज सबैलाई जानकारी दिएको छ ।



