गोरखा समाचारदाता
चैत्र १८ गते । प्रधानमन्त्री केपी ओलीले बारा र पर्सामा हावाहुरीका कारण जनधनको क्षति ब्यवहोरेका पीडित परिवारलाई संघीय सरकारले सहयोग गर्ने बताएका छन् । सोमबार बिहान गृहजिल्ला झापास्थित नेपाल कम्युनिष्ट पार्टी नेकपा दमक नगर कमिटीले आयोजना गरेको कार्यक्रममा उनले स्थलगत अवलोकनपछि पीडितलाई सरकारले आवश्यक सहयोग गर्ने बताएका हुन् ।
प्रधानमन्त्री ओलीले हावाहुरीको क्षतिबाट आफू मर्माहित भएको बताए । प्राकृतिक विपत्ती भएकाले यसका पीडितलाई सहयोग गर्न सबै पक्षलाई उनले आग्रह समेत गरेका छन् ।
बारा र पर्सामा हावाहुरीबाट भएको क्षति पछिको अवस्थामा खटिन पार्टीका नेता कार्यकर्ता र संघसंस्थालाई पनि प्रधानमन्त्रीले आब्हान गरेका छन् । उनले हावाहुरीले भत्किएका घरहरु बनाउनेतर्फ संघीय सरकारले कदम चाल्ने बताए ।



